जनप्रिय आधारभूत विद्यालयलाई समाजसेवी शर्मा द्वारा आर्थिक सहयाेग प्रदान
वालिङ,२१ माघ- वालिङ नगरपालिका वडा नम्बर १२ धनमुडामा रहेकाे जनप्रिय आधारभूत विद्यालयलाई समाजसेवी डाेलराज शर्मा पंगेनीले २ लाख ५० हजार आर्थिक सहयाेग प्रदान गर्ने घाेषणा गर्नुभएकाे छ। विद्यालय स्थापनाकाे ५० वर्ष पुगेकाे अवसरमा विद्यालयकाे स्वर्ण जयन्ति (स्वर्ण महाेत्सव) कार्यक्रमकाे उद्घाटन कार्यक्रममा बाेल्दै शर्माले स्वघाेषणा गर्नुभएकाे हाे। उद्धाेगपती एवं ब्यावसायी समेत रहनुभएका शर्माले विभिन्न सामाजिक क्षेत्रमा सहयाेग गर्दै आउनुभएकाे छ।


विद्यालयलाई विभिन्न खेल्कुदका सामग्री हस्तान्तरण गर्दै उहाँले आमा समुहलाई ५० हजार रुपैयाँ समेत दिने बताउनुभयाे। विद्यालयकाे लागि अन्य सहयाेग गर्न समेत आफू तयार रहेकाे बताउदै सामाजिक सेवा गर्न पाउँदा आफुलाई खुसिलागेकाे र समाजकाे विकासकाे लागि सबैले आ-आफ्नाे ठाँउबाट निस्वार्थ भावले सहयाेग गर्नुपर्नेमा जाेड दिनुभयाे। शर्माले गह्राैसुरमा रहेकाे गह्राैसुर मन्दिरकाे विकासका लागि लामाे समय देखि सहयाे गर्दै आउनुभएकाे छ।


कार्यक्रममा वालिङ नगरपालिका शिक्षा शाखा अधिकृत दुर्गा न्याैपाने, पूर्व शिक्षक चण्डिप्रसाद पाठक, एकनारायण गैह्रे, विश्वहिन्दु महासंघका केन्द्रीय सदस्य पंडित नेत्रप्रसाद पराजुली, भूपुविद्यार्थी मञ्चका सचिव नेत्रप्रसाद गैह्रे जनपत्रकार संगठनका पूर्व केन्द्रीय अध्यक्ष प्रकाश डुम्रे लगायतले बाेल्नुभएकाे थियाे।
कार्यक्रममा विद्यालयकी प्रअ खगिसरा गाैडेलले विद्यालयकाे वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएकाे थियाे भने विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष टिकाराम पराजुलीले विद्यालयकाे समग्र खवस्थाका बारेमा बताउनुभएकाे थियाे। विद्यालयका पूर्व शिक्षकलाई सम्मानका सथै विद्यार्थीलाई पुरस्कार समेत वितरण समेत गरिएकाे थियाे। दुई दिनसम्म चल्ने कार्यक्रम २२ गते सम्पन्न गरिने विद्यलयले जनाएकाे छ।


ताजा
जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
२०८३ आश्विन १२ गते, सोमबार
जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
२०८३ आश्विन १२ गते, सोमबार
भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
२०८३ आश्विन ८ गते, बिहीबार
विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग
२०८३ आश्विन ७ गते, बुधबार
अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना
२०८३ आश्विन ७ गते, बुधबार
बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग
२०८३ आश्विन ५ गते, सोमबार
भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो
२०८३ आश्विन ४ गते, आईतवार
रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार
२०८३ आश्विन ४ गते, आईतवार
चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु
२०८३ आश्विन १ गते, बिहीबार
वालिङमा हाइस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
२०८३ आश्विन १ गते, बिहीबार





















