प्रचण्ड प्रधानमन्त्रीबाट पदमुक्त ओलीद्वारा दाबी पेस

नारायण काफ्ले

काठमाडौँ,२९असार- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पदमुक्त हुनुभएको छ । कार्यकारी नेतृत्व सम्हालेको १८ महिनापछि प्रतिनिधि सभामा पाँचौँ पटक विश्वासको मत लिने क्रममा बहुमत सिद्ध गर्न नसकेपछि प्रधानमन्त्री प्रचण्ड स्वतः पदमुक्त हुनुभएको हो । 

पाँचौँ पटक विश्वासको मत लिने क्रममा प्रधानमन्त्रीको प्रस्तावमा ६३ मत मात्र प-यो । प्रधानमन्त्रीको विपक्षमा दुई तिहाइ मत परेको छ । एक सदस्य तटस्थ बस्दा प्रधानमन्त्री प्रचण्डको विपक्षमा १९४ मत खस्यो । मतदानमा २५८ सांसद सहभागी थिए । प्रतिनिधि सभाले प्रधानमन्त्रीले  विश्वासको मत नपाएको जानकारी राष्ट्रपति कार्यालयमा शुव्रmबार नै पठाएको छ । 

प्रधानमन्त्रीले नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा (एकीकृत समाजवादी) को मात्र मत पाउनुभयो । प्रचण्ड पदमुक्त भएसँगै नेकपा (माओवादी केन्द्र) नौ वर्षपछि प्रमुख प्रतिपक्ष दलको हैसियतमा पुगेको छ । २०७२ असोज २५ मा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सामेल भएयता माओवादी केन्द्र सत्ताको नेतृत्व साझेदारीमा थियो । २०७७ मा भएको प्रतिनिधि सभा विघटनको छोटो अवधिमा भने माओवादी केन्द्र निकटका केही मन्त्रीहरू सरकारबाट फिर्ता भएका थिए तर एकीकृत दल नेकपाले नै सरकारको नेतृत्व गरेको थियो । 

पछिल्लो डेढ वर्षको अवधिमा प्रधानमन्त्री प्रचण्डले एमाले, कांग्रेससँग आलोपालो साझेदारी गरेर सरकारको नेतृत्व गर्नुभएको थियो । पाँच पटकमध्ये तीन पटक प्रचण्डले गठबन्धन हेरफेर गरेकै कारण विश्वासको मत लिनुपरेको थियो । पहिलो पटक प्रचण्डले २०५१ मा एमालेका तत्कालीन अध्यक्ष मनमोहन अधिकारीपछिकै सदनको ऐतिहासिक समर्थन पाउनुभएको थियो । मतदानमा सहभागीमध्ये ९९ प्रतिशतको समर्थन प्रचण्डले पाउनुभएको थियो । डेढ वर्षको अवधिमा उहाँ एक चौथाइभन्दा कम मतमा खुम्चिनुभएको हो । 

शान्तिपूर्ण राजनीतिमा अवतरण भएसँगै माओवादीले सत्ता यात्रा सुरु गरेको थियो । २०६४ को पहिलो संविधान सभा चुनावपछि माओवादीले सत्ताको नेतृत्व सुरु गरेको थियो । प्रचण्डले नै माओवादीका तर्फबाट पहिलो पटक सरकारको नेतृत्व २०६५ साउन ३१ मा गर्नुभएको थियो । प्रचण्डले साढे नौ महिनामै राजीनामा दिएपछि २० महिना प्रतिपक्षमा बस्नुपरेकोे थियो । २०६७ मा झलनाथ खनाल नेतृत्वको सरकारमा पुनः माओवादी सहभागी भएको थियो । त्यसपछि २०६८ मा माओवादीका तर्फबाट डा. बाबुराम भट्टराईले नै सरकारको नेतृत्व गर्नुभएको थियो । दोस्रो संविधान सभा चुनावका लागि गैरदलीय सरकार गठन भएको थियो । संविधान सभा निर्वाचनमा अनपेक्षित हार बेहोरेपछि माओवादी संविधान जारी नहुँदासम्म प्रतिपक्षमा नै बसेको थियो । २०७२ असोज ३ मा संविधान जारी भएलगत्तै असोज २५ मा बनेको केपी ओली नेतृत्वको सरकारबाट माओवादीले पुनः सत्तामा कमब्याक गरेको थियो । त्यसयता माओवादी निरन्तर सत्तामा छ । 

पाँचौँ पटकमा असफल

सङ्घीय संरचनामा दोस्रो पटक भएको निर्वाचनपछि प्रचण्ड २०७९ पुस ११ गते प्रधानमन्त्री नियुक्त हुनुभएको थियो । प्रारम्भमा उहाँ एमालेसँग गठबन्धन गरेर प्रधानमन्त्री हुनुभएको थियो । २०७९ पुस २६ मा प्रतिनिधि सभामा विश्वासको मत लिँदा उहाँले २६८ मत पाउनुभएको थियो । उपस्थितमध्ये दुई सांसदले मात्र विपक्षमा मतदान गरेका थिए । कांंग्रेस, एमालेलगायतका सबै दलले प्रधानमन्त्रीलाई विश्वासको मत दिएका थिए । 

प्रधानमन्त्रीले दोस्रो पटक २०७९ चैत ६ मा विश्वासको मत लिनुपरेको थियो । उहाँले दोस्रो पटक १७२ मत पाउनुभएको थियो । एक वर्षको सत्ता सहयात्रापछि काग्रेससँगको गठबन्धन तोडेर प्रधानमन्त्रीले पुनः एमालेसँग सहकार्य गर्नुभएको थियो । तेस्रो पटक २०८० फागुन ३० मा विश्वासको मत लिनुभएको थियो । तेस्रो पटक उहाँले १५७ मत पाउनुभएको थियो । यस्तै सरकारमा सहभागी भएको जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजन भएपछि भई एक पक्षले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले २०८१ जेठ ७ गते चौथो पटक विश्वासको मत लिनुभएको थियो । चौथो पटक पनि उहाँले १५७ मत नै पाउनुभएको थियो । पाँचौँ पटक शुक्रबार विश्वासको मत लिने व्रmममा प्रधानमन्त्रीले ६३ मत पाउनुभएको हो ।गोप

ताजा

नेल्टाद्वारा आयाेजित हिज्जे रनिङ शिल्डको उपाधि त्रिभुवन आदर्श माविलाई

२०८२ फाल्गुन २ गते, शनिबार

नेल्टाद्वारा आयाेजित हिज्जे रनिङ शिल्डको उपाधि त्रिभुवन आदर्श माविलाई

२०८२ फाल्गुन २ गते, शनिबार

चलचित्र ‘गुरु आमा’ आगामी वैशाखमा प्रदर्शनमा आउने

२०८२ फाल्गुन १ गते, शुक्रबार

एकासी अर्ब घनमिटर ग्यास भण्डारण पुष्टि

२०८२ फाल्गुन १ गते, शुक्रबार

वालिङमा सिप प्रमाणीकरणः ३९ जनाले पाए सिटीभिटी लेभल–२ प्रमाण पत्र

२०८२ फाल्गुन १ गते, शुक्रबार

पूर्ण शिक्षाको जिम्मा निजी विद्यालयले लिन तयार हुनुपर्ने–अध्यक्ष अधिकारी

२०८२ फाल्गुन १ गते, शुक्रबार

कार्य सम्पादन  मूल्याङ्कनमा गण्डकी प्रदेशमा पहिलो बन्याे कालीगण्डकी गाउँपालिका

२०८२ फाल्गुन १ गते, शुक्रबार

स्थायी सरकार दिनुस, काम गर्न नसके घण्टीले बजाउनुहोलाः रवि लामिछाने

२०८२ माघ २९ गते, बिहीबार

ट्राफिक व्यवस्थापन सहज हुने

२०८२ माघ २६ गते, सोमबार

नवाैँ वालिङ महाेत्सव सम्पन्न, दस कराेड बढिकाे काराेबार र तीन लाख दर्शकले अवलाेकन गरेकाे आयाेजककाे दावी

२०८२ माघ २६ गते, सोमबार

वालिङ उद्याेग वाणिज्य संघले भन्याे अवान्छित गतिविधिमा सहभागी हुनेलाई सम्मान गरिएकाे छैन, कानूनी उपचार खाेज्छाैँ

२०८२ माघ २४ गते, शनिबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal