विरुवा गाउँपालिकामा जनतासँग जनप्रतिनिधी, जेष्ठ नागरिकलाई सम्मानमा

वालिङ,१माघ- विरुवा गाउँपालिकाले जनतासँग जनप्रतिनिधी तथा जेष्ठ नागरिक सम्मान कार्यक्रम गरेको छ । गाउँपालिकाले जनतासँग जनप्रतिनिधी तथा जेष्ठ नागरिक सम्मान कार्यक्रमका लागि भनेर आर्थिक वर्ष २०८१÷०८२ का लागि ५ लाख विनियोजन गरेको थियो । यस अन्तर्गत पालिकाका वडाहरुमा जेष्ठ नागरिक सम्मान कार्यक्रम सञ्चालनमा ल्याइएको हो ।

यसैबीच ६ नम्वर वडाको चिन्नेबासमा ८० वर्षमाथिका जेष्ठ नागरिकहरुलाई न्यानो कपडा (ब्लाङ्केट) वितरण गरिएको छ । यो वडामा रहेका ४५ जना जेष्ठ नागरिकहरुलाई न्यानो कपडा (ब्लाङ्केट) वितरण गरिएको हो । यसअघि ७ र ८ नम्वर वडाका ५८ जनालाई सम्मान स्वरुप न्यानो कपडा वितरण गरिसकिएको गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर कुँवरले जानकारी गराउनुभयो । अध्यक्ष कुँवरका अनुसार ६ नम्वर वडाकोसमेत गरी १ सय ३ जना जेष्ठ नागरिकहरुलाई ब्लाङ्केट वितरण गर्ने कार्य सम्पन्न गरिसकिएको छ । अब बाँकि रहेका १ देखि ५ नम्वर वडाहरुमा पनि छिट्टै वितरण गरिने छ । पालिकाका ८ वटै वडामा रहनुभएका कूल ३ सय ६१ जना जेष्ठ नागरिकहरुलाई सम्मान स्वरुप न्यानो कपडा (ब्लाङ्केट) वितरण गरिने अध्यक्ष कुँवरले बताउनुभयो । जेष्ठ नागरिकहरु जिउँदो इतिहास भएको र सामाजिक विकासमा वहाँहरुको मार्गदर्शन एवम् आशिर्वादले हामीलाई काम गर्ने हौसला प्रदान गर्ने विश्वासकासाथ सम्मान कार्यक्रमलाई प्राथमिकता दिइएको अध्यक्ष कुँवरको भनाई छ । 

ताजा

लागूऔषधसहित वालिङमा एकजना पक्राउ

२०८१ फाल्गुन १ गते, बिहीबार

लागूऔषधसहित वालिङमा एकजना पक्राउ

२०८१ फाल्गुन १ गते, बिहीबार

स्याङ्जाका तीन गाउँपालिका गण्डकी प्रदेशमै उत्कृष्ट

२०८१ फाल्गुन १ गते, बिहीबार

इमेज सहकारी बचतकर्ताको चार करोड रकम फिर्ता

२०८१ माघ ३० गते, बुधबार

पन्यूले विद्यार्थीको गाला डाम्ने शिक्षिका पक्राउ

२०८१ माघ ३० गते, बुधबार

गुरुङ र मगर कामकाजको भाषाः कार्यान्वयनमा चुनौती र अपरिहार्यता

२०८१ माघ ३० गते, बुधबार

राष्ट्रियसभाबाट मिडिया काउन्सिल विधेयक पारित

२०८१ माघ २८ गते, सोमबार

शैक्षिक सुधारका लागि वालिङ नगरपालिकाद्वारा राजधानीमा अन्तरक्रिया

२०८१ माघ २८ गते, सोमबार

कास्की कारागारमा पानीको समस्या

२०८१ माघ २८ गते, सोमबार

चापाकाेटमा एक वृद्ध मृत अवस्थामा फेला

२०८१ माघ २८ गते, सोमबार

वालिङमा माेटरसाइकल दुर्घटना हुँदा युवककाे मृत्यु

२०८१ माघ २८ गते, सोमबार

2022 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal