जनप्रिय आधारभूत विद्यालय वालिङ १२काे स्वर्ण महाेत्सवकाे तयारी तीव्र
वालिङ,११ माघ- वालिङ नगरपालिका वडा नम्बर १२ धनमुडामा रहेकाे जनप्रिय आधारभूत विद्यालयले यहि माघ २१र २२ गते विविध कार्यक्रमकाे आयाेजना गरि स्वर्ण महाेत्सव गर्ने भएकाे छ। विद्यालय स्थापना भएकाे ५० वर्ष पुगेकाे अवसरमा स्वर्ण महाेत्सवकाे आयाेजना गरि स्थापना दिवश मनाउन लागिएकाे हाे।
स्वर्ण महाेत्सव सम्पन्न गर्नकाे लागि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टिकाराम पराजुलीकाे संयाेजकत्वमा २०१ सदसिय संवरण महाेत्सव मूल समाराेह समिति गठन गरिएकाे छ। भने अन्य विभिन्न उपसमितिहरु आर्थिक उपसमिति,भूपुविद्यार्थी एवं विदेश समन्वय समिति, स्तम्व निर्माण, स्मारिका प्रकाशन, स्वयंसेवक, प्रचारप्रसार लगायतका समिति गठन गरि तयारीकाे कामलाई तीव्र पारिएकाे छ।
स्वर्ण महाेत्सवलाई सफल बनाउन आ-आफ्नाे ठाँउबाट सहयाेग गर्न व्यवस्थापन समितिका अध्यक्ष एवं मूलसमाराेह समितिका संयाेजक टिकाराम पराजुलीले सम्पूर्ण अभिभावक एवं शिक्षा प्रेमी समाजसेवी सबैलाई आग्रह गर्नुभएकाे छ।
विभिन्न उपसमितिहरुकाे बैठक वसि तयारीकाे कामलाई तीव्र पारिएकाे विद्यालयका प्रधानाध्यापक खगिसरा गाैडेलले जानकारी दिनुभयाे।
स्वर्ण महाेत्सवकाे अवसरमा सांस्कृतिक कार्यक्रम,अभिभावक खेल, गतवर्षको पुरस्कार वितरण, विद्यालयको आयोजना र भूपू विद्यार्थी मञ्च को व्यवस्थापनमा नगरस्तरीय अन्तरविद्यालय हाजिरी जवाफ प्रतियोगिता ,भूपू शिक्षक, जग्गादाता र संस्थापकहरूलाई सम्मान गर्ने लगायतका कार्यक्रमहरु रहेकाे विद्यालयले जनाएकाे छ।
स्वर्ण महाेत्सव महाेत्सव सम्बन्धि सूचनाकाे अडियाे यहाँ तल क्लिक गरेर सुन्न सक्नुहुन्छ।
ताजा
स्याङ्जाका मीनप्रसाद गुरुङ सहित दस जना एमाले केन्द्रीय कमिटी सदस्यमा मनाेनीत
२०८३ आश्विन २४ गते, शनिबार
स्याङ्जाका मीनप्रसाद गुरुङ सहित दस जना एमाले केन्द्रीय कमिटी सदस्यमा मनाेनीत
२०८३ आश्विन २४ गते, शनिबार
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
२०८३ आश्विन २४ गते, शनिबार
सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक दाहाल सेवाबाट बर्खास्त
२०८३ आश्विन २३ गते, शुक्रबार
प्रहरी दिवसको अवसरमा स्याङ्जामा२२ जनाले गरे रक्तदान
२०८३ आश्विन २३ गते, शुक्रबार
पोखरामा स्कुल बस दुर्घटना हुदा ५ जनाकाे मृत्यु
२०८३ आश्विन २३ गते, शुक्रबार
विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. उपाध्यायलाई दशौं मानार्थ विद्यावारिधि
२०८३ आश्विन २२ गते, बिहीबार
काँग्रेसको १५औँ महाधिवेशनः बिहीबार बिहान १० बजेदेखि मतदान
२०८३ आश्विन २१ गते, बुधबार
वालिङमा बजार अनुगमन : २६ हजार बढीका म्याद गुज्रेका खाद्यवस्तु नष्ट
२०८३ आश्विन २१ गते, बुधबार
पुतलीबजारमा बजार अनुगमन
२०८३ आश्विन २० गते, मंगलवार





















