युवालाई विदेसिनबाट रोक्नुपर्छः पूर्व मन्त्री श्रेष्ठ

वालिङ,९ पुस- नेपाल सरकारका पूर्व उपप्रधान मन्त्री एवं नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले युवाहरुलाई विदेसिनबाट रोकनुपर्ने बताउनुभएको छ । अहिले १२ कक्षा पढेपछि युवाहरुमा विदेश जाने सोंचको विकास बढ्दै गएको बताउदै यस्तै अवस्ता रहेमा देश युवा विहिन हुने बताउनुभयो ।
वालिङ नगरपालिका १० फूलबारीमा रहेको पूर्णामृत भवानी माध्यमिक विद्यायलयको ६२ औं वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रममा शोमबार बोल्दै नेता श्रेष्ठले विद्यालयको प्रसस्त जमिन भएको र यसको उपयोग गरेर प्राविधिक शिक्षामा लाग्न समेत आग्रह गर्नुभयो ।

पूर्व मन्त्री श्रेष्ठले भन्नुभयो, “ पूर्णामृत भवानी माविको प्रसस्त जमिन छ, त्यसको उपयोग गर्न आवश्यक छ । विद्यालयले भएको जमिन भाडामा दिनुभन्दा प्राविधिक शिक्षा सञ्चालन गरेर विद्यार्थीलाई कर्मयोगी बनाउनुपर्छ । यसले विद्यार्थीलाई दक्ष बनाउँछ ।”


कार्यक्रममा विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद अर्यालले विद्यालयको वार्षिक प्रगति तथा भावी योजना प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा विद्यार्थीहरुले नृत्य तथा खेल र विज्ञान प्रदर्शनीका साथै अतिरिक्त क्रियाकलापमा उत्कृष्ट हुने विद्यार्थीहरु, विद्यालयमा स्थापना गरिएको विभिन्न अक्षयकोषबाट छात्रवृत्ति एवं उत्कृष्ट शिक्षक तथा कर्मचारीहरुलाई सम्मान गरिएको थियो ।

ताजा

test
२०८२ जेष्ठ ५ गते, सोमबार
test
२०८२ जेष्ठ ५ गते, सोमबार
प्रधानमन्त्रीद्वारा राष्ट्रिय पत्रकारिता दिवसको शुभकामना
२०८२ बैशाख २४ गते, बुधबार
धर्मले समाजलाई अनुशासित बनाउँछ: पूर्व मन्त्री अर्याल
२०८२ बैशाख २३ गते, मंगलवार
पूर्वमन्त्री प्रदीप नेपालको निधन
२०८२ बैशाख २३ गते, मंगलवार
‘सरकारले यथाशीघ्र प्राङ्गारिक र जैविक मलको व्यवस्था गर्नेछ’
२०८२ बैशाख २१ गते, आईतवार
प्रधानमन्त्रीसमक्ष राज्यमन्त्री गर्बुजाको सपथ
२०८२ बैशाख २१ गते, आईतवार
चालिसेमा महायज्ञ हुने
२०८२ बैशाख २० गते, शनिबार
विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा वालिङमा स्वास्थ्य शिविर
२०८२ बैशाख २० गते, शनिबार
विश्व प्रेस स्वतन्त्रता दिवस २०२५ को महत्व र नारा
२०८२ बैशाख २० गते, शनिबार