रेडियो आँधीखोलाद्वारा सञ्चालित २ दिने तालिम सम्पन्न

वालिङ,७ मङ्सिर- रेडियो आँधीखोलाद्वारा सञ्चालित २ दिने पत्रकारिता तथा उद्घोषण तालिम सम्पन्न भएको छ ।
आँधीखोला सञ्चार सहकारी संस्थाद्वारा संचालित रेडियो आँधीखोला १८ औं वर्षमा प्रवेश गरेको अवसरमा सञ्चालित दुई दिने आधारभूत पत्रकारिता तथा उद्घोषण तालिम शुक्रबार सम्पन्न भएको गरिएको हो ।
तालिमको समापन कार्यक्रममा बोल्दै रेडियोका पुर्व अध्यक्ष धु्रवप्रसाद शर्मा पंगेनीले २०६२/०६३ को जनआन्दोलन पश्चात स्याङ्जामा पहिलो संचार संस्थाको रुपमा स्थापित भई निरन्तर समाजलाई सुसूचि गर्दै आइरहेको बताउनुभयो ।
पुर्व अध्यक्ष पंगेनीले भन्नुभयो, “देशको प्रमुख आन्दोलन होस या मुलुक परिर्वतनका लागि होस सञ्चार जगतको भुमिका अतुलनिय छ । देशमा शुसाशसन स्थापित गर्नका लागि सञ्चारले महत्वपूणर् भुमिका खेलेको छ ।” रेडियो स्थापनाकालमा निकै आरोह अवरोहका साथ अगाडि बढेको संस्था अहिलेसम्म निरन्तर समाजमा आँफूलाई शसक्त सञ्चार माध्यमको रुपमा स्थापना गरेको भन्दै बढ्दो प्रविधिको विकास साथमा रेडियोको महत्व अझै बढ्दै गएको उहाँले बताउनुभयो ।
रेडियो आँधीखोला स्थापना पछि जिल्लामा अन्य धेरै सञ्चार माध्यमहरु सञ्चालन भएपनि केहिले निरन्तरता दिन सकेको र केहि विस्तापित पनि भईरहेको सन्र्दभमा आँधीखोला रेडियो यहाँसम्म आईपुग्नु निकै गौरवको विषय भएको उहाँले बताउनुभयो ।
दुई दिनसम्म संचालित तालिममा रेडियोका अध्यक्ष शान्ता थापा, सचिव हिमलाल पराजुली, प्रबन्धक तोलाकान्त बगाले र समाचार प्रमुख कला रानाले सहजीकरण गर्नुभएको थियो । २५ जनाको सहभागिता रहेको तालिममा आधारभुत पत्रकारिता र उद्दघोषण गर्ने विषयमा सिकाईएको थियो ।
२०६३ सालमा स्थापना भई २०६४ साल मंसिर ६ गतेदेखी प्रसारण शुरु गरेको आँधीखोला वालिङ ८ घ्याङ्लिङमा रहेको छ ।
१८औं वार्षिकोत्सवका अवसरमा पत्रकारिता तथा उद्दघोषण तालिम, समसामियक विषयमा बहसलगायतका कार्यक्रम गरिएको थियो । रेडियो अहिले ५०० वाटबाट दैनिक १८ घण्टा प्रसारणमा रहेको छ ।

ताजा

स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि

२०८३ श्रावण ३० गते, शनिबार

स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि

२०८३ श्रावण ३० गते, शनिबार

खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे

२०८३ श्रावण २९ गते, शुक्रबार

पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत

२०८३ श्रावण २८ गते, बिहीबार

विश्व प्रेस काउन्सिलको आग्रह किशाेर श्रेष्ठलाई तत्काल रिहा गरियाेस

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण

२०८३ श्रावण २८ गते, बिहीबार

पाैडी खेल्ने क्रममा आँधिखाेलामा बेपत्ता भएका बस्नेतकाे शव भेटियाे

२०८३ श्रावण २५ गते, सोमबार

जन्मदिनकाे अवशरमा अमोर सेवा बालगृहलाई फ्रिज सहयोग

२०८३ श्रावण २४ गते, आईतवार

कञ्चन पत्रकारिता पुरस्कारबाट पत्रकारद्वय सारु र जिटी सम्मानित

२०८३ श्रावण २१ गते, बिहीबार

बिरुवा गाउँपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न

२०८३ श्रावण २१ गते, बिहीबार

स्याङ्जामा सामाजिक सद्भाव र्‍याली

२०८३ श्रावण १७ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal