रुद्राक्षबाट बिभिन्न सामग्री बनाएर निशुल्क वितरण गर्दै कँडेल
कला राना
वालिङ,२१ मङ्सिर– वालिङ ८ कँडेल गाउँका देविप्रसाद कँडेलको घरको दोस्रो तलामा रहेको एउटा कोठा पुरै रुद्राक्षले भरिएको छ ।
कोठामा संकलन गरेर राखिएका रुद्राक्षबाट माला, शिवलिङ्ग, मुकुटको निर्माण गरेर नै कँडेलको दैनिकी बित्ने गर्दछ । उहाँले निर्माण गरेका सामग्रीहरु विभिन्न तिर्थस्थलहरुमा पुगिसकेका छन् । जेटिए पेशामा रहेर काम गर्दै आउनुभएका कँडेलले आफ्नो अवकाश पछिको समय रुद्राक्षमै समर्पित गर्नुभएको छ ।
६७ वर्षीय कँडेलले रुद्राक्षका दाना संकलन गरेर घरमा ल्याउने, बोक्रा छुट्याउने, सफागर्ने, सुकाउने, रुद्राक्षमा प्वाल पर्ने र तामाको तारमा उनेर बिभिन्न प्रकारका माला सँगै शिवलिङ्ग र मुकुट निर्माण कार्यमा लागेर आफ्नो समयलाई ब्यत्ति गर्दै आउनुभएको छ ।
२०७१ सालमा जागिरबाट अवकाश लिनुभएका कँडेलले २०५४ सालबाट नै रुद्राक्षका मालाहरु बनाउन थाल्नुभएको हो । कँडेलले भन्नुभयो,“म सानै हुँदा पनि रुद्राक्षका दानाहरु संकलन गर्ने, साधुसन्तहरुलाई दिने गर्थे ।” बिभिन्न तिर्थस्थलहरुमा जाँदा रुद्राक्षबाट मालासंगै शिवलिङ्ग र मुकुट पनि बनाउन सकिन्छ भन्ने भाव मनमा जाग्यो र अहिले यही कार्यमा लागेकोछु ।
मेरा आफन्तहरुले समेत मेरो यो कार्यलाई राम्रो मानेपछि मलाई यसमा लाग्न थप सहज भएको छ, कँडेलको भनाइ थियो ।
उहाँले निर्माण गरेको १०८ शिवलिङ्ग मोक्षधाममा राखिएको छ भने १०८ शिवलिङ्ग चितवनको गैँडाकोट कुलमन्दिरमा राख्नका लागि निर्माण गरिरहनुभएको छ । पहिला पहिला जस्तो माला, शिवलिङ्गको माग अहिने नभएको कँडेलले बताउनुभयो ।
अहिले धेरै स्थानहरुमा रुद्राक्षका बिरुवाहरुको विस्तार भएकाले पनि माग कम भएका कँडेलको बुझाइरहेको छ । भग्वान शिवप्रति समर्पित हुँदै अबको बाँकी जिवन पनि रुद्राक्षका मालाहरु नै बनाउने बिताउने उहाँको सोँच छ । रुद्राक्षको माला ५४, १०८ को बनाइन्छ भने शिवलिङ्गमा झण्डै ३०४ सम्म दानाको प्रयोग गर्ने गरिन्छ भने मुकुटमा ५०४ सम्म दानाहरु प्रयोग गरेर बनाउने गरेको कँडेलले बताउनुभयो । रुद्राक्षबाट निर्माण गरिएका यी सामग्रीहरुको विक्रि गरेर पैसा लिने कँडेलको कुनै इच्छा नभएको र आफुले भग्वानको नाममा यो सबै कार्य गरेको उहाँले बताउनुभयो ।
रुद्राक्ष, जसले मानसिक शान्ति कायम राख्नुका साथै, हृदय रोग, नसा रोगमा फाइदा भएकाले यसको आफ्नै आयुर्वेदिक महत्व छ । रुद्राक्षले शरीरमा हुने विद्युतीय तथा चुम्बकीय क्षेत्रको सन्तुलन गराउँने र शरीरमा रगतको सञ्चार राम्ररी हुन पाउँछ भन्ने वैज्ञानिक महत्व रहेकाले रुद्राक्षले बाहिरी नकारात्मक विकीरणहरुको प्रभाव रोकेर शरीरलाई रक्षा गर्ने काम गर्छ भन्ने मान्यता रहेको छ ।
ताजा
स्याङ्जाका मीनप्रसाद गुरुङ सहित दस जना एमाले केन्द्रीय कमिटी सदस्यमा मनाेनीत
२०८३ आश्विन २४ गते, शनिबार
स्याङ्जाका मीनप्रसाद गुरुङ सहित दस जना एमाले केन्द्रीय कमिटी सदस्यमा मनाेनीत
२०८३ आश्विन २४ गते, शनिबार
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
२०८३ आश्विन २४ गते, शनिबार
सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक दाहाल सेवाबाट बर्खास्त
२०८३ आश्विन २३ गते, शुक्रबार
प्रहरी दिवसको अवसरमा स्याङ्जामा२२ जनाले गरे रक्तदान
२०८३ आश्विन २३ गते, शुक्रबार
पोखरामा स्कुल बस दुर्घटना हुदा ५ जनाकाे मृत्यु
२०८३ आश्विन २३ गते, शुक्रबार
विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. उपाध्यायलाई दशौं मानार्थ विद्यावारिधि
२०८३ आश्विन २२ गते, बिहीबार
काँग्रेसको १५औँ महाधिवेशनः बिहीबार बिहान १० बजेदेखि मतदान
२०८३ आश्विन २१ गते, बुधबार
वालिङमा बजार अनुगमन : २६ हजार बढीका म्याद गुज्रेका खाद्यवस्तु नष्ट
२०८३ आश्विन २१ गते, बुधबार
पुतलीबजारमा बजार अनुगमन
२०८३ आश्विन २० गते, मंगलवार





















