कालीगण्डकीमा स्टिमरमा बुद्धिचाल प्रतियाेगपता
वालिङ,१३ जेठ- कालीगण्डकी गाउँपालिकामा प्रदेशस्तरीय बुद्धिचाल प्रतियोगिता सुरु भएको छ । खेलकुद मार्फत पर्यटन प्रवर्धन गर्ने उद्देश्यले कालीगण्डकी ‘ए’ जलविद्युत आयाेजनाको जलाशयमा संचालित स्टिमरमा प्रतियोगिताको शनिबार उद्घाटन गरिएको छ।
प्रदेश खेलकुद परिषद , गण्डकी प्रदेश र कालीगण्डकी गाउँपालिकाको आयोजना तथा गण्डकी प्रदेश बुद्धिचाल सङ्घको व्यवस्थापनमा प्रतियोगिता संचालन गरिएको हो।

प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेश सभा सदस्य सुधिरकुमार पौडेलले कालीगण्डकी नदीको जलयात्रा आन्तरिक तथा बाह्य पर्यटकको लागि आकर्षणको केन्द्र रहेको बताउनुभयाे। पाैडेलले स्टिमरमा गरिएको बुद्धिचाल प्रतियोगिताले कालीगण्डकीको पर्यटन प्रवर्धनमा थप टेवा पुग्ने विश्वास व्यक्त समेत ब्याक्त गर्नुभयाे।
गाउँपालिका अध्यक्ष खिम बहादुर थापाले धार्मीक महत्त्व बोकेको कालीगण्डकी र आँधीखोला नदीको संगम स्थल आँधीमुहानमा संचालीत देशकै पहिलो मोटरबोट (स्टिमर) मा बुद्धिचाल प्रतियाेगिताकाे उद्धघाटन गराएर खेलकुद मार्फत पनि पर्यटन प्रर्वद्धन गर्न सकिन्छ भन्ने सन्देश दिन खाेजेकाे बताउनुभयाे। पालिकाले खेलकुदलाई विशेष महत्त्व दिएको बताउँदै अध्यक्ष थापाले पालिका, प्रदेश र राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न र खेलकुदबाट समेत जिविकोपार्जन गर्न सकिन्छ भन्ने कुरा प्रमाणित हुने गरी अगाडि बढीरहेको जानकारी दिनुभयाे।
कार्यक्रममा प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव श्रीधर शर्माले प्रदेशमा खेलकुदलाई प्राथमिकता दिएर काम गरिरहेकाे बताउनुभयाे । गण्डकी प्रदेश बुद्धिचाल संघका अध्यक्ष युवराज भण्डारीले प्रतियोगिता र्यापिड रेटिङ सिस्टममा खेलाईने जानकारी दिनुभयाे। दुई दिन सम्म सञ्चालन हुने कार्यक्रम आइतबार समापन गर्ने याेजना आयाेजककाे रहेकाे छ ।

ताजा
काँग्रेसको १५औँ महाधिवेशनः बिहीबार बिहान १० बजेदेखि मतदान
२०८३ आश्विन २१ गते, बुधबार
काँग्रेसको १५औँ महाधिवेशनः बिहीबार बिहान १० बजेदेखि मतदान
२०८३ आश्विन २१ गते, बुधबार
वालिङमा बजार अनुगमन : २६ हजार बढीका म्याद गुज्रेका खाद्यवस्तु नष्ट
२०८३ आश्विन २१ गते, बुधबार
पुतलीबजारमा बजार अनुगमन
२०८३ आश्विन २० गते, मंगलवार
नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी
२०८३ आश्विन १८ गते, आईतवार
“अन्तरिक्षको आँगन”काे गृह विमोचन
२०८३ आश्विन १७ गते, शनिबार
जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
२०८३ आश्विन १२ गते, सोमबार
भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
२०८३ आश्विन ८ गते, बिहीबार
विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग
२०८३ आश्विन ७ गते, बुधबार
अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना
२०८३ आश्विन ७ गते, बुधबार





















