एमाले समृद्धिको  यात्रामा छ, अध्यक्ष ओली

कला राना

स्याङ्जा,२३ चैत- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले पार्टी समृद्धिको यात्रामा रहेको बताउनुभएको छ । 

शुक्रबार जिल्ला सदरमुकाम स्याङ्जामा एमालेको नवौं जिल्ला अधिवेशनको उद्घाटन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले नयाँ सत्ता समिकरणले देशलाई निकास दिने दावी गर्नुभयो । अध्यक्ष ओेलीले भन्नुभयो,“ पाँच दलीय गठबन्धनले देशलाई बेथिति र भ्रष्ट्राचारतर्फ धकेलेको थियो । देशलाई सहि दिसामा लैजान हामीले सत्ता समीकरण गरेका हौँ ।”

देशमा सुशासन, समृद्धिका लागि एमाले सरकारमा आउनुपर्ने अवस्था सिर्जना भएको बताउदै देशमा व्याप्त अराजकता, उत्छृङ्खल गतिविधिलाई अन्त्य गर्न एमाले प्रतिवद्ध रहेको उहाँको भनाई थियो । देश बचाउने पार्टी एक मात्रै एमाले भएको भन्दै अध्यक्ष ओलीले एमाले पार्टीलाई निणर्णायक  पार्टी बनाउने बताउनुभयो  । ज्येष्ठ नागरिक, एकल महिला तथा बालिकाहरुको हितमा कामगर्ने पार्टी एमाले भएको भन्दै अन्य कुनै पार्टीले यस्तो काम नगरेको बताउनुभयो ।

साथै उहाँले मनदेखि नै बामपन्थी नहुँदा दुई तिहाई प्राप्त गरेको नेकपाबाट पछि हट्नुपर्ने अवस्था आएकाे स्मरण समेत  गर्नुभयो । कम्युनिष्ट एक हुनुपर्छ भन्ने मान्यताले पार्टी एकता गरेर अगाडि बढेपनि स्वार्थले भरिएका मनमा बामपन्थी नभएकाका कारण एमाले पछाडि हटेको उहाँको भनाई थियो । अध्यक्ष ओलीले नयाँ नेतृत्व चयन गर्ने क्रममा सकेसम्म सहमतिमा टुङ्ग्यान र नभए स्वच्छ प्रतिस्प्रधाबाट नेतृत्व चयन गर्न निर्देशन दिदै कार्यक्रतालाई उत्ताउलाे गतिविधिमा सहभागी नहुन समेत निर्देशन दिनुभयाे।

ताजा

स्याङ्जामा साधु मृत फेला

२०८३ भाद्र २२ गते, सोमबार

स्याङ्जामा साधु मृत फेला

२०८३ भाद्र २२ गते, सोमबार

स्याङ्जामा भाेटेकाेशी बाढीमा परि सम्पर्कविहीन भएका परिवारकाे डीएनए नमुना सङ्कलन

२०८३ भाद्र २२ गते, सोमबार

नेकपा एमाले वालिङ नगर कमिटीद्वारा पूर्व जनप्रतिनिधि एवं उम्मेदवारलाई सम्मान

२०८३ भाद्र २१ गते, आईतवार

स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु

२०८३ भाद्र १९ गते, शुक्रबार

चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ

२०८३ भाद्र १७ गते, बुधबार

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै

२०८३ भाद्र १५ गते, सोमबार

‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव

२०८३ भाद्र १५ गते, सोमबार

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो

२०८३ भाद्र १३ गते, शनिबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal