आँधिखोला गाउँपालिकामा दोस्रो पञ्चवार्षिय योजना निर्माण सम्बन्धि अन्तरक्रिया कार्यक्रम


स्याङ्जा,३१ वैशाख- आँधिखोला गाउँपालिकामा दोस्रो पञ्चवार्षिय योजना निर्माण सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

पालिकाले आइतबार सरोकारवालाहरुको उपस्थितीमा आँधिखोला गाउँपालिकालाई आगामी पाँच वर्षमा कुन कुन क्षेत्रमा कसरी काम गर्ने भन्ने दिर्घकाली रुपमा विकास गर्ने उद्देश्य अनुसार पालिकाले दोस्रो पञ्चवार्षिय योजना निर्माणमा जुटेको हो ।
पहिलो योजनामा तय गरिएका लक्ष्यहरुको समिक्षा गर्दै आगामी दिनमा सुधार गर्नुपर्ने विषयहरुका बारेमा कार्यक्रममा सुझाव माग गरिएको थियो ।
सहभागिहरुले पालिकालाई आत्मनिर्भर बनाउने खालका योजनाहरु आउँनुपर्ने बताउदै कृषि र शिक्षा क्षेत्रको विकासको लागि पालिकाले विशेष ध्यान दिनुपर्ने भनाइ राखेका थिए । कृषिका माध्यामबाट रोजागारी सिर्जना हुने बताउदै उनिहरुले कृषि क्षेत्रमा नयाँ नयाँ प्रविधिको विकासका साथै उत्पादित वस्तुहरुको बजारिकरणका बारेमा पालिकाले ध्यान दिनुपर्ने किसानहरुको माग रहेको थियो । पालिबाट गुणस्तरिय शिक्षाको अध्ययनको लागि बाहिर जानेहरुलाई रोकनको लागि शिक्षा क्षेत्रमा सुधार आवश्यक रहेकोले विद्यालयहरुलाई प्रविधि मैत्री बनाउनुका साथै यसको अनुगमनको लागि विद्यालय निरिक्षकको ब्यवस्था गर्नुपर्ने र विद्यालयको ब्यवस्थापन समिति गठन गर्दा शिक्षा क्षेत्रका बारेमा बुजेको व्याक्तिलार्ई समितिमा ल्याउनुपर्ने सहभागिहरुको भनाइ रहेको थियो ।
कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य एवं सार्वजनीक लेखा समितिका सभापति सुधिर कुमार पौडेलले आँधिखोला गाउँपालिकाको समग्र विकासको लागि सबै राजनीतिक दलहरु एक भएर लाग्नुपर्ने बताउदै पालिकालाई कृषि र पर्यटनका माध्यामबाट आत्मनिर्भर बनाउन सकिने हुदा यस कार्यमा सबै लाग्नुपर्नेमा जोड दिनुभयो । आँधिखोला गाउँपालिकाको संस्थापक अध्यक्ष समेत रहनुभएका पौडेलले
आफ्नो कार्यकालमा पालिकाको समग्र विकासको योजना पहिलो पञ्चवर्षिय योजना निर्माण गरेर आगाडी बढाएको स्मरण गर्दै दोस्रो पञ्चवर्षिय योजनाले पालिकाको विकासकोे लागि महत्वपूणर् भूमिका खेल्लने समेत बताउनुभयो ।
कार्यक्रममा गण्डकी प्रदेश नीति तथा योजना आयोगका पूर्व उपाध्यक्ष डा. गिरिधारी पौडेलले आगामी योजना निर्माणका बारेमा सहजिकरण गर्नुभएको थियो ।
गाउँपालिका अध्यक्ष विश्व पौडेलले आँधिखोला गाउँपालिकालाई यस पालिका भित्र रहेका सम्भावनाहरुको पहिचान गरेर पालिकालाई सक्षम पालिकाको रुपमा स्थापित गर्ने गरि आफुहरु लागेको बताउनुभयो ।
दोस्रो पञ्चवार्षिय योजना निर्माणको लागि आयोजना गरिएको अन्तरक्रिया कार्यक्रमा उठेका महत्वपूणर् सुझावहरुलाई समेटेर योजना निर्माण गर्ने प्रमुख प्रशासकिय अधिकृत युवराज अधिकारीले बताउनुभयो ।

ताजा

शिक्षकलाई विद्यालय फर्काउ

२०८२ बैशाख २ गते, मंगलवार

शिक्षकलाई विद्यालय फर्काउ

२०८२ बैशाख २ गते, मंगलवार

स्थानीय तहको सेवा प्रवाहमा प्रश्न

२०८१ चैत्र ३१ गते, आईतवार

महिलालाई उत्पादनमा जोड्न बाख्रा वितरण

२०८१ चैत्र ३१ गते, आईतवार

सिद्धार्थ राजमार्गकाे स्तरउन्नती हुन्छः अर्थमन्त्री पाैडेल

२०८१ चैत्र ३० गते, शनिबार

वरिष्ठ पत्रकार भैरव रिसालको निधन

२०८१ चैत्र २५ गते, सोमबार

बाह्रविशे मेला सम्पन्न, दर्शककाे उत्साहाजनक सहभागिता

२०८१ चैत्र २४ गते, आईतवार

आज बाह्रविशे मेला, तयारी पुरा

२०८१ चैत्र २४ गते, आईतवार

गह्राैसुर मन्दिरमा दर्शनकाे लागि लाम्वद्ध भक्तजन

२०८१ चैत्र २३ गते, शनिबार

ग्रामीण स्वावलम्बन साना किसान कृषि सहकारी, गण्डकी प्रदेश मै उत्कृष्ठ घोषणा

२०८१ चैत्र २३ गते, शनिबार

परम्परा जाेगाउन बाह्रविशे मेला

२०८१ चैत्र २२ गते, शुक्रबार

2022 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal