स्याङ्जामा एकै वर्षमा २९ जनाले त्यागे नेपाली नागरिकता

अर्जुन काफ्ले

स्याङ्जा,५ साउन- आर्थिक वर्ष ०८१/०८२ मा स्याङ्जाबाट एकै वर्षमा २९ जना नेपाली नागरिकले नागरिकता त्याग गरेका छन् ।

नेपाली नागरिकता परित्याग गरेर सबैभन्दा धेरै नौ जनाले अमेरिकी र पाँच जनाले बेलायती नागरिकता लिएका हुन् । यस्तै क्यानडा र हङकङ तीन/तीन जना, दुई/दुई जनाले अस्ट्रेलिया, पोर्चुगल र भारतको नागरिकता लिएका छन् ।

यस्तै नेपाली नागरिकता परित्याग गरेर जापान, फिन्ल्याड र नर्वेको एक एक जनाले नागरिएका लिएका हुन् ।  विसं. २०६७/२/३ देखि असार मसान्तसम्म १०६ जनाले नेपाली नागरिकता परित्याग गरेका हुन् । 

डीभी, पीआर लिएका र विदेशी नागरिकसँग विवाह गरेकाले नागरिकता त्याग गरेको सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले बताउनुभयो । उहाँले विदेशी नागरिकता लिने प्रक्रिया थालेसँगै नेपाली नागरिकता परित्याग गर्नुपर्ने बताउनुभयो ।  

राजनीतिक अस्थिरता, भ्रष्टाचार, बेरोजगार, शिक्षा र स्वास्थ्यलाई मुख्य कारण देखाउँदै विदेशी मुलुक छिरेका नेपाली नागरिक पछि उतै रमाउने र अन्ततः उतैका नागरिक भएर बस्ने गरेका हुन् । यस्तै यहाँ एक जनाले हङकङको नागरिकता त्याग गरेर नेपाली नागरिकता लिनुभएको छ ।

यस्तै    यस आर्थिक वर्षमा १६ जना भारतीयले अङ्गीकृत नेपाली नागरिकता लिएका छन् भने २० जनाले गैर आवासीय नेपाली नागरिकता लिएका छन् ।

नेपाली युवासँग विवाह गर्ने विदेशी युवतीले वैवाहिक अङ्गीकृत नागरिकता लिएका हुन् भने नेपालबाट विभिन्न कारण विदेश गएका र लामो समय बसेर विदेशको नागरिकता पाएका र नेपालको परित्याग गरेकालाई यो नागरिकता प्रदान गरिएको हो ।

गैर आवासीय नेपाली नागरिकता लिनेलाई नेपालको राजनैतिक अधिकार र सरकारी जागिरको अवसर बाहेक सबै सेवाहरु व्यापार व्यवसाय, घर जग्गा खरिदलगायतका कारोबार गर्न पाउने सप्रजिअ पौडेलले बताउनुभयो । यस्तै, यसै आवमा १० जनाको नागरिकता र एक जनाको प्रतिलिपि नागरिकता रद्द प्रशासनले गरेको छ ।

आर्थिक वर्ष ०८१ /०८२ स्याङ्जाबाट वंशजतर्फ सात हजार ८५५ नयाँ, प्रतिलिपि आठ हजार ४८१, अङ्गिकृत १६ र गैरआवासीय गरेर १६ हजार ३७२ जनाले नागरिकता लिएका छन् । यस्तै ११ हजार भने ११ हजार ८४२ राहदानी सिफारित भएको छ ।गाेप

ताजा

स्याङ्जामा साधु मृत फेला

२०८३ भाद्र २२ गते, सोमबार

स्याङ्जामा साधु मृत फेला

२०८३ भाद्र २२ गते, सोमबार

स्याङ्जामा भाेटेकाेशी बाढीमा परि सम्पर्कविहीन भएका परिवारकाे डीएनए नमुना सङ्कलन

२०८३ भाद्र २२ गते, सोमबार

नेकपा एमाले वालिङ नगर कमिटीद्वारा पूर्व जनप्रतिनिधि एवं उम्मेदवारलाई सम्मान

२०८३ भाद्र २१ गते, आईतवार

स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु

२०८३ भाद्र १९ गते, शुक्रबार

चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ

२०८३ भाद्र १७ गते, बुधबार

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै

२०८३ भाद्र १५ गते, सोमबार

‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव

२०८३ भाद्र १५ गते, सोमबार

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो

२०८३ भाद्र १३ गते, शनिबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal