गोली प्रहार गरेको अभियोगमा एक पक्राउ
वीरगञ्ज,२३ भदाै- सशस्त्र प्रहरी बल नेपाल पर्साले महिलालाई गोली हानेको अभियोगमा एक भारतीय नागरिकलाई आज पक्राउ गरेको छ ।
भारतको झारखण्ड जिल्ला पाकुड मानपहाडी ग्राम पञ्चायतका २८ वर्षे प्रदीप शर्माले मादक पदार्थ सेवन गरी आज दिउँसो वीरगञ्ज महानगर–१६ स्थित भन्सारगेटनजिक मुस्कान होटलमा कार्यरत भारतको बेतिया घर भई वीरगञ्जमा बसोबास गर्ने १८ वर्षीया निशाकुमारी सहनीलाई गोली प्रहार गरेको अभियोगमा पक्राउ गरेको हो ।
सशस्त्र प्रहरी बल पर्साका सूचना अधिकारी सुरज कार्कीले होटलमा कार्यरत भारतीय महिलाको बायाँ गालामा गोली प्रहार गर्ने शर्मालाई कर्कलोघारीमा लुकिरहेको अवस्थामा पक्राउ गरेको जानकारी दिनुभयो ।
“महिलाको बायाँ गालामा गोली प्रहार गरी फरार भएका शर्मालाई सोही होटलको पूर्व–दक्षिणतर्फ करिब २०० मिटर टाढाको कर्कलोघारीमा लुकिरहेको अवस्थामा अभियुक्त शर्माको साथबाट लोड गरिएको एक थान कटुवा पेस्तोलसहित नियन्त्रणमा लिएर आवश्यक कारबाहीको लागि वडा प्रहरी कार्यालय बिर्तामा पठाइएको छ” उहाँले भन्नुभयो ।रासस
ताजा
जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
२०८३ आश्विन १२ गते, सोमबार
जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
२०८३ आश्विन १२ गते, सोमबार
भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
२०८३ आश्विन ८ गते, बिहीबार
विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग
२०८३ आश्विन ७ गते, बुधबार
अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना
२०८३ आश्विन ७ गते, बुधबार
बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग
२०८३ आश्विन ५ गते, सोमबार
भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो
२०८३ आश्विन ४ गते, आईतवार
रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार
२०८३ आश्विन ४ गते, आईतवार
चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु
२०८३ आश्विन १ गते, बिहीबार
वालिङमा हाइस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
२०८३ आश्विन १ गते, बिहीबार





















