पाँचबुँदे मागसहित जेन जी आन्दोलनका घाइते तथा मृतकका परिवारलाई अर्जुनचौपारी गाउँपालिकाले राहतस्वरुप ५ लाख सहयोग गर्ने

वालिङ,२४ भदौ–जेन जि समूहले हिजो सोमबार राजधानी काठमाडौदेखि देशभर प्रदर्शन गरे । १८ देखि २८ वर्ष उमेर समूहका युवाहरुको समुहले देशभरका विभिन्न शहरहरुमा जेन जि समूहका नाममा आन्दोलन गरेका थिए । शान्तिपूर्ण गरिने भनिएको आन्दोलन हिसांत्मक बन्दा केही युवाहरुको ज्यान जानुकासाथै धेरैजना घाइते भएका समाचारहरु आइरहेका छन् ।
यसैबीच स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले पाँचबुँदे मागसहित जेन जी आन्दोलनका घाइते तथा मृतकका परिवारलाई राहतस्वरुप ५ लाख सहयोग गर्ने विज्ञप्ती मार्फत जनाएको छ ।
सोमबार गाउँपालिका अध्यक्ष प्रकाश तिवारीद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा जेन जि आन्दोलनमाथि भएको दमन र आक्रामणप्रति गहिरो चिन्ता, आक्रोस र दुःख प्रकट गरेकोे छ । लोकतान्त्रिक मूल्य र मान्यताका आधारमा जेनजि पुस्ता र नागरिकहरुले आफ्ना आवाजहरु शान्तिपूर्ण रुपमा उठाउने अधिकारलाई दबाउने जुनसुकै प्रयास स्वीकार्य नभएको विज्ञप्तिमा उल्लेख छ ।
आन्दोलनमा सहभागी नागरिकहरुमाथि गरिएको बल प्रयोग, दमन र अवरोधले राज्यप्रतिको विश्वासलाई गम्भीर रुपमा खल्बल्याएको भनिएको छ । साथै उक्त घटनामा गम्भीर घाईते भएकाप्रति सहानुभुति प्रकट गर्दै सीघ्र स्वास्थ्य लाभको कामना गर्दै आन्दोलनमा अमूल्य ज्यान गुमाउने युवाप्रति श्रद्धाञ्जली व्यक्त गरिएको छ । आन्दोलनमा घाईते भएकाहरुको उपचार तथा मृतकका परिवारको राहतका लागि पालिकाले स्थापना गरेको सामाजिक उत्तरदायित्व कोषबाट ५ लाख सहयोग प्रदान गर्ने र अन्य आवश्यक परेमा थप सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिएको छ । साथै पालिकाले सरकारप्रति ५ बुँदे मागसमेत राखेको छ ।
आन्दोलनका क्रममा भएका सबै घटनाको तत्काल, निष्पक्ष र स्वतन्त्र छानविन गर्न, दोषीहरुलाई कानुनी दायरामा ल्याई पीडितलाई न्याय दिन, घाईतेहरुको उपचार र पुनस्र्थापनाको जिम्मा राज्यले लिन र नागरिकको शान्तिपूर्ण आन्दोलनमाथि बल प्रयोग अन्त्य गर्न माग गरिएको छ

यसैक्रममा जिल्ला सदरमुकाम पुतलीबजार र वालिङमा पनि जेन जि समूहले प्रदर्शन गरेका थिए । सामाजिक सञ्जाल बन्द, भ्रष्ट्राचार र बेथितिका विरुद्धमा युवाहरु सडकमा उत्रिएका थिए । आन्दोलनकारी समूहले निकालेको मोटरसाईकल ¥यालीले वालिङ बजार परिक्रमा गर्दै भ्रष्टाचार र बेथिति विरुद्धका नाराबाजीसहित प्रदर्शन गरेका थिए ।

ताजा

जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र  ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

२०८३ आश्विन १२ गते, सोमबार

जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र  ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

२०८३ आश्विन १२ गते, सोमबार

भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते

२०८३ आश्विन ८ गते, बिहीबार

विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग

२०८३ आश्विन ७ गते, बुधबार

अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना

२०८३ आश्विन ७ गते, बुधबार

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग

२०८३ आश्विन ५ गते, सोमबार

भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो

२०८३ आश्विन ४ गते, आईतवार

रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार

२०८३ आश्विन ४ गते, आईतवार

चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु

२०८३ आश्विन १ गते, बिहीबार

वालिङमा हाइस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते

२०८३ आश्विन १ गते, बिहीबार

ऐतिहासिक बनेको ‘घरपझोङ जलवायु सम्मेलन’

२०८३ भाद्र ३१ गते, बुधबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal