नारी स्रष्टा समाजद्वारा वर्ष पुस्तक पुरस्कार- २०८० ” मिलन समीर र मिलन समीरहरु ” लाई प्रदान गरिने

वालिङ,११ असाेज- नारी स्रष्टा समाजद्वारा हरेक वर्ष प्रदान गरिने प्रभुभक्त- छोरीनानी वर्ष पुस्तक पुरस्कार- २०८० पहिलोपटक सशक्त युवा कवि मिलन समीरको ” मिलन समीर र मिलन समीरहरु ” ( शृङ्खला कविताहरु- २०८० ) लाई प्रदान गर्ने निर्णय गरिएको छ ।

नारी स्रष्टा समाजका अध्यक्ष अग्रज साहित्यकार ममता मृदुलको अध्यक्षतामा असोज १० गते बिहीबार काठमाडौंमा बसेको नारी स्रष्टा समाजको बैठकमा गरिएको निर्णयअनुसार-

हरेक वर्ष नेपाली भाषामा देशैभरिबाट प्रकाशित भएका विभिन्न विधाकेन्द्रित उत्कृष्ट साहित्यिक पुस्तकहरुमध्येबाट सर्वोत्कृष्ट पुस्तक छनौट गरि प्रदान गरिने प्रभुभक्त-छोरीनानी वर्ष पुस्तक पुरस्कार- २०८० ” पहिलोपटक मिलन समीर र मिलन समीरहरू ” ( शृङ्खला कविताहरु- २०८० ) पुस्तकलाई प्रदान गर्ने निर्णय गरिएको हो ।

२०८० सालमा नेपाली भाषामा देशैभरिबाट प्रकाशित भएर नारी स्रष्टा समाजमा प्राप्त भएका उत्कृष्ट साहित्यिक पुस्तकहरुमध्येबाट सर्वोत्कृष्ट पुस्तकको रूपमा निर्णायक समितिद्वारा सर्वसम्मत रूपमा छनोट भएको ” मिलन समीर र मिलन समीरहरु ” ( शृङ्खला कविताहरु- २०८० ) पुस्तकका स्रष्टा स्याङ्जाका सशक्त युवा कवि व्यक्तित्व श्री मिलन समीरलाई पहिलोपटक प्रदान गरिन लागेको प्रभुभक्त- छोरीनानी वर्ष पुस्तक पुरस्कार बिन्जु जोशी र सशक्त अग्रज आख्यानकार बिक्रम भक्त जोशीद्वारा आफ्ना बुवाआमाको नाममा स्थापना गरिएको हो र यही वर्षदेखि प्रदान गर्न थालिएको हो ।

आगामी मङ्सिर १ गते काठमाडौंमा आयोजना गरिने विशेष साहित्यिक समारोहमा यो वर्ष पुस्तक पुरस्कार  प्रदान गरिनेसमेत निर्णय गरिएको छ ।

ताजा

test

२०८२ जेष्ठ ५ गते, सोमबार

test

२०८२ जेष्ठ ५ गते, सोमबार

प्रधानमन्त्रीद्वारा राष्ट्रिय पत्रकारिता दिवसको शुभकामना

२०८२ बैशाख २४ गते, बुधबार

धर्मले समाजलाई अनुशासित बनाउँछ: पूर्व मन्त्री अर्याल

२०८२ बैशाख २३ गते, मंगलवार

पूर्वमन्त्री प्रदीप नेपालको निधन

२०८२ बैशाख २३ गते, मंगलवार

‘सरकारले यथाशीघ्र प्राङ्गारिक र जैविक मलको व्यवस्था गर्नेछ’

२०८२ बैशाख २१ गते, आईतवार

प्रधानमन्त्रीसमक्ष राज्यमन्त्री गर्बुजाको सपथ

२०८२ बैशाख २१ गते, आईतवार

चालिसेमा महायज्ञ हुने

२०८२ बैशाख २० गते, शनिबार

विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा वालिङमा स्वास्थ्य शिविर

२०८२ बैशाख २० गते, शनिबार

विश्व प्रेस स्वतन्त्रता दिवस २०२५ को महत्व र नारा

२०८२ बैशाख २० गते, शनिबार

यी हुन् सरकारको नीति तथा कार्यक्रममा परेका महत्त्वपूर्ण विषयहरू

२०८२ बैशाख १९ गते, शुक्रबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal