प्रेस चौतारी चितवनले सुरु गर्यो पत्रकार सुत्केरीलाई पोषण कार्यक्रम

चितवन,१४ मनघ- प्रेस चौतारी नेपाल चितवन शाखाले पत्रकार सुत्केरी पोषण कार्यक्रम सुरु गर्ने निर्णय गरेको छ । शाखाले चितवनमा रहेका प्रेस चौतारीका सदस्यका सन्तानको जन्म हुँदा सुत्केरी आमाको पोषणमा सहयोग गर्ने उद्देश्यले सुत्केरी  पोषण कार्यक्रम सुरु गर्ने निर्णय गरेको हो ।  

प्रेस चौतारी नेपाल चितवन शाखाका अध्यक्ष सुवास पण्डितका अनुसार प्रेस चौतारी चितवनका सदस्य महिला वा पुरुष जसको सन्तानको जन्म भएपनि पाँच हजार रुपियाँ बराबरको सुत्केरी पोषण भत्ता दिनेगरि कार्यक्रम ल्याइएको हो । 

उक्त कार्यक्रम प्रेस चौतारी चितवनका सदस्यहरुले आफ्नाे जन्मोत्सव तथा अन्य उत्सवमा सहयोग गरेर स्थापना गरिएको पत्रकार कल्याणकारी कोषकाे आर्जित ब्याजबाट प्रदान गरिने पनि अध्यक्ष पण्डितले जानकारी दिनुभयाे । उहाँका अनुसार यहि महिनाबाट सुत्केरी पोषण कार्यक्रम सञ्चालनमा आउने छ । चौतारीले कोषको उपयोग गर्ने कार्यविधि नै निर्माण गरेर पोषण कार्यक्रमको सुरुआत गर्ने निर्णय गरेको हो । 

प्रेस चौतारी चितवनको आइतबार बसेको बैठकले निर्णय गरि कार्यान्वयनमा ल्याउन लागेको सुत्केरी पोषण कार्यक्रमले आफ्ना सदस्यलाई सुखमा पनि चौतारी सँगसँगै छ भन्ने महसुस गराउन सहयोग गर्ने उद्देश्य लिइएको पण्डितले जानकारी दिनुभयाे ।

ताजा

रास्वपा नेता द्वाेय आले र नेपाल माथि वालिङमा आक्रमण

२०८२ असार ३ गते, मंगलवार

रास्वपा नेता द्वाेय आले र नेपाल माथि वालिङमा आक्रमण

२०८२ असार ३ गते, मंगलवार

वालिङमा ब्युटिसियनको सिप विकासका लागि नेल आर्ट तालिम

२०८२ असार ३ गते, मंगलवार

गण्डकी प्रदेशकाे बजेट ३१ अरब ९७ कराेड

२०८२ असार ३ गते, मंगलवार

सुन्दरबजारमा आगलागी, दुईतले घर जलेर नष्ट

२०८२ जेष्ठ ३१ गते, शनिबार

वालिङ बहुमुखी क्याम्पसमा एक महिने फेसन डिजाइन तालिम

२०८२ जेष्ठ ३० गते, शुक्रबार

वालिङमा सुनाैलाे हजार दिनका आमालाई पाेसिलाे झाेला

२०८२ जेष्ठ २९ गते, बिहीबार

नवग्रह मन्दिरमा भागवत वाचिका राधिका दासीद्वारा दर्शन

२०८२ जेष्ठ २९ गते, बिहीबार

‘एयर इन्डिया’को विमान दुर्घटना

२०८२ जेष्ठ २९ गते, बिहीबार

आजको मौसमः केही स्थानमा भारी वर्षा हुने

२०८२ जेष्ठ २९ गते, बिहीबार

विद्यार्थीलाई कपाल काट्ने तालिम

२०८२ जेष्ठ २९ गते, बिहीबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal