प्रथम पिंक सिटी वालिङ महोत्सवमा बृद्ध–बृद्धालाई निःशुलक प्रवेश देखि स्थानीय ब्यापारीलाई स्टल भाडामा ३० प्रतिशत सम्म छुट
हिमलाल पराजुली
वालिङ,२० फागुन– ‘आर्थिक सामाजिक सम्पन्न समाज, समृद्ध वालिङ’ भन्ने मूल नारासहित वालिङ चेम्बर अफ कमर्सले प्रथम पिंक सिटी महोत्सव वालिङ २०८१ को आयोजना गरेको छ ।
यहि फागुन २१ गते देखि चैत ३ गते सम्म सञ्चालन हुन गहिरहेको प्रथम पिंक सिटी वालिङ महोत्सवमा बृद्ध–बृद्धा,शारीरिक रुपमा अशक्तलाई निःशु्लक प्रवेश देखि स्थानीय ब्यापारीलाई स्टल भाडामा ३० प्रतिशत सम्म छुटको ब्यवस्था मिलाईएको वालिङ चेम्बर अफ कमर्सका अध्यक्ष एवं महोत्सव आयोजक मूलसमारोह समितिका संयोजक प्रकाश न्यौपाने (किरण)ले जानकारी दिनुभयो ।
अध्यक्ष न्यौपानेले भन्नुभयो, “हामीले यो महोत्सव मार्फत वालिङको एटा छुट्टै पहिचान स्थापीत गर्ने गरि लागेका छौँ,े वालिङलाई पिंक सिटीका रुपा देशैभर पहिचान दिलाउन महोत्सवले थप भूमिका खेल्ने छ ।”
महोत्सवमा आउने जेष्ठ नागरिक, एकल महिला र शारीरिक रुपमा अशक्त भएकाहरुका लागि परिचय पत्रको आधारमा निःशुल्क प्रवेश गर्ने ब्यवस्था गरिएको छ भने चेम्बर अफ कमर्समा आवद्ध ब्यापारिहरुलाई स्टल भाडामा ३० प्रतिशत र स्थानीय अरु ब्यापारिहरुलाई १५ प्रतिशत स्टल भाडामा छुट दिने अध्यक्ष न्यौपानेले जानकारी दिनुभयो ।
महोत्सवमा विभिन्न प्रतियोगिताहरुको साथमा बाल उद्यानलगायतका मनोरञ्जनात्मक कार्यक्रहरु र स्थानीय तथा राष्ट्रिय कलाकारहरुका दैनिक प्रस्तुति रहनेछन् ।
स्थानीय कृषि प्रदर्शनी, कृषि क्षेत्रका समस्या र सम्भावना विषयक वृहत अन्तरक्रिया,विद्यालय स्तरीय नृत्य प्रतियोगिता, स्थानीय धार्मिक एवं पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसार, पालिका स्तरीय भलिबल प्रतियोगिता, प्रचारात्मक टिकटक प्रतियोगिता हुने वालिङ चेम्बर अफ कमर्सका महासचिव गणेश राउतले बताउनुभयो । महोत्सव अवधिको गतिविधि टिकटक मार्फत प्रचारप्रसार गर्ने लाई लाईक आधारमा विजेता, उपविजेता छनोट गरि पुरस्कार प्रदान गरिने छ । टिकटक प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमश १५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार प्रदान गर्ने आयोजकले जनाएको छ ।
चेम्बर अफ कमर्सका उपाध्यक्ष मणीप्रसाद पंगेनीले महोत्सव स्थलमा दुई सय ५० बढि स्टल रहने र स्टल धमाधम स्टल बुकिङ भइरहेको जानकारी दिनुभयो ।
यसैगरी नगर स्तरीय रत्यौलीगीत प्रतियोगिता, शैक्षिक प्रदर्शनी तथा वृहत काव्य गोष्ठी स्याङ्जा किड्स डान्स आइडलको साथमा लाइभ कन्सर्टसमेत हुने आयोजकले जनाएको छ ।
महोत्सवको सह आयोजकमा वालिङ नगरपालिका र मुख्य प्रायोजक गरिमा विकास वैंक रहेको छ भने प्रवद्र्धकमा नेपाल पर्यटन बोर्ड रहेको छ । यही फागुन २१ अर्थात भोली देखि वालिङ खेल मैदानमा सञ्चालन हुने महोत्सव सफल पार्नका लागि आ–आफ्नो ठाउँबाट सहयोग गर्न समेत वालिङ चेम्बु अफ कर्मसले सबैलाई आवहान गरेको छ ।
महोत्सव अवलोकनको लागि प्रवेश शुल्क एक सय रुपैँया राखिएको र विद्यार्थी लाई ७० रुपैँया र ५ वर्ष भन्दा मुनिका बालबालिकाहरुलाई निशुल्क प्रवेशको ब्यवस्था मिलाइएको आयोजकले जनाएको छ ।

ताजा
नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी
२०८३ आश्विन १८ गते, आईतवार
नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी
२०८३ आश्विन १८ गते, आईतवार
“अन्तरिक्षको आँगन”काे गृह विमोचन
२०८३ आश्विन १७ गते, शनिबार
जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
२०८३ आश्विन १२ गते, सोमबार
भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
२०८३ आश्विन ८ गते, बिहीबार
विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग
२०८३ आश्विन ७ गते, बुधबार
अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना
२०८३ आश्विन ७ गते, बुधबार
बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग
२०८३ आश्विन ५ गते, सोमबार
भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो
२०८३ आश्विन ४ गते, आईतवार
रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार
२०८३ आश्विन ४ गते, आईतवार





















