नारी स्रष्टा समाजद्वारा वर्ष पुस्तक पुरस्कार- २०८० ” मिलन समीर र मिलन समीरहरु ” लाई प्रदान गरिने
वालिङ,११ असाेज- नारी स्रष्टा समाजद्वारा हरेक वर्ष प्रदान गरिने प्रभुभक्त- छोरीनानी वर्ष पुस्तक पुरस्कार- २०८० पहिलोपटक सशक्त युवा कवि मिलन समीरको ” मिलन समीर र मिलन समीरहरु ” ( शृङ्खला कविताहरु- २०८० ) लाई प्रदान गर्ने निर्णय गरिएको छ ।
नारी स्रष्टा समाजका अध्यक्ष अग्रज साहित्यकार ममता मृदुलको अध्यक्षतामा असोज १० गते बिहीबार काठमाडौंमा बसेको नारी स्रष्टा समाजको बैठकमा गरिएको निर्णयअनुसार-
हरेक वर्ष नेपाली भाषामा देशैभरिबाट प्रकाशित भएका विभिन्न विधाकेन्द्रित उत्कृष्ट साहित्यिक पुस्तकहरुमध्येबाट सर्वोत्कृष्ट पुस्तक छनौट गरि प्रदान गरिने प्रभुभक्त-छोरीनानी वर्ष पुस्तक पुरस्कार- २०८० ” पहिलोपटक मिलन समीर र मिलन समीरहरू ” ( शृङ्खला कविताहरु- २०८० ) पुस्तकलाई प्रदान गर्ने निर्णय गरिएको हो ।
२०८० सालमा नेपाली भाषामा देशैभरिबाट प्रकाशित भएर नारी स्रष्टा समाजमा प्राप्त भएका उत्कृष्ट साहित्यिक पुस्तकहरुमध्येबाट सर्वोत्कृष्ट पुस्तकको रूपमा निर्णायक समितिद्वारा सर्वसम्मत रूपमा छनोट भएको ” मिलन समीर र मिलन समीरहरु ” ( शृङ्खला कविताहरु- २०८० ) पुस्तकका स्रष्टा स्याङ्जाका सशक्त युवा कवि व्यक्तित्व श्री मिलन समीरलाई पहिलोपटक प्रदान गरिन लागेको प्रभुभक्त- छोरीनानी वर्ष पुस्तक पुरस्कार बिन्जु जोशी र सशक्त अग्रज आख्यानकार बिक्रम भक्त जोशीद्वारा आफ्ना बुवाआमाको नाममा स्थापना गरिएको हो र यही वर्षदेखि प्रदान गर्न थालिएको हो ।
आगामी मङ्सिर १ गते काठमाडौंमा आयोजना गरिने विशेष साहित्यिक समारोहमा यो वर्ष पुस्तक पुरस्कार प्रदान गरिनेसमेत निर्णय गरिएको छ ।
ताजा
“अन्तरिक्षको आँगन”काे गृह विमोचन
२०८३ आश्विन १७ गते, शनिबार
“अन्तरिक्षको आँगन”काे गृह विमोचन
२०८३ आश्विन १७ गते, शनिबार
जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
२०८३ आश्विन १२ गते, सोमबार
भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
२०८३ आश्विन ८ गते, बिहीबार
विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग
२०८३ आश्विन ७ गते, बुधबार
अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना
२०८३ आश्विन ७ गते, बुधबार
बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग
२०८३ आश्विन ५ गते, सोमबार
भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो
२०८३ आश्विन ४ गते, आईतवार
रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार
२०८३ आश्विन ४ गते, आईतवार
चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु
२०८३ आश्विन १ गते, बिहीबार





















