स्थानीयको प्रतिरोध पश्चात घोसरदुममा अनुगमन
अर्जुन काफ्ले
स्याङ्जा,२७ माघ– अवैध रुपमा ढुङ्गा गिट्टीको ओसारपसार भइरहेको वालिङ् नगरपालिका –१२ घोसरदुममा प्रशासनले अनुगमन गरेको छ। सडक निर्माण तथा कालोपत्रेका नाममा निर्माण कम्पनी टुण्डी आरएस जेभीले सडक बनाउन भन्दा पनि ढुङ्गा गिट्टी निकासी गरेपछि स्थानीयले प्रतिरोध गरेका थिए।
प्रतिरोध गर्ने स्थानीयलाई खाल्डो खनेर पुर्ने ठेकदारको धम्कीपछि जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति, जिल्ला वन कार्यालय र सडक डिभिजन कार्यलयको टोली अवैध ओसार पसार गरिएको ठाउँ वालिङ् नगरपालिका–१२ घोसरदुम पुगेको हो।
अवैध ओसार पसार भएको स्थानीयलाई खाल्डो खनेर पुर्ने धम्की दिने ठेकदार कम्पनीका पक्षलाई अब यस्तो भाषा र धम्की दिए कानुन बमोजिम कारबाही अगाडि बढाउने चेतावनी दिएको थियो।
सार्वजनिक वन अतिक्रमण गरी लाखौंको ढुङ्गा गिटी निकासी गरिएको विषयमा स्थानीयले विरोध जनाउदै आएका छन्।
ठेकदार कम्पनीले सरोकार नभएको क्षेत्रबाट केही मान्छेलाई प्रभावमा पारेर लाखौंको डुङ्गा, गिटी अर्को ठाउँमा निकासी गरेको स्थानीय विनोद थापाले बताउनुभयो।
उहाँले नौ पुटको बाटोमा ३६ पुट चाक्लो र ४० पुट उचाई बाटो खनेर डुङ्गा, गिटी निकासी गरेको र विरोध गर्दा सोही ठाउँमा पुरी दिन्छु भनेर गाउँलेलाई धम्काएको बताउनुभयो।

उहाँले प्रशासनको टिमले न्याय दिनुको सट्टा ठेकदार सँग मिलापत्र गरेको र काम ठिक छ भनेर नभने पनि ठेक्का रोकिन सक्ने भनेर थम्काउने काम गरेको बताउनुभयो।
प्रशासनको अब अबको दिनको कानुनी प्रक्रिया हेर्ने समय आएको बताउदै थापाले आफू भने असुरक्षित रहेको बताउनुभयो। निर्माण कम्पनीले वालिङ हुवास रोडको भु्रमे–अरचलबोट–तमादी–डुम्रेभञ्ज्याङ–बानिडाडाँ हुदै सेतिबेनी जाने सडक २०७९ वैशाख ६ गते तीन वर्षमा कालोपत्रे गर्ने गरी २० करोड २८ लाख नौ हजार ५०१ रुपियाँ छ पैसामा सम्झौता गरेको थियो।
अनुगमन पश्चात ढुङ्गा गिटी निकासी तत्कालका लागि रोकिएको छ भने प्रशासन, वन कार्यालयले मुद्दा चलायर कानुनी प्रक्रिया अगाडि बढाएको छ।गोप
ताजा
गोपनीयताको हक कायम गर
२०८३ भाद्र ९ गते, मंगलवार
गोपनीयताको हक कायम गर
२०८३ भाद्र ९ गते, मंगलवार
जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते
२०८३ भाद्र ८ गते, सोमबारसार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री
२०८३ भाद्र ४ गते, बिहीबार
अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन
२०८३ भाद्र ४ गते, बिहीबार
वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद
२०८३ भाद्र ३ गते, बुधबार
स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि
२०८३ श्रावण ३० गते, शनिबार
खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे
२०८३ श्रावण २९ गते, शुक्रबार
पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत
२०८३ श्रावण २८ गते, बिहीबार
विश्व प्रेस काउन्सिलको आग्रह किशाेर श्रेष्ठलाई तत्काल रिहा गरियाेस
२०८३ श्रावण २८ गते, बिहीबार





















