बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगायो, ठुलो जनधनको क्षति भएको आशङ्का
गंगाकुमारी मिजार
रसुवा,२४ असार– चीनको केरुङ क्षेत्रतर्फको अविरल वर्षाले असार २४ गते बिहान करिब ३ बजे रसुवाको गोसाइकुण्ड गाउँपालिका –२ स्थित रसुवागढी क्षेत्रमा आएको भिषण बाढीले मितेरी पुल बगाएको छ । पुल बगाउँदा चीन र नेपालविचको सम्पर्क विच्छेद भएको छ ।
बाढीले रसुवागढीस्थित ईभी चार्जिङ स्टेशनमा ठूलो क्षति गरेको छ । नेपाल प्रहरीले दिएको प्रारम्भिक विवरणअनुसार करिब ८ बढी विद्युतीय गाडी बगाएको छ । त्यस्तै, रसुवा भन्सार कार्यालयको यार्ड र रसुवागढी जलविद्युत आयोजनाको ड्याममा समेत क्षति पुगेको छ।
उक्त बाढीपछिको उद्धार कार्यमा संलग्न रहँदैआएको प्रहरी निरीक्षक लालबहादुर श्रेष्ठ, प्रहरी जवान मुन्ना ठाकुर र लोकेन्द्र बोहरा हालसम्म सम्पर्कविहीन हुनुहुन्छ । अहिलेसम्मको जानकारीअनुसार ३ जना सुरक्षाकर्मी, ९ जना नेपाली नागरिक र ६ जना चिनियाँ नागरिकसहित १८ जना बेपत्ता छन्।
बेपत्ता भएकाको खोजी तथा उद्धार कार्यका लागि जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी निरीक्षक कृष्णबहादुर धितालको नेतृत्वमा २० जनाको टोली, ईलाका प्रहरी कार्यालय टिमुरेका प्रहरी नायब निरीक्षक धनबहादुर तामाङको कमाण्डमा २८ जना, साथै अन्य प्रहरी चौकी तथा अस्थायी पोष्टबाट खटिएका टोलीसहित जम्मा ९४ जना सुरक्षाकर्मी परिचालन गरिएका छन्।
यसबिचमा १ नेपाल प्रहरी, १ सशस्त्र प्रहरी र ७ जना स्थानीय गरी ९ जनाको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ। बाढीको प्रभाव गोसाइकुण्ड–५ को पासाङल्हामु राजमार्गको केही भाग चिरिएर धुन्चे–टिमुरे सडक पूर्ण रूपमा अबरुद्ध बनाएाके छ । जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकायहरू र स्थानीय तहको समन्वयमा उद्धार कार्यलाई तीव्र पारिएको जनाइएको छ। हाल घटनास्थलमा खोज तथा उद्धार प्रयास जारी रहेको प्रहरीले जनाएको छ । गाेप
ताजा
सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक दाहाल सेवाबाट बर्खास्त
२०८३ आश्विन २३ गते, शुक्रबार
सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक दाहाल सेवाबाट बर्खास्त
२०८३ आश्विन २३ गते, शुक्रबार
प्रहरी दिवसको अवसरमा स्याङ्जामा२२ जनाले गरे रक्तदान
२०८३ आश्विन २३ गते, शुक्रबार
पोखरामा स्कुल बस दुर्घटना हुदा ५ जनाकाे मृत्यु
२०८३ आश्विन २३ गते, शुक्रबार
विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. उपाध्यायलाई दशौं मानार्थ विद्यावारिधि
२०८३ आश्विन २२ गते, बिहीबार
काँग्रेसको १५औँ महाधिवेशनः बिहीबार बिहान १० बजेदेखि मतदान
२०८३ आश्विन २१ गते, बुधबार
वालिङमा बजार अनुगमन : २६ हजार बढीका म्याद गुज्रेका खाद्यवस्तु नष्ट
२०८३ आश्विन २१ गते, बुधबार
पुतलीबजारमा बजार अनुगमन
२०८३ आश्विन २० गते, मंगलवार
नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी
२०८३ आश्विन १८ गते, आईतवार
“अन्तरिक्षको आँगन”काे गृह विमोचन
२०८३ आश्विन १७ गते, शनिबार





















