राष्ट्रिय युवासंघ नेपाल स्याङ्जाद्वारा आयोजित रक्तदान कार्यक्रममा १०७ जनाले गरे रक्तदान
वालिङ,७ साउन- वालिङ राष्ट्रिय युवासंघ नेपाल स्याङ्जाले सोमबार वालिङ आयोजना गरेको रक्तदान कार्यक्रम १ सय ७ जनाले रक्तदान गरेका छन् ।
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालको श्रेष्ठको ४६ औं स्मृति दिवसको अवसरमा राष्ट्रिय युवासंघ नेपाल स्याङ्जाले वालिङमा रक्तदान कार्यक्रम गरेको हो ।
कार्यक्रमको शुभारम्भ २९ पटक रक्तदान गरिसक्नुभएका आँधिखोला गाउँपालिकाका अध्यक्ष विश्व पौडेललाई व्लड प्याकेट हस्तान्तरण गरेर नेकपा एमाले केन्द्रीय कमिटी सदस्य एवं गण्डकी प्रदेश सभासदस्य सीता सुन्दासले गर्नुभएको थियो । यो संगै पौडेलले तीसौँ पटक रक्तदान गर्नुभएको छ, भने १ सय ७ जनाले रक्तदान गरेको युवा संघले जनाएको छ ।
नेकपा एमाले केन्द्रीय कमिटी सदस्य एवं गण्डकी प्रदेश सभासदस्य सीता सुन्दासले दान गरिएको रगतले रगतको अभाव भएका बिरामीको लागि नयाँ जीवन दिने भएकाले युवा संघले गरेको महत्वपूणर् र सिर्जनशील कार्य सराहनीय रहेको बताउनुभयो । पुष्पलालले स्थापना गरेको पार्टी आज राज्यको नेतृत्वमा रहेको र उहाँको सम्झनामा युवासंघले रक्तदान जस्तो रचनात्मक कार्यलाई निरन्तरता दिदै आएकोमा धन्यवाद व्यक्त गर्दै समाज रुपान्तरणमा युवासंघले महत्वपूणर्ि खेल्दै आएको समेत बताउनुभयो ।
रगतको अभावमा कोही छटपटिएर मर्न नपरोस भनेर वार्षिक रुपमा रक्तदान कार्यक्रम गर्दै आएको संघका जिल्ला अध्यक्ष राजन पोख्रेलले जानकारी दिनुभयो ।