गल्याङ महाेत्सव चैत ३० देखि हुने

गल्याङ,२४ चैत- गल्याङ उद्याेग वाणिज्य संघकाे आयाेजनामा तेस्रो गल्याङ औद्योगिक, व्यापार तथा कृषि महोत्सव हुने भएको छ । “गल्याङ महोत्सवको आधार कषि, उद्योग पर्यटन नै हाम्रो पूर्वाधार” भन्ने मूल नाराका साथ तेस्रो गल्याङ महाेत्सवकाे आयाेजना गरिएकाे शनिबार आयाेजित पत्रकार सम्मेलनमा जानकारी गराइएकाे छ।

यही चैत्र ३० गते देखि वैशाख ९ गतेसम्म तल्लो गल्याङमा रहेको खेलमैदानमा माेत्सव सञ्चालन हुने महाेत्सवकाे तयारीका बारेमा पत्रकार सम्मेलन गरेर जानकारी गराइएकाे हाे। कृषि, ब्यापार ब्यवसायका साथै यश क्षेत्रकाे पर्यटन प्रवर्धनमा सहयाेग पुर्याउने उद्देश्यले महाेत्सवकाे आयाेजना गरिएकाे गल्याङ उद्याेग वाणिज्य संघले जनाएकाे छ। 

महोत्सवमा १ सय ४० स्टल रहने र २० ओटा स्टल कृषि प्रदर्शनिका लागि निशुल्क उपलब्ध गराइने गल्याङ उद्याेग वाणिज्य संघका अध्यक्ष एवं महाेत्सव मुल आयाेजक समितिका संयाेजक डाेल प्रसाद श्रेष्ठले जानकारी दिनुभयाे। 

महाेत्सवमा भलिवल प्रतियोगिता, गल्याङ डान्स आइडल, खुल्ला रत्यौली गीत प्रतियोगिताका साथमा स्थानीय तथा राष्ट्रिय कलाकारहरुको दैनिक प्रस्तुति समेत रहने आयोजकले जनाएको छ । 

महाेत्सवमा ५४ लाख ९५ हजार आम्दानी गरि खर्च कटाएर ५ लाख ७५ हजार बचत गर्ने लक्ष्य रहेकाे छ भने महाेत्सव अवधि भरमा एक देखि डेढ कराेड बराबरकाे काराेबारका साथै एक लाख वढि दर्शकले अवलाेकन गर्ने आयाेजककाे भनाइ रहेकाे छ।

माेत्सवबाट बचत भएकाे रकमबाट गल्याङ उद्याेग वाणिज्य संघकाे भवन निर्माणका लागि जग्गा खरिद गर्नुका साथै सामाजिक उत्तरदायीत्वका क्षेत्रमा कार्य गरिने पत्रकार सम्मेलनमा जानकारी गराइएकाे छ। 

ताजा

स्याङ्जामा साधु मृत फेला

२०८३ भाद्र २२ गते, सोमबार

स्याङ्जामा साधु मृत फेला

२०८३ भाद्र २२ गते, सोमबार

स्याङ्जामा भाेटेकाेशी बाढीमा परि सम्पर्कविहीन भएका परिवारकाे डीएनए नमुना सङ्कलन

२०८३ भाद्र २२ गते, सोमबार

नेकपा एमाले वालिङ नगर कमिटीद्वारा पूर्व जनप्रतिनिधि एवं उम्मेदवारलाई सम्मान

२०८३ भाद्र २१ गते, आईतवार

स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु

२०८३ भाद्र १९ गते, शुक्रबार

चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ

२०८३ भाद्र १७ गते, बुधबार

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै

२०८३ भाद्र १५ गते, सोमबार

‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव

२०८३ भाद्र १५ गते, सोमबार

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो

२०८३ भाद्र १३ गते, शनिबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal