आशा लाग्दो शिक्षा बनाउने गृहकार्यमा छौँ : शिक्षामन्त्री भट्टराई

पोखरा,२० मङ्सिर- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले सरकार आशा र भरोसा लाग्दो शिक्षा बनाउने गृहकार्यमा  सक्रिय रहेको बताउनुभएको छ।

पोखरा महानगरपालिका वडा न १ स्थित राष्ट्रिय माध्यमिक विद्यालयको हीरक जयन्ती समापन समारोहलाई सम्बोधन गर्नुहुँदै मन्त्री भट्टराईले यस्तो बताउनुभएको हो।

शिक्षा क्षेत्रमा देखिएका केही विकृतिका कारण व्याप्त निराशा अन्त्य गर्दै थप प्रभावकारी शिक्षाका लागि निरन्तर प्रयत्नशील रहेको उहाँको भनाइ छ।

मन्त्री भट्टराईले नयाँ शिक्षा ऐनको निर्माण र त्यसको प्रभावकारी कार्यान्वयनमार्फत सबै खाले बेतिथिको अन्त्य हुने दाबी गर्नुभयो ।

शिक्षा क्षेत्रमा गर्नुपर्ने धेरै कामका बिचमा नेपालको शिक्षाप्रति विश्वास  जगाउनेतर्फ लार्नुपर्ने भन्दै उहाँले गुणस्तरीय शिक्षाको सुरुवात गुणस्तरीय शिक्षकबाट भएकाले शिक्षकको क्षमता वृद्धिका काममा विशेष ध्यान दिनु जरुरी भएको बताउनुभयो।

‘‘विद्यालय शिक्षा समग्र शिक्षाको जग र राष्ट्र निर्माणको महत्त्वपूर्ण आधार हो।समृद्ध, जीवन उपयोगी शिक्षाका निम्ति सबै क्षेत्र, वर्ग र समुदायको सहयोग जरुरी छ ।’’

व्यावसायिक शिक्षामार्फत नै गुणस्तरीय जीवनयापनको महत्त्वपूर्ण आधार खडा हुने सर्वस्वीकार्य विषयलाई प्राथमिकताका साथ अगाडि बढाउने भन्दै उहाँले अहिलेसम्म देखिएका कमजोरीको पहिचान र निराकरणका लागि  मन्त्रालय योजनाबद्ध ढङ्गले अगाडि बढेको प्रष्ट पर्नुभयो।

राष्ट्रिय माध्यमिक विद्यालयको हीरक जयन्तीका अवसरमा  शिक्षा क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउने शिक्षक र विद्यार्थीलाई मन्त्री भट्टराईले सम्मान गर्नुभएको छ।

ताजा

पुतलीबजारमा बजार अनुगमन

२०८३ आश्विन २० गते, मंगलवार

पुतलीबजारमा बजार अनुगमन

२०८३ आश्विन २० गते, मंगलवार

नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी

२०८३ आश्विन १८ गते, आईतवार

“अन्तरिक्षको आँगन”काे गृह विमोचन

२०८३ आश्विन १७ गते, शनिबार

जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र  ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

२०८३ आश्विन १२ गते, सोमबार

भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते

२०८३ आश्विन ८ गते, बिहीबार

विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग

२०८३ आश्विन ७ गते, बुधबार

अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना

२०८३ आश्विन ७ गते, बुधबार

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग

२०८३ आश्विन ५ गते, सोमबार

भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो

२०८३ आश्विन ४ गते, आईतवार

रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार

२०८३ आश्विन ४ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal