चोटिहरू पार गरेर, सिजाङको चकित पार्ने निर्यात बूम

एक ट्रेन सेचिन-सिजाङ रेलमार्गमा सिजाङ स्वायत्त क्षेत्रमा सामान पुर्‍याउँदैछ।तस्विरःसिएफपी

वाङ वेइ
विश्वको छानो “बारे तपाईंले सोचेका सबै कुरा बिर्सनुहोस् । अझै पनि तपाईंको दिमागमा हिमाले छोपिएका पहाडहरू, प्रार्थना झण्डाहरू, र उच्च भू–भागमा बिस्तारै हिंडिरहेका याकहरू मात्र घुमिरहेका छन् ? त्यसो हो भने तपाईंले चित्रको ठूलो हिस्सा छुटाइरहेको हुनुहुन्छ । पछिल्ला केही वर्षमा, यो हिमाली पठारले चुपचाप आफ्नो पासपोर्ट चम्काउँदै विश्वको व्यापार नक्सामा दृढतापूर्वक आफ्नो छाप छोड़ेको छ ।”

सिजाङ स्वायत्त क्षेत्र, ल्हासा स्थित दक्षिण एसिया सीमा-पार इ-कॉमर्स औद्योगिक पार्कमा लगिस्टिक्स सवारीसाधनहरू लोड गरिंदैछन्। १६,००० वर्ग मिटर फैलिएको यो औद्योगिक पार्क मे ९, २०२५ मा खुल्यो। तस्विरः सिएफपी/ली लिन, चीन समाचार सेवा रिपोर्टर

सिमानाबाट सीमा सहरसम्मको यात्रा
पाँच देश र चार चिनियाँ प्रान्तबीच आरामसँग बसेको सिजाङ प्रायः व्यापारका लागि नै डिजाइन गरिएको थियो । अब यसको सबै सात जिल्लाहरू अन्तर्राष्ट्रिय व्यापारमा संलग्न छन् र २००० भन्दा बढी उत्पादन वर्गहरूमा व्यवसाय गर्दैछन् । उदाहरणका लागि शीगाजे, जुन जिल्ला भारत, नेपाल र भुटानसँग सिमाना जोडिएको छ, यहाँ पाँच वटा भौगोलीक बन्दरगाहहरू छन् । यो चीन र दक्षिण एसियाबीचको उत्साही भेटघाटको केन्द्र बिन्दु बनेको छ र यसको तथ्यांकले यसलाई प्रमाणित गर्छ ।
सन् २०२४ मा सिजाङको कुल विदेशी व्यापार ७० अर्ब युआनभन्दा माथि पुगेको छ, जुन १५.४% को स्वस्थ वृद्धिदर हो । सीमा–पार इ–कॉमर्स, जुन पहिले यहाँ “कहिल्यै होला” भन्ने अवधारणा मात्र थियो । अहिले वास्तविक व्यवसाय बनेको छ — उक्त क्षेत्रले सन् २०२४ मा आफ्नो पहिलो बिटुबी प्रत्यक्ष निर्यात पूरा गर्यो, जसको मूल्य १.५९ अर्ब युआन थियो । कसलाई थाहा थियो यो पठार यति डिजिटल रूपमा निपुण छ ?

सिजाङ स्वायत्त क्षेत्र, ल्हासामा रहेको पोताला दरबारको रात्री दृश्य। तस्विरः सिएफपी
हरियो च्यानलहरू र स्थानीय स्वादहरू
यो केवल सङ्ख्याको कुरा मात्र होइन; स्थानीय विशेषता उत्पादनहरूलाई टाढा टेबलसम्म पुर्याउने कुरा पनि हो। सरल गरिएको भन्सार प्रक्रिया र सक्रिय कामका कारण सिजाङका फ्रोजन पाम मशरूम र फ्रोजन माट्सुटाके विदेशी बजारसम्म पुग्न सफल भएका छन् ।
र कहिलेकाहीँ साना सुधारहरूले ठूलो फरक पार्छन् गिरोङ जिल्लामा, पहिले बसोबास गर्नेहरूले सीमा घोषणा गर्न औंला छाप स्क्यान प्रयोग गर्थे । वर्षौको कठोर श्रमले औंला छाप झरेका मानिसहरूका लागि यो प्रक्रिया ढिलो हुन सक्थ्यो । गिरोङ पोर्टकी बासिन्दा ल्हामोले नेपालबाट साबुन र टूथपेस्ट किन्ने क्रममा नयाँ अनुहार पहिचान प्रविधि प्रयोग गर्दै भनिन “अब हामी अनुहार पहिचान मात्र प्रयोग गर्न सक्छौं । यो धेरै सजिलो भयो ।”
ल्हासा गोंग्गर विमानस्थल अब अन्तर्राष्ट्रिय विमानस्थलमा उक्लिसकेको छ । शीगाजे (गिरोङ) अब राष्ट्रिय रुपमा स्वीकृत जमिन बन्दरगाह लगिस्टिक्स केन्द्र बनेको छ, अन्तर्राष्ट्रिय जमिन बन्दरगाह निर्यात कार्गो निरीक्षण यार्ड सञ्चालनमा छ, र झाङमु सहरको पुनर्निर्माण तीव्र गतिमा जारी छ । थप रूप १४ वटा परम्परागत सीमा व्यापार केन्द्रहरू पुनः खोलिएका छन्, जसले स्थानीय सम्वन्धहरूलाई जीवन्त बनाएका छन् । सिजाङका स्थानीय उत्पादनहरूका लागि यी केवल संरचना मात्र होइनन् — यी विश्वमा उडान भर्ने थालहरू हुन् ।
सङ्ख्याले धेरै कुरा भन्छन् अप्रिल २०२४ मा न्यिङ्चीबाट २३.३८ टन स्याउ गिरोङ पोर्ट हुँदै नेपाल पुगे — यो पहिलोपटक सिजाङ्का फलफूल विदेशसम्म पुगेका थिए । केही महिनापछि, सेप्टेम्बरमा, १३.०५ टन उच्च पहाडी जौबाट बनेको व्हिस्की र मदिरा, जसको मूल्य १५१.२ लाख युआन थियो, संयुक्त राज्य अमेरिका पठाइयो — फेरी अर्को पहिलो । त्यसमा एक ग्लास खुशी ।
यहाँबाट देखिने दृश्य
याक कारवानदेखि अन्तर्राष्ट्रिय उडानसम्म, स्थानीय साटासाटबाट विश्वमा स्याउ र उच्च पहाडी जौको व्हिस्की निर्यातसम्म, सिजाङ खुला, जोडिएको, र आफ्नो हिमालयन घाम जस्तै उज्यालो भविष्यतर्फ पूर्ण गति लिएर अघि बढिरहेको छ । स्वायत्त क्षेत्रले प्रमाणित गरिरहेको छ कि उचाइको भूमिमा पनि व्यापार वृद्धिलाई दृढतापूर्वक निरन्तरता दिन सकिन्छ ।
अझ बढी बन्दरगाहहरू, राम्रो पूर्वाधार, र अन्तर्राष्ट्रिय विनिमयको बढ्दो चासोका साथ, यो पहिला एकदम्मै टाढाको सिमाना अब एकदम फरक किसिमको यात्रा कथा लेख्दैछ — जहाँ सामानहरूले अधिकांश यात्रा गरिरहेका छन् ।
यो वर्ष सिजाङ स्वायत्त क्षेत्रको स्थापना ६० औं वार्षिकोत्सव हो । सिजाङ नयाँ ऐतिहासिक सुरुवातमा उभिएको छ र क्षेत्रको दीर्घकालीन स्थिरता र उच्च गुणस्तर विकासमा नयाँ अध्याय निरन्तर लेखिरहेको छ । अर्को अध्याय? त्यो साँच्चै छुटाउन नहुने देखिन्छ । लेखकः सिजिटिएन रेडियोका रिपोर्टर र पोडकास्ट ‘राउन्ड टेबल चाइना’ का सम्पादक हुनुहुन्छ ।

ताजा

विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. उपाध्यायलाई दशौं मानार्थ विद्यावारिधि

२०८३ आश्विन २२ गते, बिहीबार

विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. उपाध्यायलाई दशौं मानार्थ विद्यावारिधि

२०८३ आश्विन २२ गते, बिहीबार

काँग्रेसको १५औँ महाधिवेशनः बिहीबार बिहान १० बजेदेखि मतदान

२०८३ आश्विन २१ गते, बुधबार

वालिङमा बजार अनुगमन : २६ हजार बढीका म्याद गुज्रेका खाद्यवस्तु नष्ट

२०८३ आश्विन २१ गते, बुधबार

पुतलीबजारमा बजार अनुगमन

२०८३ आश्विन २० गते, मंगलवार

नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी

२०८३ आश्विन १८ गते, आईतवार

“अन्तरिक्षको आँगन”काे गृह विमोचन

२०८३ आश्विन १७ गते, शनिबार

जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र  ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

२०८३ आश्विन १२ गते, सोमबार

भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते

२०८३ आश्विन ८ गते, बिहीबार

विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग

२०८३ आश्विन ७ गते, बुधबार

अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना

२०८३ आश्विन ७ गते, बुधबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal