प्रेस सेन्टर स्याङ्जाको अधिवेशन सम्पन्न, अध्यक्षमा केपी खनाल
स्याङ्जा,२९ पुस– प्रेस सेन्टर नेपाल स्याङ्जाको छैठौँ अधिवेसन तथा साधारणसभा सम्पन्न भएको छ । आइतबार पुतलीबजारमा सम्पन्न भएको अधिवेशनले खेमप्रसाद खनाल (केपी)को अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मतले चयन गरेको छ । यसै गरी शाखाको उपाध्यक्षमा कामना सुनार, सचिवमा शालिकराम पोख्रेल, सहसचिवमा सपना अर्याल र इन्दिरा फुङ्जाली, कोषाध्यक्षमा तारा कुमार परियारलाई चयन गरेको छ ।
यस्तै सदस्यहरुमा उदयराज भण्डारी, कृति लम्साल, तुलसी पोख्रेल, शेर बहादुर थापा र इशिका गहतराज चयन भएका रहनुभएको छ । सेन्टरका अनुसार तीन सदस्य पछि थप गरिने छ ।
अधिवेशनमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा स्याङ्जा जिल्ला इन्चार्ज शैलेन्द्र घिमिरेले नवनिर्वाचित समितिलाई बधाई तथा शुभकामना दिदै निरन्तर उत्पीडित र सर्वहारावर्गको पक्षमा कलम चलाउन सुझाव दिनुभयो ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका स्याङ्जा संयोजक लोकेन्द्र थापा मगर, प्रेस सेन्टर गण्डकी प्रदेश अध्यक्ष अर्जुन काफ्ले, प्रेस सेन्टर केन्द्रीय सदस्य प्रतीक्षा काफ्ले, सेन्टर स्याङ्जाका निवर्तमान अध्यक्ष नारायण विश्वकर्मा लगायतले आवाज विहिनको आवाज बनेर पत्रकारिता गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
ताजा
स्याङ्जामा साधु मृत फेला
२०८३ भाद्र २२ गते, सोमबार
स्याङ्जामा साधु मृत फेला
२०८३ भाद्र २२ गते, सोमबार
स्याङ्जामा भाेटेकाेशी बाढीमा परि सम्पर्कविहीन भएका परिवारकाे डीएनए नमुना सङ्कलन
२०८३ भाद्र २२ गते, सोमबार
नेकपा एमाले वालिङ नगर कमिटीद्वारा पूर्व जनप्रतिनिधि एवं उम्मेदवारलाई सम्मान
२०८३ भाद्र २१ गते, आईतवार
स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु
२०८३ भाद्र १९ गते, शुक्रबार
चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ
२०८३ भाद्र १७ गते, बुधबार
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै
२०८३ भाद्र १५ गते, सोमबार
‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव
२०८३ भाद्र १५ गते, सोमबार
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार





















