लण्डनमा नेपालीको राम्रो प्रगति

करुण अर्याल

लण्डन,२७ जेठ- संयुक्त अधिराज्य (बेलायत) मा रहेका दक्षिण एशियाली डायोस्पराले विभिन्न क्षेत्रमा उल्लेखनीय प्रगति गर्दै आफ्नो देशको पर्यटन, संस्कृतिको प्रवर्धनमा पुलको रुपमा काम गरेको बताएका छन् ।  

साउथ एसिया टाइम अनलाइनद्वारा लण्डनमा आयोजित ‘बेलायतको प्रगतिको साझेदारको रुपमा दक्षिण एसियाली डायोस्पराको भूमिका’ विषयक अन्तरक्रियामा लिड्स विश्वविद्यालयका प्राडा. सूर्यप्रसाद सुवेदीले अन्य दक्षिण एसियाली समुदायभन्दा ढिलो बेलायतमा स्थायी बसोबास गर्न लागेको भए पनि नेपाली समुदायले व्यापार व्यवसाय, सेवा र प्राज्ञिक क्षेत्रमा उल्लेखनीय प्रगति गरिरहेको बताउनुभयो । उहाँले दक्षिण एशियाली मुलुकका नागरिकले बेलायतमा लोभलाग्दो प्रगति गररिहेको बताउनुभयो । 

लण्डनस्थित नेपाली दुतावासकी उपनियोग प्रमुख रोशन खनालले बेलायतमा रहेको दक्षिण एशियाली डायोस्पराले बेलायत र दक्षिण एशियाली देशलाई विविध क्षेत्रमा जोडन पुलको काम गरिरहेको बताउनुभयो । उहाँले अन्तर्राष्ट्रिय कानूनविद् प्राडा.सुवेदीको विज्ञताबाट नेपाल लाभान्वित भइरहेको दावी गर्नुभयो ।

कार्यक्रममा गैर आवासीय नेपाली संघका पूर्व सल्लाहकार कुल आचार्य, फेशन डिजाइनर संयुक्ता श्रेष्ठ, लन्डन बरो अफ ह्यारोका पूर्व मेयर सुरेश कृष्णले बेलायतमा रहेका दक्षिण एशियाली समुदायले गरेको कामबारे चर्चा गर्नुभयो ।  

प्रा.डा. सुवेदीको महाविद्यावारिधिदेखि नोबेल पुरस्कार मनोनयनसम्म नामक  पुस्तकको लोकार्पण गरिएको छ । बीबीसीका पूर्व पत्रकार भगीरथ योगी र कान्तिपुरका पत्रकार नविन पोखरलेद्वारा लिखित तथा सम्पादित पुस्तकको उपनियोग प्रमुख खनाल, एनआरएनएका पूर्व सल्लाहकार आचार्यले विमोचन गर्नुभएको थियो ।

 केही समयअघि पुस्तक नेपालमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोकार्पण गर्नुभएको थियो । पुस्तकमाथि समिक्षा गर्दै अक्सफोर्ड विश्वविद्यालयसँग आवद्ध अनुसन्धानकर्ता डा. कृष्ण अधिकारीले लमजुङ्गदेखि बेलायतसम्म प्राडा. सुवेदीको जीवनयात्रा रोचक र प्रेरणादायी रहेको चर्चा गर्नुभयो । स्रोतःगोप

ताजा

जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र  ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

२०८३ आश्विन १२ गते, सोमबार

जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र  ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

२०८३ आश्विन १२ गते, सोमबार

भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते

२०८३ आश्विन ८ गते, बिहीबार

विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग

२०८३ आश्विन ७ गते, बुधबार

अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना

२०८३ आश्विन ७ गते, बुधबार

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग

२०८३ आश्विन ५ गते, सोमबार

भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो

२०८३ आश्विन ४ गते, आईतवार

रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार

२०८३ आश्विन ४ गते, आईतवार

चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु

२०८३ आश्विन १ गते, बिहीबार

वालिङमा हाइस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते

२०८३ आश्विन १ गते, बिहीबार

ऐतिहासिक बनेको ‘घरपझोङ जलवायु सम्मेलन’

२०८३ भाद्र ३१ गते, बुधबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal