संविधान रक्षार्थ स्याङ्जामा राजनीतिक दलहरुद्वारा संयु्क्त कार्यक्रम

वालिङ,३ असोज–संविधान दिवसको अवसरमा संविधान रक्षार्थ स्याङ्जा जिल्लाका प्रमुख चार राजनीतिक दलहरूले संयुक्त कार्यक्रम गरेका छन् । नेकपा एमाले, नेपाली काङ्ग्रेस, नेकपा (माओवादी) केन्द्र र नेकपा एकीकृत समाजवादीले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा संविधानमाथि भइरहेको चुनौती र संविधानको रक्षार्थका विषयमा आ–आफ्ना धारणा व्यक्त गरेका थिए ।
कार्यक्रममा संविधानसभा सदस्य तथा नेपाली काङ्ग्रेस स्याङ्जाका सभापति राजु थापाले संविधानलाई समावेशी दस्तावेज भन्दै सहमतिको आधारमा मात्रै संशोधन सम्भव हुने धारणा राख्नुभयो । उहांले जेन–जेड आन्दोलनका जायज मागलाई सबै दलले समर्थन गर्ने उल्लेख गर्दै विदेशी शक्तिको हस्तक्षेपका बीचमा संविधान रक्षाका लागि दलहरू एकताबद्ध हुनुपर्नेमा जोड दिनुभयो ।
यसैगरी नेकपा एमाले केन्द्रीय सदस्य तथा प्रदेश सांसद सीता सुन्दासले २०७२ को संविधान लोकतान्त्रिक आन्दोलनको उपज भएकाले यसको रक्षा नै राष्ट्रिय जिम्मेवारी रहेको औंल्याउनुभयो । सभामा सहभागी सबै दलका नेताहरूले जेन–जेड आन्दोलनले उठाएका भ्रष्टाचार नियन्त्रण र सुशासनका मागलाई उचित ठहर गर्दै संविधानभित्रै समाधान खोज्नुपर्नेमा एकमत जनाएका छन् ।
नेपाली काङ्गे्रस गण्डकी प्रदेश उपसभापति तथा प्रदेश सांसद कल्पना तिवारीले संविधान कार्यान्वयनकै बेला युवा आन्दोलनमा बाह्य हस्तक्षेप देखिएको भन्दै राष्ट्रिय हितलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा नेकपा एमाले स्याङ्जाका अध्यक्ष सूर्य प्रसाद गैह्रे (पारश) ले विदेशी शक्तिले अस्थिरता मौलाइरहेको आरोप लगाउँदै संविधान र जनताका मागलाई सम्बोधन गर्न सबै दलको साझा सङ्कल्प आवश्यक रहेको धारणा राख्नुभयो ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक शैलेन्द्र घिमिरे, नेकपा एकिकृत समाजवादीका अध्यक्ष शंरकध्वज कार्की, पुतलीबजार नगरपालिका प्रमुख तुलसीराम रेग्मी, आँधीखोला गाउँपालिका अध्यक्ष विश्व पौडेल, नागरिक समाजका अध्यक्ष ओमप्रकाश शर्मालगायतले संविधानको रक्षार्थ सबै एकजुट हुनुपर्नेमा जोड दिएका छन् ।
यही भदौ २३ र २४ गते देशमा भएको जेनजि आन्दोलन र आन्दोलनमा देशी विदेशी तत्वहरुको अनधिकृत हस्तक्षेपका कारण उत्पन्न भएको संवैधानिक संकटबाट देशलाई पार गर्न र नेपालको संविधान २०७२ रक्षार्थ संयुक्त कार्यक्रम गरिएको नेपाली कांगे्रस जिल्ला सचिव दामोदर लम्सालले बताउनुभयो ।
सुरुमा ¥यालीले स्याङ्जा बजार परिक्रमा सहीत कोणसभा गर्ने पूर्व कार्यक्रम रहेपनि मौसम प्रतिकुलताका कारण वाणिज्य संघको भवनबाट सूरु गरी सिधै सिटि हलमा कार्यक्रम गरिएको थियो ।

ताजा

जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र  ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

२०८३ आश्विन १२ गते, सोमबार

जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र  ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

२०८३ आश्विन १२ गते, सोमबार

भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते

२०८३ आश्विन ८ गते, बिहीबार

विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग

२०८३ आश्विन ७ गते, बुधबार

अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना

२०८३ आश्विन ७ गते, बुधबार

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग

२०८३ आश्विन ५ गते, सोमबार

भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो

२०८३ आश्विन ४ गते, आईतवार

रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार

२०८३ आश्विन ४ गते, आईतवार

चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु

२०८३ आश्विन १ गते, बिहीबार

वालिङमा हाइस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते

२०८३ आश्विन १ गते, बिहीबार

ऐतिहासिक बनेको ‘घरपझोङ जलवायु सम्मेलन’

२०८३ भाद्र ३१ गते, बुधबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal