विरुवा गाउँपालिका गण्डकी प्रदेशमै पहिलो बालश्रम मुक्त पालिका घोषणा


विरुवा,१४ असार– विरुवा गाउँपालिका गण्डकी प्रदेशमै पहिलो बालश्रम मुक्त गाउँपालिका घोषणा भएको छ । आज शुक्रबार गाउँपालिका अध्यक्ष सूर्य बहादुर कुँवरले एक कार्यक्रमका बिच गाउँपालिकालाई बालश्रम मुक्त पालिका घोषणा गर्नुभाएको हो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष कुँवरले गण्डकी प्रदेशमै विरुवालाई पहिलो बालश्रम मुक्त गाउँपालिका घोषणा गर्न सफल भएको बताउनुभयो ।
अध्यक्ष कुँवरले भन्नुभयो, “विद्यालय जानबाट बञ्चित छन् कि छैनन्, बाल अधिकार विपरित कार्यमा लगाइएका बालबालिका छन् कि छैनन् अध्ययन अनुगमन गरेका छौं । यसरी कानून विपरित बालश्रममा लगाइएका छन् कि छैनन् भन्ने बुझेर मात्र बालश्रम मुक्त गाउँपालिका घोषणा कार्यक्रम गरिएको हो ।”
अध्यक्ष कुँवरले घोषणासँगै व्यवहारमै बालश्रम मुक्त बनाउन सबैको साथ र सहयोग रहने अध्यक्ष कुँवरको विश्वास रहेको छ ।


विरुवाका ८ वटै वडाले बालबालिकालाई श्रममा लगाउँदैनौं भनेर प्रतिवद्धता जनाएपछि बालश्रम मुक्त विरुवा गाउँपालिका घोषणा कार्यक्रम आयोजना गरिएको उहाँले बताउनुभयो । गण्डकी प्रदेशमा विरुवा गाउँपालिका पहिलो बालश्रम मुक्त घोषणा गरिनु ऐतिहासिक कार्य भएको अध्यक्ष कुँवरको भनाइ छ ।  
गुड सेफर्ड इन्टरनेशनल फाउण्डेशन नेपालकी प्रमुख कस्कीला निकोलसले नेपालमा ११ लाख बालबालिका अहिले पनि बालश्रमीका रुपमा काम गरिरहेको बताउनुभयो । विरुवा गाउँपालिकाले महत्वपूर्ण कार्य गरेको र यो कार्यको निरन्तरताको लागि संस्थाले सक्दो सहयोग गर्ने बताउनुभयो ।
राष्ट्रिय बाल अधिकार परिषदका गण्डकी प्रदेश समन्वय अधिकृत बद्रिप्रसाद वाग्लेले १४ वर्षसम्मका बालबालिकालाई बालश्रममा लगाउनु कानून विरुद्ध हुने बताउनुभयो । बालबालिकालाई काममा नै लगाउनु हुदैन भन्ने होइन, काममा लगाउन र सिकाउदै जानुपर्छ । श्रमिककारुपमा र जोखिमयुक्त कार्यमा बालबालिकालाई बालश्रममा लगाउन हुदैन भनिएको उहाँले स्पष्ट पार्नुभयो ।


कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि,शिक्षक एवम् सामाजिक क्षेत्रमा क्रियाशील विभिन्न व्यक्तित्वहरुद्वारा बालश्रम मुक्त बिरुवा गाउँपालिका घोषणा कार्यान्वयनमा लाग्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
बालश्रम नगरौं, नगराऔं, बालश्रम कानून विरुद्धको कार्य हो । बालश्रम दण्डनीय अपराध हो । लगायत लेखिएका प्लेकार्डसहितको गाउँपालिकाको कार्यपालिकाबाट निकालिएको ¥याली विरुवा बजार परिक्रमा गरी बालश्रम मुक्त घोषणा कार्यक्रमको औपचारिक सभामा परिणत भएको थियो ।
महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय राष्ट्रिय बाल अधिकार परिषद ललितपुर एवम् गुड सेफर्ड इन्टरनेशनल फाउण्डेशन नेपालको समन्वय तथा सहकार्य र गाउँपालिकाको आयोजनामा बालश्रम मुक्त विरुवा गाउँपालिका घोषणा गरिएको हो । 

ताजा

शिक्षकलाई विद्यालय फर्काउ

२०८२ बैशाख २ गते, मंगलवार

शिक्षकलाई विद्यालय फर्काउ

२०८२ बैशाख २ गते, मंगलवार

स्थानीय तहको सेवा प्रवाहमा प्रश्न

२०८१ चैत्र ३१ गते, आईतवार

महिलालाई उत्पादनमा जोड्न बाख्रा वितरण

२०८१ चैत्र ३१ गते, आईतवार

सिद्धार्थ राजमार्गकाे स्तरउन्नती हुन्छः अर्थमन्त्री पाैडेल

२०८१ चैत्र ३० गते, शनिबार

वरिष्ठ पत्रकार भैरव रिसालको निधन

२०८१ चैत्र २५ गते, सोमबार

बाह्रविशे मेला सम्पन्न, दर्शककाे उत्साहाजनक सहभागिता

२०८१ चैत्र २४ गते, आईतवार

आज बाह्रविशे मेला, तयारी पुरा

२०८१ चैत्र २४ गते, आईतवार

गह्राैसुर मन्दिरमा दर्शनकाे लागि लाम्वद्ध भक्तजन

२०८१ चैत्र २३ गते, शनिबार

ग्रामीण स्वावलम्बन साना किसान कृषि सहकारी, गण्डकी प्रदेश मै उत्कृष्ठ घोषणा

२०८१ चैत्र २३ गते, शनिबार

परम्परा जाेगाउन बाह्रविशे मेला

२०८१ चैत्र २२ गते, शुक्रबार

2022 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal