प्रेस सेन्टर स्याङ्जाको अधिवेशन सम्पन्न, अध्यक्षमा केपी खनाल

स्याङ्जा,२९ पुस– प्रेस सेन्टर नेपाल स्याङ्जाको छैठौँ अधिवेसन तथा साधारणसभा सम्पन्न भएको छ । आइतबार पुतलीबजारमा सम्पन्न भएको अधिवेशनले खेमप्रसाद खनाल (केपी)को अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मतले चयन गरेको छ । यसै गरी शाखाको उपाध्यक्षमा कामना सुनार, सचिवमा शालिकराम पोख्रेल, सहसचिवमा सपना अर्याल र इन्दिरा फुङ्जाली, कोषाध्यक्षमा तारा कुमार परियारलाई चयन गरेको छ ।
यस्तै सदस्यहरुमा उदयराज भण्डारी, कृति लम्साल, तुलसी पोख्रेल, शेर बहादुर थापा र इशिका गहतराज चयन भएका रहनुभएको छ । सेन्टरका अनुसार तीन सदस्य पछि थप गरिने छ ।
अधिवेशनमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा स्याङ्जा जिल्ला इन्चार्ज शैलेन्द्र घिमिरेले नवनिर्वाचित समितिलाई बधाई तथा शुभकामना दिदै निरन्तर उत्पीडित र सर्वहारावर्गको पक्षमा कलम चलाउन सुझाव दिनुभयो ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका स्याङ्जा संयोजक लोकेन्द्र थापा मगर, प्रेस सेन्टर गण्डकी प्रदेश अध्यक्ष अर्जुन काफ्ले, प्रेस सेन्टर केन्द्रीय सदस्य प्रतीक्षा काफ्ले, सेन्टर स्याङ्जाका निवर्तमान अध्यक्ष नारायण विश्वकर्मा लगायतले आवाज विहिनको आवाज बनेर पत्रकारिता गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
ताजा

test
२०८२ जेष्ठ ५ गते, सोमबार
test
२०८२ जेष्ठ ५ गते, सोमबार
प्रधानमन्त्रीद्वारा राष्ट्रिय पत्रकारिता दिवसको शुभकामना
२०८२ बैशाख २४ गते, बुधबार
धर्मले समाजलाई अनुशासित बनाउँछ: पूर्व मन्त्री अर्याल
२०८२ बैशाख २३ गते, मंगलवार
पूर्वमन्त्री प्रदीप नेपालको निधन
२०८२ बैशाख २३ गते, मंगलवार
‘सरकारले यथाशीघ्र प्राङ्गारिक र जैविक मलको व्यवस्था गर्नेछ’
२०८२ बैशाख २१ गते, आईतवार
प्रधानमन्त्रीसमक्ष राज्यमन्त्री गर्बुजाको सपथ
२०८२ बैशाख २१ गते, आईतवार
चालिसेमा महायज्ञ हुने
२०८२ बैशाख २० गते, शनिबार
विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा वालिङमा स्वास्थ्य शिविर
२०८२ बैशाख २० गते, शनिबार
विश्व प्रेस स्वतन्त्रता दिवस २०२५ को महत्व र नारा
२०८२ बैशाख २० गते, शनिबार