लण्डनमा नेपालीको राम्रो प्रगति

करुण अर्याल

लण्डन,२७ जेठ- संयुक्त अधिराज्य (बेलायत) मा रहेका दक्षिण एशियाली डायोस्पराले विभिन्न क्षेत्रमा उल्लेखनीय प्रगति गर्दै आफ्नो देशको पर्यटन, संस्कृतिको प्रवर्धनमा पुलको रुपमा काम गरेको बताएका छन् ।  

साउथ एसिया टाइम अनलाइनद्वारा लण्डनमा आयोजित ‘बेलायतको प्रगतिको साझेदारको रुपमा दक्षिण एसियाली डायोस्पराको भूमिका’ विषयक अन्तरक्रियामा लिड्स विश्वविद्यालयका प्राडा. सूर्यप्रसाद सुवेदीले अन्य दक्षिण एसियाली समुदायभन्दा ढिलो बेलायतमा स्थायी बसोबास गर्न लागेको भए पनि नेपाली समुदायले व्यापार व्यवसाय, सेवा र प्राज्ञिक क्षेत्रमा उल्लेखनीय प्रगति गरिरहेको बताउनुभयो । उहाँले दक्षिण एशियाली मुलुकका नागरिकले बेलायतमा लोभलाग्दो प्रगति गररिहेको बताउनुभयो । 

लण्डनस्थित नेपाली दुतावासकी उपनियोग प्रमुख रोशन खनालले बेलायतमा रहेको दक्षिण एशियाली डायोस्पराले बेलायत र दक्षिण एशियाली देशलाई विविध क्षेत्रमा जोडन पुलको काम गरिरहेको बताउनुभयो । उहाँले अन्तर्राष्ट्रिय कानूनविद् प्राडा.सुवेदीको विज्ञताबाट नेपाल लाभान्वित भइरहेको दावी गर्नुभयो ।

कार्यक्रममा गैर आवासीय नेपाली संघका पूर्व सल्लाहकार कुल आचार्य, फेशन डिजाइनर संयुक्ता श्रेष्ठ, लन्डन बरो अफ ह्यारोका पूर्व मेयर सुरेश कृष्णले बेलायतमा रहेका दक्षिण एशियाली समुदायले गरेको कामबारे चर्चा गर्नुभयो ।  

प्रा.डा. सुवेदीको महाविद्यावारिधिदेखि नोबेल पुरस्कार मनोनयनसम्म नामक  पुस्तकको लोकार्पण गरिएको छ । बीबीसीका पूर्व पत्रकार भगीरथ योगी र कान्तिपुरका पत्रकार नविन पोखरलेद्वारा लिखित तथा सम्पादित पुस्तकको उपनियोग प्रमुख खनाल, एनआरएनएका पूर्व सल्लाहकार आचार्यले विमोचन गर्नुभएको थियो ।

 केही समयअघि पुस्तक नेपालमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोकार्पण गर्नुभएको थियो । पुस्तकमाथि समिक्षा गर्दै अक्सफोर्ड विश्वविद्यालयसँग आवद्ध अनुसन्धानकर्ता डा. कृष्ण अधिकारीले लमजुङ्गदेखि बेलायतसम्म प्राडा. सुवेदीको जीवनयात्रा रोचक र प्रेरणादायी रहेको चर्चा गर्नुभयो । स्रोतःगोप

ताजा

प्रधानमन्त्रीद्वारा राष्ट्रिय पत्रकारिता दिवसको शुभकामना

२०८२ बैशाख २४ गते, बुधबार

प्रधानमन्त्रीद्वारा राष्ट्रिय पत्रकारिता दिवसको शुभकामना

२०८२ बैशाख २४ गते, बुधबार

धर्मले समाजलाई अनुशासित बनाउँछ: पूर्व मन्त्री अर्याल

२०८२ बैशाख २३ गते, मंगलवार

पूर्वमन्त्री प्रदीप नेपालको निधन

२०८२ बैशाख २३ गते, मंगलवार

‘सरकारले यथाशीघ्र प्राङ्गारिक र जैविक मलको व्यवस्था गर्नेछ’

२०८२ बैशाख २१ गते, आईतवार

प्रधानमन्त्रीसमक्ष राज्यमन्त्री गर्बुजाको सपथ

२०८२ बैशाख २१ गते, आईतवार

चालिसेमा महायज्ञ हुने

२०८२ बैशाख २० गते, शनिबार

विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा वालिङमा स्वास्थ्य शिविर

२०८२ बैशाख २० गते, शनिबार

विश्व प्रेस स्वतन्त्रता दिवस २०२५ को महत्व र नारा

२०८२ बैशाख २० गते, शनिबार

यी हुन् सरकारको नीति तथा कार्यक्रममा परेका महत्त्वपूर्ण विषयहरू

२०८२ बैशाख १९ गते, शुक्रबार

राष्ट्रपति पौडेलद्वारा नीति तथा कार्यक्रम प्रस्तुत

२०८२ बैशाख १९ गते, शुक्रबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal