कविता- छुरी धसी
यो मुटुको माया तिमी आज भोली कता गयौं ।
मैदानको फुल हौकी पहराको लता भयौं ॥
डुले म त खौज्दै खोज्दै तिमीलाई वन भरी ।
पाए आज अनायसै खोज्दा खेरी मन भरी ॥
भेटे मैले रगतमा नशा अनि धड्कनमा ।
खोजी हेरे सम्झिएर अतितको चड्कनमा ॥
वाचाहरु काहां गए मन्दिर त साक्षी भयो ।
झुट्टा कसम विश्वासघात बाकी अब केनै रह्यो ॥
पराईको भयौ तिमी विश्वासमा बसी बसी ।
डोली चड्नु पछि तिमी पैला मलाई छुरी धसी ॥
पारिश्वर न्यौपाने
वालिङ १३, स्याङ्जा