गल्याङ महाेत्सव चैत ३० देखि हुने

गल्याङ,२४ चैत- गल्याङ उद्याेग वाणिज्य संघकाे आयाेजनामा तेस्रो गल्याङ औद्योगिक, व्यापार तथा कृषि महोत्सव हुने भएको छ । “गल्याङ महोत्सवको आधार कषि, उद्योग पर्यटन नै हाम्रो पूर्वाधार” भन्ने मूल नाराका साथ तेस्रो गल्याङ महाेत्सवकाे आयाेजना गरिएकाे शनिबार आयाेजित पत्रकार सम्मेलनमा जानकारी गराइएकाे छ।

यही चैत्र ३० गते देखि वैशाख ९ गतेसम्म तल्लो गल्याङमा रहेको खेलमैदानमा माेत्सव सञ्चालन हुने महाेत्सवकाे तयारीका बारेमा पत्रकार सम्मेलन गरेर जानकारी गराइएकाे हाे। कृषि, ब्यापार ब्यवसायका साथै यश क्षेत्रकाे पर्यटन प्रवर्धनमा सहयाेग पुर्याउने उद्देश्यले महाेत्सवकाे आयाेजना गरिएकाे गल्याङ उद्याेग वाणिज्य संघले जनाएकाे छ। 

महोत्सवमा १ सय ४० स्टल रहने र २० ओटा स्टल कृषि प्रदर्शनिका लागि निशुल्क उपलब्ध गराइने गल्याङ उद्याेग वाणिज्य संघका अध्यक्ष एवं महाेत्सव मुल आयाेजक समितिका संयाेजक डाेल प्रसाद श्रेष्ठले जानकारी दिनुभयाे। 

महाेत्सवमा भलिवल प्रतियोगिता, गल्याङ डान्स आइडल, खुल्ला रत्यौली गीत प्रतियोगिताका साथमा स्थानीय तथा राष्ट्रिय कलाकारहरुको दैनिक प्रस्तुति समेत रहने आयोजकले जनाएको छ । 

महाेत्सवमा ५४ लाख ९५ हजार आम्दानी गरि खर्च कटाएर ५ लाख ७५ हजार बचत गर्ने लक्ष्य रहेकाे छ भने महाेत्सव अवधि भरमा एक देखि डेढ कराेड बराबरकाे काराेबारका साथै एक लाख वढि दर्शकले अवलाेकन गर्ने आयाेजककाे भनाइ रहेकाे छ।

माेत्सवबाट बचत भएकाे रकमबाट गल्याङ उद्याेग वाणिज्य संघकाे भवन निर्माणका लागि जग्गा खरिद गर्नुका साथै सामाजिक उत्तरदायीत्वका क्षेत्रमा कार्य गरिने पत्रकार सम्मेलनमा जानकारी गराइएकाे छ। 

ताजा

व्यावहारिक शिक्षासँगै बाजा बजाएर आत्मनिर्भर बन्दै विद्यार्थी

२०८१ चैत्र १ गते, शुक्रबार

व्यावहारिक शिक्षासँगै बाजा बजाएर आत्मनिर्भर बन्दै विद्यार्थी

२०८१ चैत्र १ गते, शुक्रबार

पिंक सिटी महोत्सवमा सञ्चालित भलिबल प्रतियोगिताको सेमिफाइनल शनिबार हुने

२०८१ चैत्र १ गते, शुक्रबार

वालिङमा दुई उद्याेग वाणिज्य संघले मनाए हाेली

२०८१ चैत्र १ गते, शुक्रबार

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान  नेपाल स्याङ्जाद्वारा साहित्यकार वनवासीलाई सम्मान

२०८१ फाल्गुन २९ गते, बिहीबार

प्रथम पिंक सिटी महाेत्सवकाे आठाैं दिन दर्शककाे घुईचाे, भिडियाे सहित

२०८१ फाल्गुन २८ गते, बुधबार

टोड्केको सिरेटोमा रमाउँछन् पाहुना

२०८१ फाल्गुन २७ गते, मंगलवार

विद्यालय पुग्न ट्युबको सहारा

२०८१ फाल्गुन २७ गते, मंगलवार

सञ्चारिका समूह स्याङ्जाको अध्यक्षमा: न्याैपाने

२०८१ फाल्गुन २२ गते, बिहीबार

संस्थागत विद्यलयका सवारी चालकलाई दुर्घटना न्युनिकरण सम्बन्धि अभिमुखिकरण कार्यक्र सम्पन्न

२०८१ फाल्गुन २२ गते, बिहीबार

राजनीतिक स्थायीत्वको लागि दुई ठुला दल एक ठाउँमा आएको पूर्व मन्त्री अर्यालको भनाई

२०८१ फाल्गुन २१ गते, बुधबार

2022 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal