वालिङमा प्रशासनको सेवा प्रवाह सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

वालिङ,१० माघ– जिल्ला प्रशासन कार्यालय स्याङ्जाको आयोजना र वालिङ नगरपालिकाको व्यवस्थापन वालिङमा कार्यालयको सेवा प्रवाह सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा शान्ति सुरक्षा, अपराध, लागुऔषध दुरुपयोग नियन्त्रण र सरकारी कार्यालयहरुबाट प्रवाह गरिने सेवाहरुको बारेमा अन्तरक्रिया गरिएको हो ।
कार्यक्रममा वालिङ नगरप्रमुख कृष्ण खांँणले स्थानीय तहमा शान्ति सुरक्षा कायम गर्न नागरिकलाई सुरक्षित महशुस गराउनका लागि प्रशासन, प्रहरी र स्थानीय तहको समन्वय हुनुपर्नेमा जोड दिनुभयो । साथै प्रमुख खांँणले नागरिकलाई सुरक्षित बनाउन नगरले कुनै कसर बाँकी नराख्ने भन्दै प्रशासन र प्रहरीसंँग समन्वय गरेर काम गरिरहेको बताउनुभयो
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जिल्लाको शान्ति सुरक्षाको लागि प्रशासनको तर्फबाट सकेसम्म प्रभावकारी रुपमा काम गरिरहेको बताउदै यसको लागि नागरिकहरु समेत सचेत हुनुपर्ने बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी नेपालले सकेसम्म नागरिकलाई सहजरुपमा सेवा प्रवाह गर्न आफुहरु लागि परिरहेको समेत बताउनुभयो । कानूनी ज्ञानको बारेमा जानकारीको कमीले गर्दा नागरिकले समस्या झेल्नुपरेको बताउदै यसका बारेमा जानकारी गराउन तर्फ जनप्रतिनिधिहरुले समेत सहजिकरण गर्न आवश्यक रहेको प्रजिअ नेपालको भनाइ थियो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक हरिप्रसाद पौडेलले अपराध नियन्त्रणका लागि प्रहरी सक्रियभएर लागेको बताउदै समाजमा घटने घटनाहरुका बारेमा समयमै प्रहरीलाई खबर गरेर सहयोग गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा जनप्रनिधि, विद्यालयका प्रअ, वडा सचिव, पत्रकार, उद्योगी व्यापारी, राजनीतिक दललगायतको सहभागिता रहेको थियो ।
ताजा

रास्वपा नेता द्वाेय आले र नेपाल माथि वालिङमा आक्रमण
२०८२ असार ३ गते, मंगलवार
रास्वपा नेता द्वाेय आले र नेपाल माथि वालिङमा आक्रमण
२०८२ असार ३ गते, मंगलवार
वालिङमा ब्युटिसियनको सिप विकासका लागि नेल आर्ट तालिम
२०८२ असार ३ गते, मंगलवार
गण्डकी प्रदेशकाे बजेट ३१ अरब ९७ कराेड
२०८२ असार ३ गते, मंगलवार
सुन्दरबजारमा आगलागी, दुईतले घर जलेर नष्ट
२०८२ जेष्ठ ३१ गते, शनिबार
वालिङ बहुमुखी क्याम्पसमा एक महिने फेसन डिजाइन तालिम
२०८२ जेष्ठ ३० गते, शुक्रबार
वालिङमा सुनाैलाे हजार दिनका आमालाई पाेसिलाे झाेला
२०८२ जेष्ठ २९ गते, बिहीबार
नवग्रह मन्दिरमा भागवत वाचिका राधिका दासीद्वारा दर्शन
२०८२ जेष्ठ २९ गते, बिहीबार
‘एयर इन्डिया’को विमान दुर्घटना
२०८२ जेष्ठ २९ गते, बिहीबार
आजको मौसमः केही स्थानमा भारी वर्षा हुने
२०८२ जेष्ठ २९ गते, बिहीबार