वालिङमा फोहरमैला व्यवस्थापन सम्बन्धी अन्तरक्रिया
मणीप्रसाद अर्याल
वालिङ,३१ वैशाख-वालिङ नगरपालिकाले फोहरमैला व्यवस्थापन सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । नगरपालिकाले आइतबार जनप्रतिनिधि, राजनीतिक दल, कर्मचारी, सञ्चारकर्मी एवं सरोेकारवालाहरुकाबीच फोहरमैला व्यवस्थापन सम्बन्धी छलफल तथा अन्तरक्रिया गरेको हो ।
कार्यक्रममा बायोमास अल्टरनेटिभ रिनेबल ईनर्जी प्रालिले शुन्य फोहोर व्यवस्थापनका विषयमा प्रकाश पारेको थियो । नेपालमै निर्मित अत्याधुनिक मेसिनद्वारा फोहोर प्रशोधन गरी स्वच्छ वातावरण बनाउने उद्देश्यले अगाडि बढेको प्रालिले यसको सफल अभ्यासहरु जापानमा समेत गरिसकेको कम्पनीका प्रबन्धक अमृत थापाले बताउनुभयो । कम्पनीले फोहोरबाट प्रारङगारिक मल र ग्रिन युरिया उत्पादन गर्दै आएको कम्पनीका प्रवन्धक थापाले उल्लेख गर्नुभयो । जिम्मेवारी पाएको खण्डमा कम्पनीले आफ्नै लगानीमा सरसफाई व्यवस्थापनको काम गर्ने उहाँको भनाई छ ।
नकुहिने फोहोर समेत एकैछिनमा नष्ट गर्ने प्रविधि वातावरणमैत्रि रहेको थापाले बताउनुभयो । वालिङ नगरपालिकामा दैनिक १० टन फोहोर निस्कने गरेकोमा ३ टन कुहिने फोहोर निस्कने गरेको छ । कम्पनीले यहाँका ग्रामिण क्षेत्रमा रहेका झारपात, पातपतिङगर, पशुको मलमुत्रलगायतका फोहोरकोसमेत जापानी प्रविधिमा मल, कोईला, युरिया उत्पादन गर्ने जनाएको छ ।
सम्झौता गरी नगरपालिका मार्फत कृषकलाई गाउँघरमा खेर गईरहेका पातपतिङगरसमेत किनेर मल बनाउने योजना गरेको कम्पनीले जनाएको छ । यो योजनामा नगरपालिका र कम्पनीबीच सम्झौता भएमा नगरपालिकाको कुनै लगानी नरहने, २० वर्षे योजना हुँने र विभिन्न डोनरहरुको माध्यमबाट १ अर्ब ३४ लाख लगानी गर्ने कम्पनीका प्रबन्धक थापाले जानकारी गराउनुभयो ।
वालिङ नगरपालिकाका नगरप्रमुख कृष्ण खाँणले स्मार्ट नगरको रुपमा विकसित नगरपालिकालाई नागरिको आवश्यकतालाई मध्यनजर गरि अल्पकालिन,मध्यकालिन र दिर्घकालिन योजना बनाइने बताउनुभयो । नगरप्रमुख खाँणले नगरको विकासमा सवै सरोकारवाला संग समन्वय गरि कार्यक्रम अडाडी बढाउने बताउनुभयो ।

नगर उपप्रमुख कविता तिवारीले नगरको बृहत्तर विकासका निमिन्त सवै सरोकारवाला संगको सहकार्य गरिने र स्मार्ट नगर बनाउने योजना अनुसार नगरपालिका अगाडी बढेको बताउनुभयो ।
जनप्रतिनिधि, राजनीतिक दल, कर्मचारी एवं पत्रकारहरुको सहभागिता रहेको कार्यक्रममा नगरपालिकालाई व्यवस्थित रुपमा अगाडि बढाउन सुझाव दिएका छन् । कार्यक्रमका सहभागीहरुले नगरपालिका आम नागरिकको स्थानीय सरकार रहेको वालिङ उदाहरणीय बन्नुपर्ने धारणा राखेका छन् ।
नगरपालिकाको सरसफाई केन्द्रको लागि मेशिन तथा औजारको खरिद तथा जडानका विषयमा सहभागिहरुले जिज्ञासा राखेका थिए ।
ठेक्का सम्झौता सकिएपछि खैरवाङगी निर्माण सेवाले बिना जानकारी फोहोर प्रशोधन मेसिन ल्याएको र निःशुल्क मेशिनसहित फोहोर व्यवस्थापन गर्छु भन्ने एक पक्ष आईरहँदा नगरपालिकाले करौड बढिको मेशिन खरिद गर्न नहुने र सुझवुबझसहित अवसरको सदुपयोग गर्न सहभागीहरुले सुझाएका छन् । फोहोर व्यवस्थापनमा उत्कृष्ट पुरस्कारसमेत हात पारेको वालिङमा फोहोर प्रशोधन मेसिन खरिद तथा जडानको विषय विवादित बनेपछि सहभागीले प्रश्न गरेका हुन् ।
मेशिन खदिरका लागि २०७८ साल माघ १६ गते जाजरकोटको खैरवाङगी निर्माण सेवासँग सम्झौता भएको थियो । २०७९ जेठ मसान्तमा १ करोड ६ लाख १७ हजार ४ सय ८० रुपैँयामा मेशिन ल्याउने सम्झौता नगरपालिका र खैरवाङगी निर्माण सेवाबीच भएको थियो । कम्पनीले सम्झौता अनुसार समयमा मेशिन ल्याउन नसकेपछि २०८० असार मसान्तसम्म म्याद थपिएको थियो । म्याद थपिएको समयमा पनि ल्याउन नसकेको र म्याद थपको समयभन्दा झण्डै एक वर्षपछि मेशिन ल्याएको हो ।
२०८० फाल्गुन २४ गतेको नगरपालिका बोर्ड बैठकले भने कम्पनीले थप गरेको म्यादमा पनि औजार नल्याएको र पटक पटक ताकेता गर्दा पनि अटेर गरेपछि सम्झौता तोड्ने निणर्य गरेको थियो । सम्झौता तोड्ने निणर्य गरेर ५ दिनको सूचना निकालेको र उक्त सूचना निकालेको ३ दिनमा कम्पनीले मेशिन सरसफाई केन्द्रमा ल्याएको थियो । कम्पनीले लगिकेको २१ लाख २३ हजार पेश्कीसमेत फिर्ता गरेको अवस्थामा अहिले एकाएक बिना जानकारी मेशिन ल्याइएको जानकारीमा आएको हो ।
ताजा
आज भाइटीका, उत्तम साइत बिहान ११ बजेर ७ मिनेटमा
२०८३ कार्तिक २५ गते, बुधबार
आज भाइटीका, उत्तम साइत बिहान ११ बजेर ७ मिनेटमा
२०८३ कार्तिक २५ गते, बुधबार
तिहार पर्वलाई मर्यादित बनाउन स्याङ्जा प्रशासनको आग्रह
२०८३ कार्तिक २० गते, शुक्रबार
राम्दीमा बस र स्कुटरबाट १० हजार बढी पिस पटका बरामद
२०८३ कार्तिक २० गते, शुक्रबार
तीन दशकको पीडा र एक्लोपन पछि जमुनाले पाइन् मानवसेवा आश्रमकाे संरक्षण
२०८३ कार्तिक १९ गते, बिहीबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ६ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ४ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ४ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक २ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ आश्विन ३१ गते, शनिबार





















