प्रेस चौतारी चितवनले सुरु गर्यो पत्रकार सुत्केरीलाई पोषण कार्यक्रम
चितवन,१४ मनघ- प्रेस चौतारी नेपाल चितवन शाखाले पत्रकार सुत्केरी पोषण कार्यक्रम सुरु गर्ने निर्णय गरेको छ । शाखाले चितवनमा रहेका प्रेस चौतारीका सदस्यका सन्तानको जन्म हुँदा सुत्केरी आमाको पोषणमा सहयोग गर्ने उद्देश्यले सुत्केरी पोषण कार्यक्रम सुरु गर्ने निर्णय गरेको हो ।
प्रेस चौतारी नेपाल चितवन शाखाका अध्यक्ष सुवास पण्डितका अनुसार प्रेस चौतारी चितवनका सदस्य महिला वा पुरुष जसको सन्तानको जन्म भएपनि पाँच हजार रुपियाँ बराबरको सुत्केरी पोषण भत्ता दिनेगरि कार्यक्रम ल्याइएको हो ।
उक्त कार्यक्रम प्रेस चौतारी चितवनका सदस्यहरुले आफ्नाे जन्मोत्सव तथा अन्य उत्सवमा सहयोग गरेर स्थापना गरिएको पत्रकार कल्याणकारी कोषकाे आर्जित ब्याजबाट प्रदान गरिने पनि अध्यक्ष पण्डितले जानकारी दिनुभयाे । उहाँका अनुसार यहि महिनाबाट सुत्केरी पोषण कार्यक्रम सञ्चालनमा आउने छ । चौतारीले कोषको उपयोग गर्ने कार्यविधि नै निर्माण गरेर पोषण कार्यक्रमको सुरुआत गर्ने निर्णय गरेको हो ।
प्रेस चौतारी चितवनको आइतबार बसेको बैठकले निर्णय गरि कार्यान्वयनमा ल्याउन लागेको सुत्केरी पोषण कार्यक्रमले आफ्ना सदस्यलाई सुखमा पनि चौतारी सँगसँगै छ भन्ने महसुस गराउन सहयोग गर्ने उद्देश्य लिइएको पण्डितले जानकारी दिनुभयाे ।
ताजा
सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक दाहाल सेवाबाट बर्खास्त
२०८३ आश्विन २३ गते, शुक्रबार
सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक दाहाल सेवाबाट बर्खास्त
२०८३ आश्विन २३ गते, शुक्रबार
प्रहरी दिवसको अवसरमा स्याङ्जामा२२ जनाले गरे रक्तदान
२०८३ आश्विन २३ गते, शुक्रबार
पोखरामा स्कुल बस दुर्घटना हुदा ५ जनाकाे मृत्यु
२०८३ आश्विन २३ गते, शुक्रबार
विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. उपाध्यायलाई दशौं मानार्थ विद्यावारिधि
२०८३ आश्विन २२ गते, बिहीबार
काँग्रेसको १५औँ महाधिवेशनः बिहीबार बिहान १० बजेदेखि मतदान
२०८३ आश्विन २१ गते, बुधबार
वालिङमा बजार अनुगमन : २६ हजार बढीका म्याद गुज्रेका खाद्यवस्तु नष्ट
२०८३ आश्विन २१ गते, बुधबार
पुतलीबजारमा बजार अनुगमन
२०८३ आश्विन २० गते, मंगलवार
नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी
२०८३ आश्विन १८ गते, आईतवार
“अन्तरिक्षको आँगन”काे गृह विमोचन
२०८३ आश्विन १७ गते, शनिबार





















