चालिसेमा महायज्ञ हुने

वालिङ,२० वैशाख- यही वैशाख २४ गते बुधबारदेखि भागवत् सप्ताह ज्ञान महायज्ञ हुने भएको छ । वालिङ १४ बायँखोलास्थित चालिसेमा “श्रीमद्भागवत् सप्ताह तथा तण्डुलाचल ज्ञान महायज्ञ एवम् श्रृङ्गारिक महाआरती—२०८२” हुने भएको हो । वैदिक सनातन धर्म रक्षार्थ १०८ श्रीमद्भागवत् सप्ताह तथा तण्डुलाचल ज्ञान महायज्ञ एवम् श्रृङ्गारिक महाआरती—२०८२” वैशाख ३० गतेसम्म सञ्चालन गरिने महायज्ञ सञ्चालनको पूर्व सन्ध्यामा आज आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो । 

श्री कालिका आध्यात्मिक प्रतिष्ठानको धाम निर्माण गर्ने, अनाथ आश्रम एवम् अन्नक्षेत्र खोल्ने, १ सय ८ शिवलिङ्ग स्थापना गर्ने उद्देश्यले महायज्ञको आयोजना गरिएको महायज्ञका प्रमुख कथा वाचक पण्डित प्रकाश तिवारीले जानकारी दिनुभयो । कथा वाचक तिवारीका अनुसार १हजार ८ शालिग्राम पूजा आराधना, दैनिक हवन सञ्चालन, समाजमा रहेका वृद्धा, अशक्त तथा अनाथहरुको सेवागर्ने महायज्ञको उद्देश्य लिइएको छ । यसगरी विपन्न परिवारका लागि धार्मिक संस्कार धान्न सहयोग गर्ने र विपन्नलाई खर्च जुटाई अन्त्यष्टी गर्नमासमेत सहयोग गरी कसैको कुनै संस्कार नरोकिने अवस्थाको सिर्जना गर्नका लागि महायज्ञ सञ्चालन गरिएको हो । 

२४ गते कलाश यात्रासहित शुभारम्भ गरिने महायज्ञमा सङ्गीतमय कथावाचनसँगै दैनिक पाठ पारायण, गौपूजा एवम् कन्या पूजन, राधाकृष्ण तथा १ हजार ८ शालिग्राम शिलाको पूजाअर्चना गरिनेछ । यसैगरी दैनिक राष्ट्रियस्तरका भजनगायकहरुद्वारा दैनिक भजन किर्तनबाट सङ्गीतमय आध्यात्मिक आनन्द लिन पाइने आयोजकले जनाएको छ । साथमा दैनिकरुपमा सन्ध्याकालिन लक्षवर्ती आरती गरिने पण्डित तिवारीले बताउनुभयो ।

श्री राधासर्वेश्वरको अनुकम्पाले भागवत् भक्तिप्राप्ती हेतु गरिमामय भागवत् सत्सङ्ग ज्ञान महायज्ञमा सहभागी भई धर्मानुरागी सम्पूर्ण महानुभावहरुले भगवत् ज्ञान लिन आयोजकद्वारा अनुरोध गरिएको छ । 

ताजा

सिद्धार्थ राजमार्गबाट नियन्त्रित लागूऔषधसहित दुई जना पक्राउ

२०८३ असार ३२ गते, बिहीबार

सिद्धार्थ राजमार्गबाट नियन्त्रित लागूऔषधसहित दुई जना पक्राउ

२०८३ असार ३२ गते, बिहीबार

पहिरोमा पुरिँदा ६५ वर्षीय धनबहादुरको मृत्यु

२०८३ असार ३२ गते, बिहीबार

निजी मिडियालाई सरकारी विपज्ञापन प्रतिबन्ध लगाउने सरकारकाे निर्णय  सर्वोच्चद्वारा बदर

२०८३ असार ३० गते, मंगलवार

विश्वकै ठूलो शालिग्राम शिला डुबानमा, पूजाअर्चना बन्द

२०८३ असार ३० गते, मंगलवार

मानवअधिकार एलायन्स स्याङ्जाले मनायाे २७औँ स्थापना दिवस

२०८३ असार २९ गते, सोमबार

वालिङ नगरपालिकाको २०औँ नगरसभाबाट ८९ करोड बढीकाे बजेट पारित

२०८३ असार २८ गते, आईतवार

श्रमजीवी पत्रकारको करार नतोड्न  नेपाल पत्रकार महासंघको आग्रह

२०८३ असार २६ गते, शुक्रबार

मापदण्ड विपरीत पशुचौपाया ढुवानी गर्ने व्यक्ति पक्राउ

२०८३ असार २६ गते, शुक्रबार

विद्युत् सर्ट भई आगलागी हुँदा दुई बाख्रा र पाँच कुखुरा जले

२०८३ असार २६ गते, शुक्रबार

आत्मदाहकाे प्रयास गरेका गणेशकाे निधन

२०८३ असार २६ गते, शुक्रबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal