खाडीको कमाई बल छउन्जेल, झाडीको कमाई जीवन रहुन्जेल

गोपाल जिटी

वालिङ,३ असोज–स्याङ्जाका एक किसानले यसै खाली रहेर जङ्गल बनेको पाखो जग्गा उपयोगमा ल्याएर दिगो आम्दानीको स्रोत बनाउन लागिपरेका छन् । चापाकोट नगरपालिका ८ दामाचौरका विपिन डोटेलले पाखो जग्गा उपयोगमा ल्याएर दिगो आम्दानीको स्रोत बनाउन लागिपरेका हुन् ।
धेरै युवाहरु भविष्य निर्माणका लागि वैदेशिक रोजगारीमा आकर्षित भैरहेका बेला डोटेलले भने “खाडीको कमाई बल छउन्जेल, झाडीको कमाई जीवन रहुन्जेल” भन्ने सन्देश सहीत पाखो जग्गामा कृषि कर्म गरी दिगो आम्दानीको आधार बनाउन तल्लिन छन् । यस्तो जङ्गल बनेको पाखोमा के होला र भन्नेहरुका लागि डोटेलले बहुवर्षीय फलफूल लगाएर चुनौति दिएका छन् ।
डोटेलले ५ नम्वर वडामा रहेको आफ्नै गाउँ बिसटारीमा “परिवर्तन कृषि तथा बाख्रा फर्म” सञ्चालन गरेका छन् । स्थानीय दामाचौरको ग्रामिण बजारमा व्यापार व्यवसाय गर्दै आएका उनी विगत ५ वर्षदेखि कृषि पेशा अगालेका हुन् । वषौंदेखि खाली रहेर झाडी बनेको पाखो जग्गा अहिले बहुवर्षीय फलफूल लगाएर हराभरा भएको छ भने करोड आम्दानीको स्रोत बन्दै छ । दिगो आम्दानीको स्रोतकारुपमा विकास गर्ने उद्देश्यले कृषि उद्यममा लागेको डाटेलको भनाई छ । डोटलेले एभोकाडोको, आँप, लिची, अगरउड, सुन्तला, कागती र अमिलो (निबुवा) लगायत फलफूल लगाएका छन् । बगैंचामा एभोकाडो ४ सयको हाराहारीमा छ भने आँप ४ सय, लिची २ सय र अगरउडका ३ सय बिरुवा छन् । सबै गरेर फलफूलका १३ सय भन्दा धेरै बिरुवा डोटलेलको बगैंचामा हुर्किरहेका छन् ।
४ वर्ष अगाडि लगाएको एभोकाडो गतवर्ष देखि फल्न दिन थालेको छ । अहिले एउटै बोटमा ६० किलोसम्म फलेको डोटेल बताउँछन् । उनी भन्छन्, “विक्रि गर्न समस्या छैन । प्रति किलो थोक मूल्य रु. ३ सय ५० मा विक्रि भैरहेको छ । पोखरा, बाग्लुङ, भैरहवा, बुटवलसम्म पठाउने गरेको छु, नारायणघाट देखि पनि माग आइरहेको छ । अहिले डेढ सय बोटले फल दिन थालेका छन् । ३ क्वीण्टल विक्रि भैसकेको छ, अरु ३ क्वीण्टल जति विक्रि हुने अनुमान छ ।”
गज्जवको कुरा के छ भने एभोकाडो भदौ लागेदेखि मंसिरसम्म फल लिइरहन पाइन्छ र सय वर्ष भन्दा धेरै समयसम्म फल दिइरहन्छ । ठूलो भैसकेपछि एउटै बोटबाट ८० हजारसम्मको उत्पादन भएको आफूले धनकुटामा देखेको डोटेल बताउँछन् । एक पटकको लगानी वषौंसम्म आम्दानी लिन सकिन्छ । खासगरी पूर्व र दक्षिण फर्केको पहारिलो जग्गा एभोकाडोका लागि राम्रो हुन्छ । १० वर्षको एउटै बोटबाट ५ क्वीण्टलसम्म उत्पादन दिन सक्छ । यो बहु उपयोगी फल अन्तर्गत पर्दछ । यसको दाना बीउको लागि प्रयोग हुन्छ भने यसबाट तेल पनि निकाल्न सकिन्छ र यसको तेल प्रति लिटर ३५ हजारमा विक्रि हुन्छ । यसको तेल निकाल्ने प्रविधी इण्डियामा छ, हामीले इन्डियालाई विक्रि गर्न सक्छौं र नेपालमा पनि सुरु हुन्छ भन्ने सुन्नमा आएको छ । अब कलमी गरेर बिरुवा उत्पादन गर्ने डोटेलको योजना छ । प्रति बिरुवा रु.३ सयमा विक्रि हुन्छ । यो वर्ष १५ हजार बिरुवा उत्पादन गर्ने उनको लक्ष्य छ । एभोकाडोकोसाथमा रहेका आँप, लिची, अगरउड, सुन्तला, कागती र अमिलो (निबुवा) बाट आगामी वर्षदेखि उत्पादन सुरु हुने डोटेलको भनाई छ ।

यसैगरी उनको फर्ममा साना ठूला गरेर सवा सयको हाराहारीमा बोयर जातका बाख्राहरु छन् । बाख्राबाट पनि आम्दानी सुरु भैसकेको छ । यहाँका बीउ बोका र पाठीहरु पूर्वको सुनसरीसम्म पुग्ने गरेका डोटेल बताउँछन् । पश्चिमी जिल्लाहरुबाट पनि माग आउने गरेको उनको भनाई छ । डोटेलको फार्ममा ९० प्रतिशतसम्मका बोयर बाख्रा छन् । उत्पादन हुनुपर्छ विक्रिको लागि समस्या छैन । ६ महिनाका बोका ४० किलोसम्म हुने भएकाले यसको वृद्धि पनि राम्रो रहेको डोटेल बताउँछन् ।
समग्र नेपाललाई समृद्ध बनाउन कृषि कर्म गर्नुपर्छ भन्ने लाग्छ । एक्लैले करिव ८० रोपनी पाखोमा फर्म सञ्चालन गरेको छु । यसैगरी अरुले पनि गर्ने हो भने धेरै राम्रो हुने डोटेलको धारणा छ ।
उनले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना स्याङ्जाबाट आँप र लिचीको बिरुवा प्राप्त गरेका डोटेलले सिंचाईका लागि ढाई लाख रुपियाँ अनुदानसमेत मिलेको र यसबाट पानी ट्याङ्की बनाएका छन् । यसैगरी काम गर्ने हो भने सम्बन्धित निकायबाट पनि हौसला स्वरुप सहयोग मिल्दैजाने उनको भनाई छ ।
डोटेलले फर्म व्यवस्थापनका लागि स्थानीय उपकार बचत तथा ऋण सहकारीबाट सहुलियत ऋण लिएर सुरु गरेका हुन् । योसँगै अहिलेसम्म करिव एक करोड लगानी भैसकेको छ । करोड लगानी गरे पनि दुःख छैन, खुसी नै लागेको उनले भने–मेहनत गरे अनुसार राम्रो भएर आएको छ । आम्दानीसमेत सुरु भैसक्यो अब धेरै राम्रो हुनेमा ढुक्क छु ।
हावापानी र माटो सुहाउँदो खेति गर्ने हो भने कृषिमा सम्भव छ भन्ने डोटलेको फार्ममा देख्न सकिन्छ ।

ताजा

स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि

२०८३ श्रावण ३० गते, शनिबार

स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि

२०८३ श्रावण ३० गते, शनिबार

खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे

२०८३ श्रावण २९ गते, शुक्रबार

पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत

२०८३ श्रावण २८ गते, बिहीबार

विश्व प्रेस काउन्सिलको आग्रह किशाेर श्रेष्ठलाई तत्काल रिहा गरियाेस

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण

२०८३ श्रावण २८ गते, बिहीबार

पाैडी खेल्ने क्रममा आँधिखाेलामा बेपत्ता भएका बस्नेतकाे शव भेटियाे

२०८३ श्रावण २५ गते, सोमबार

जन्मदिनकाे अवशरमा अमोर सेवा बालगृहलाई फ्रिज सहयोग

२०८३ श्रावण २४ गते, आईतवार

कञ्चन पत्रकारिता पुरस्कारबाट पत्रकारद्वय सारु र जिटी सम्मानित

२०८३ श्रावण २१ गते, बिहीबार

बिरुवा गाउँपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न

२०८३ श्रावण २१ गते, बिहीबार

स्याङ्जामा सामाजिक सद्भाव र्‍याली

२०८३ श्रावण १७ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal