विरुवा गाउँपालिका गण्डकी प्रदेशमै पहिलो बालश्रम मुक्त पालिका घोषणा


विरुवा,१४ असार– विरुवा गाउँपालिका गण्डकी प्रदेशमै पहिलो बालश्रम मुक्त गाउँपालिका घोषणा भएको छ । आज शुक्रबार गाउँपालिका अध्यक्ष सूर्य बहादुर कुँवरले एक कार्यक्रमका बिच गाउँपालिकालाई बालश्रम मुक्त पालिका घोषणा गर्नुभाएको हो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष कुँवरले गण्डकी प्रदेशमै विरुवालाई पहिलो बालश्रम मुक्त गाउँपालिका घोषणा गर्न सफल भएको बताउनुभयो ।
अध्यक्ष कुँवरले भन्नुभयो, “विद्यालय जानबाट बञ्चित छन् कि छैनन्, बाल अधिकार विपरित कार्यमा लगाइएका बालबालिका छन् कि छैनन् अध्ययन अनुगमन गरेका छौं । यसरी कानून विपरित बालश्रममा लगाइएका छन् कि छैनन् भन्ने बुझेर मात्र बालश्रम मुक्त गाउँपालिका घोषणा कार्यक्रम गरिएको हो ।”
अध्यक्ष कुँवरले घोषणासँगै व्यवहारमै बालश्रम मुक्त बनाउन सबैको साथ र सहयोग रहने अध्यक्ष कुँवरको विश्वास रहेको छ ।


विरुवाका ८ वटै वडाले बालबालिकालाई श्रममा लगाउँदैनौं भनेर प्रतिवद्धता जनाएपछि बालश्रम मुक्त विरुवा गाउँपालिका घोषणा कार्यक्रम आयोजना गरिएको उहाँले बताउनुभयो । गण्डकी प्रदेशमा विरुवा गाउँपालिका पहिलो बालश्रम मुक्त घोषणा गरिनु ऐतिहासिक कार्य भएको अध्यक्ष कुँवरको भनाइ छ ।  
गुड सेफर्ड इन्टरनेशनल फाउण्डेशन नेपालकी प्रमुख कस्कीला निकोलसले नेपालमा ११ लाख बालबालिका अहिले पनि बालश्रमीका रुपमा काम गरिरहेको बताउनुभयो । विरुवा गाउँपालिकाले महत्वपूर्ण कार्य गरेको र यो कार्यको निरन्तरताको लागि संस्थाले सक्दो सहयोग गर्ने बताउनुभयो ।
राष्ट्रिय बाल अधिकार परिषदका गण्डकी प्रदेश समन्वय अधिकृत बद्रिप्रसाद वाग्लेले १४ वर्षसम्मका बालबालिकालाई बालश्रममा लगाउनु कानून विरुद्ध हुने बताउनुभयो । बालबालिकालाई काममा नै लगाउनु हुदैन भन्ने होइन, काममा लगाउन र सिकाउदै जानुपर्छ । श्रमिककारुपमा र जोखिमयुक्त कार्यमा बालबालिकालाई बालश्रममा लगाउन हुदैन भनिएको उहाँले स्पष्ट पार्नुभयो ।


कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि,शिक्षक एवम् सामाजिक क्षेत्रमा क्रियाशील विभिन्न व्यक्तित्वहरुद्वारा बालश्रम मुक्त बिरुवा गाउँपालिका घोषणा कार्यान्वयनमा लाग्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
बालश्रम नगरौं, नगराऔं, बालश्रम कानून विरुद्धको कार्य हो । बालश्रम दण्डनीय अपराध हो । लगायत लेखिएका प्लेकार्डसहितको गाउँपालिकाको कार्यपालिकाबाट निकालिएको ¥याली विरुवा बजार परिक्रमा गरी बालश्रम मुक्त घोषणा कार्यक्रमको औपचारिक सभामा परिणत भएको थियो ।
महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय राष्ट्रिय बाल अधिकार परिषद ललितपुर एवम् गुड सेफर्ड इन्टरनेशनल फाउण्डेशन नेपालको समन्वय तथा सहकार्य र गाउँपालिकाको आयोजनामा बालश्रम मुक्त विरुवा गाउँपालिका घोषणा गरिएको हो । 

ताजा

नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी

२०८३ आश्विन १८ गते, आईतवार

नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी

२०८३ आश्विन १८ गते, आईतवार

“अन्तरिक्षको आँगन”काे गृह विमोचन

२०८३ आश्विन १७ गते, शनिबार

जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र  ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

२०८३ आश्विन १२ गते, सोमबार

भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते

२०८३ आश्विन ८ गते, बिहीबार

विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग

२०८३ आश्विन ७ गते, बुधबार

अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना

२०८३ आश्विन ७ गते, बुधबार

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग

२०८३ आश्विन ५ गते, सोमबार

भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो

२०८३ आश्विन ४ गते, आईतवार

रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार

२०८३ आश्विन ४ गते, आईतवार

चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु

२०८३ आश्विन १ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal