आँधिखोला गाउँपालिकामा दोस्रो पञ्चवार्षिय योजना निर्माण सम्बन्धि अन्तरक्रिया कार्यक्रम


स्याङ्जा,३१ वैशाख- आँधिखोला गाउँपालिकामा दोस्रो पञ्चवार्षिय योजना निर्माण सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

पालिकाले आइतबार सरोकारवालाहरुको उपस्थितीमा आँधिखोला गाउँपालिकालाई आगामी पाँच वर्षमा कुन कुन क्षेत्रमा कसरी काम गर्ने भन्ने दिर्घकाली रुपमा विकास गर्ने उद्देश्य अनुसार पालिकाले दोस्रो पञ्चवार्षिय योजना निर्माणमा जुटेको हो ।
पहिलो योजनामा तय गरिएका लक्ष्यहरुको समिक्षा गर्दै आगामी दिनमा सुधार गर्नुपर्ने विषयहरुका बारेमा कार्यक्रममा सुझाव माग गरिएको थियो ।
सहभागिहरुले पालिकालाई आत्मनिर्भर बनाउने खालका योजनाहरु आउँनुपर्ने बताउदै कृषि र शिक्षा क्षेत्रको विकासको लागि पालिकाले विशेष ध्यान दिनुपर्ने भनाइ राखेका थिए । कृषिका माध्यामबाट रोजागारी सिर्जना हुने बताउदै उनिहरुले कृषि क्षेत्रमा नयाँ नयाँ प्रविधिको विकासका साथै उत्पादित वस्तुहरुको बजारिकरणका बारेमा पालिकाले ध्यान दिनुपर्ने किसानहरुको माग रहेको थियो । पालिबाट गुणस्तरिय शिक्षाको अध्ययनको लागि बाहिर जानेहरुलाई रोकनको लागि शिक्षा क्षेत्रमा सुधार आवश्यक रहेकोले विद्यालयहरुलाई प्रविधि मैत्री बनाउनुका साथै यसको अनुगमनको लागि विद्यालय निरिक्षकको ब्यवस्था गर्नुपर्ने र विद्यालयको ब्यवस्थापन समिति गठन गर्दा शिक्षा क्षेत्रका बारेमा बुजेको व्याक्तिलार्ई समितिमा ल्याउनुपर्ने सहभागिहरुको भनाइ रहेको थियो ।
कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य एवं सार्वजनीक लेखा समितिका सभापति सुधिर कुमार पौडेलले आँधिखोला गाउँपालिकाको समग्र विकासको लागि सबै राजनीतिक दलहरु एक भएर लाग्नुपर्ने बताउदै पालिकालाई कृषि र पर्यटनका माध्यामबाट आत्मनिर्भर बनाउन सकिने हुदा यस कार्यमा सबै लाग्नुपर्नेमा जोड दिनुभयो । आँधिखोला गाउँपालिकाको संस्थापक अध्यक्ष समेत रहनुभएका पौडेलले
आफ्नो कार्यकालमा पालिकाको समग्र विकासको योजना पहिलो पञ्चवर्षिय योजना निर्माण गरेर आगाडी बढाएको स्मरण गर्दै दोस्रो पञ्चवर्षिय योजनाले पालिकाको विकासकोे लागि महत्वपूणर् भूमिका खेल्लने समेत बताउनुभयो ।
कार्यक्रममा गण्डकी प्रदेश नीति तथा योजना आयोगका पूर्व उपाध्यक्ष डा. गिरिधारी पौडेलले आगामी योजना निर्माणका बारेमा सहजिकरण गर्नुभएको थियो ।
गाउँपालिका अध्यक्ष विश्व पौडेलले आँधिखोला गाउँपालिकालाई यस पालिका भित्र रहेका सम्भावनाहरुको पहिचान गरेर पालिकालाई सक्षम पालिकाको रुपमा स्थापित गर्ने गरि आफुहरु लागेको बताउनुभयो ।
दोस्रो पञ्चवार्षिय योजना निर्माणको लागि आयोजना गरिएको अन्तरक्रिया कार्यक्रमा उठेका महत्वपूणर् सुझावहरुलाई समेटेर योजना निर्माण गर्ने प्रमुख प्रशासकिय अधिकृत युवराज अधिकारीले बताउनुभयो ।

ताजा

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकी बाढीले घर सहित बेलिब्रज बगायाे

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकी नदीमा बाढी तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

२०८३ आश्विन २५ गते, आईतवार

स्याङ्जाका मीनप्रसाद गुरुङ सहित दस जना एमाले केन्द्रीय कमिटी सदस्यमा मनाेनीत

२०८३ आश्विन २४ गते, शनिबार

नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित

२०८३ आश्विन २४ गते, शनिबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal