रुद्राक्षबाट बिभिन्न सामग्री बनाएर निशुल्क वितरण गर्दै कँडेल

कला राना
वालिङ,२१ मङ्सिर– वालिङ ८ कँडेल गाउँका देविप्रसाद कँडेलको घरको दोस्रो तलामा रहेको एउटा कोठा पुरै रुद्राक्षले भरिएको छ ।
कोठामा संकलन गरेर राखिएका रुद्राक्षबाट माला, शिवलिङ्ग, मुकुटको निर्माण गरेर नै कँडेलको दैनिकी बित्ने गर्दछ । उहाँले निर्माण गरेका सामग्रीहरु विभिन्न तिर्थस्थलहरुमा पुगिसकेका छन् । जेटिए पेशामा रहेर काम गर्दै आउनुभएका कँडेलले आफ्नो अवकाश पछिको समय रुद्राक्षमै समर्पित गर्नुभएको छ ।
६७ वर्षीय कँडेलले रुद्राक्षका दाना संकलन गरेर घरमा ल्याउने, बोक्रा छुट्याउने, सफागर्ने, सुकाउने, रुद्राक्षमा प्वाल पर्ने र तामाको तारमा उनेर बिभिन्न प्रकारका माला सँगै शिवलिङ्ग र मुकुट निर्माण कार्यमा लागेर आफ्नो समयलाई ब्यत्ति गर्दै आउनुभएको छ ।
२०७१ सालमा जागिरबाट अवकाश लिनुभएका कँडेलले २०५४ सालबाट नै रुद्राक्षका मालाहरु बनाउन थाल्नुभएको हो । कँडेलले भन्नुभयो,“म सानै हुँदा पनि रुद्राक्षका दानाहरु संकलन गर्ने, साधुसन्तहरुलाई दिने गर्थे ।” बिभिन्न तिर्थस्थलहरुमा जाँदा रुद्राक्षबाट मालासंगै शिवलिङ्ग र मुकुट पनि बनाउन सकिन्छ भन्ने भाव मनमा जाग्यो र अहिले यही कार्यमा लागेकोछु ।
मेरा आफन्तहरुले समेत मेरो यो कार्यलाई राम्रो मानेपछि मलाई यसमा लाग्न थप सहज भएको छ, कँडेलको भनाइ थियो ।
उहाँले निर्माण गरेको १०८ शिवलिङ्ग मोक्षधाममा राखिएको छ भने १०८ शिवलिङ्ग चितवनको गैँडाकोट कुलमन्दिरमा राख्नका लागि निर्माण गरिरहनुभएको छ । पहिला पहिला जस्तो माला, शिवलिङ्गको माग अहिने नभएको कँडेलले बताउनुभयो ।
अहिले धेरै स्थानहरुमा रुद्राक्षका बिरुवाहरुको विस्तार भएकाले पनि माग कम भएका कँडेलको बुझाइरहेको छ । भग्वान शिवप्रति समर्पित हुँदै अबको बाँकी जिवन पनि रुद्राक्षका मालाहरु नै बनाउने बिताउने उहाँको सोँच छ । रुद्राक्षको माला ५४, १०८ को बनाइन्छ भने शिवलिङ्गमा झण्डै ३०४ सम्म दानाको प्रयोग गर्ने गरिन्छ भने मुकुटमा ५०४ सम्म दानाहरु प्रयोग गरेर बनाउने गरेको कँडेलले बताउनुभयो । रुद्राक्षबाट निर्माण गरिएका यी सामग्रीहरुको विक्रि गरेर पैसा लिने कँडेलको कुनै इच्छा नभएको र आफुले भग्वानको नाममा यो सबै कार्य गरेको उहाँले बताउनुभयो ।
रुद्राक्ष, जसले मानसिक शान्ति कायम राख्नुका साथै, हृदय रोग, नसा रोगमा फाइदा भएकाले यसको आफ्नै आयुर्वेदिक महत्व छ । रुद्राक्षले शरीरमा हुने विद्युतीय तथा चुम्बकीय क्षेत्रको सन्तुलन गराउँने र शरीरमा रगतको सञ्चार राम्ररी हुन पाउँछ भन्ने वैज्ञानिक महत्व रहेकाले रुद्राक्षले बाहिरी नकारात्मक विकीरणहरुको प्रभाव रोकेर शरीरलाई रक्षा गर्ने काम गर्छ भन्ने मान्यता रहेको छ ।
ताजा

स्याङ्जामा ७९ प्रतिशत बजेट खर्च
२०८२ असार २७ गते, शुक्रबार
स्याङ्जामा ७९ प्रतिशत बजेट खर्च
२०८२ असार २७ गते, शुक्रबार
बुद्धको प्रतिमा र राताम्मे पहाड
२०८२ असार २५ गते, बुधबार
स्याङ्जाका चार उत्कृष्ट कृषक सम्मानित
२०८२ असार २५ गते, बुधबार
मुस्ताङमा दुई पक्कि पुल सहि छ पुलमा क्षती
२०८२ असार २४ गते, मंगलवार
बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगायो, ठुलो जनधनको क्षति भएको आशङ्का
२०८२ असार २४ गते, मंगलवार
कालीगण्डकीमा व्यावसायिक अकबरे खुर्सानीखेती
२०८२ असार २० गते, शुक्रबार
मेची महाकाली मिडिया साेसाइटी द्वारा आयाेजित जलवायु संवाद
२०८२ असार २० गते, शुक्रबार
भीरकोटमा उत्कृष्ट कृषक सम्मानित
२०८२ असार १९ गते, बिहीबार
विश्वकै ठुलो शालिग्राम शिला एक महिनादेखि डुबानमा
२०८२ असार १९ गते, बिहीबार