एमाले समृद्धिको  यात्रामा छ, अध्यक्ष ओली

कला राना

स्याङ्जा,२३ चैत- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले पार्टी समृद्धिको यात्रामा रहेको बताउनुभएको छ । 

शुक्रबार जिल्ला सदरमुकाम स्याङ्जामा एमालेको नवौं जिल्ला अधिवेशनको उद्घाटन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले नयाँ सत्ता समिकरणले देशलाई निकास दिने दावी गर्नुभयो । अध्यक्ष ओेलीले भन्नुभयो,“ पाँच दलीय गठबन्धनले देशलाई बेथिति र भ्रष्ट्राचारतर्फ धकेलेको थियो । देशलाई सहि दिसामा लैजान हामीले सत्ता समीकरण गरेका हौँ ।”

देशमा सुशासन, समृद्धिका लागि एमाले सरकारमा आउनुपर्ने अवस्था सिर्जना भएको बताउदै देशमा व्याप्त अराजकता, उत्छृङ्खल गतिविधिलाई अन्त्य गर्न एमाले प्रतिवद्ध रहेको उहाँको भनाई थियो । देश बचाउने पार्टी एक मात्रै एमाले भएको भन्दै अध्यक्ष ओलीले एमाले पार्टीलाई निणर्णायक  पार्टी बनाउने बताउनुभयो  । ज्येष्ठ नागरिक, एकल महिला तथा बालिकाहरुको हितमा कामगर्ने पार्टी एमाले भएको भन्दै अन्य कुनै पार्टीले यस्तो काम नगरेको बताउनुभयो ।

साथै उहाँले मनदेखि नै बामपन्थी नहुँदा दुई तिहाई प्राप्त गरेको नेकपाबाट पछि हट्नुपर्ने अवस्था आएकाे स्मरण समेत  गर्नुभयो । कम्युनिष्ट एक हुनुपर्छ भन्ने मान्यताले पार्टी एकता गरेर अगाडि बढेपनि स्वार्थले भरिएका मनमा बामपन्थी नभएकाका कारण एमाले पछाडि हटेको उहाँको भनाई थियो । अध्यक्ष ओलीले नयाँ नेतृत्व चयन गर्ने क्रममा सकेसम्म सहमतिमा टुङ्ग्यान र नभए स्वच्छ प्रतिस्प्रधाबाट नेतृत्व चयन गर्न निर्देशन दिदै कार्यक्रतालाई उत्ताउलाे गतिविधिमा सहभागी नहुन समेत निर्देशन दिनुभयाे।

ताजा

शिक्षकलाई विद्यालय फर्काउ

२०८२ बैशाख २ गते, मंगलवार

शिक्षकलाई विद्यालय फर्काउ

२०८२ बैशाख २ गते, मंगलवार

स्थानीय तहको सेवा प्रवाहमा प्रश्न

२०८१ चैत्र ३१ गते, आईतवार

महिलालाई उत्पादनमा जोड्न बाख्रा वितरण

२०८१ चैत्र ३१ गते, आईतवार

सिद्धार्थ राजमार्गकाे स्तरउन्नती हुन्छः अर्थमन्त्री पाैडेल

२०८१ चैत्र ३० गते, शनिबार

वरिष्ठ पत्रकार भैरव रिसालको निधन

२०८१ चैत्र २५ गते, सोमबार

बाह्रविशे मेला सम्पन्न, दर्शककाे उत्साहाजनक सहभागिता

२०८१ चैत्र २४ गते, आईतवार

आज बाह्रविशे मेला, तयारी पुरा

२०८१ चैत्र २४ गते, आईतवार

गह्राैसुर मन्दिरमा दर्शनकाे लागि लाम्वद्ध भक्तजन

२०८१ चैत्र २३ गते, शनिबार

ग्रामीण स्वावलम्बन साना किसान कृषि सहकारी, गण्डकी प्रदेश मै उत्कृष्ठ घोषणा

२०८१ चैत्र २३ गते, शनिबार

परम्परा जाेगाउन बाह्रविशे मेला

२०८१ चैत्र २२ गते, शुक्रबार

2022 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal