एमाले स्याङ्जाको ९ औं अधिवेशनको तयारी पुरा,अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने
स्याङ्जा,२२ चैत- नेकपा(एमाले)स्याङ्जाको ९ औं जिल्ला अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको छ ।
शुक्रबार (२३ गते) देखि जिल्ला सदरमुकाममा सुरुहुने अधिवेशनको नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने एमालेले जनाएको छ । अधिवेशनको तयारीका बारेमा जानकारी दिन प्रचार विभाग द्वारा पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा अधिवेशनको सम्पूर्ण तयारी पुरा भाएको जनाइएको छ ।
यही चैत २३ गते देखि २४ गते सम्म सञ्चालन हुने अधिवेशनमा ६ सय ९ जना प्रतितिधि छनोट भएको र प्रतिनिधि छनोट गर्दा सबै जातजाती युवा महिला लगायतलाई प्राथमिकता दिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।
पत्रकार सम्मेलनमा एमाले पोलिटब्युरो सदस्य तथा जिल्ला इन्चार्ज टुकराज सिग्देलले पार्टीको अधिवेशन संगठनलाई मजबुद बनाउनका लागि गरिने नियमित प्रक्रिया भएको र यो हरेक ३ वर्षमा हुने बताउदै स्याङ्जामा एमालेको आगामी नेतृत्व चयन गर्दा सहमतिय प्रक्रियाको अधिकतम प्रयास गर्ने र यो प्रक्रियाबाट टुंग्याउन समस्या भएमा लोकतान्त्रिक प्रक्रियाको लागि पार्टी खुला रहेको समेत बताउनुभयो ।
निर्वाचन लोकतान्त्रिक प्रक्रिया भएकाले यसमा प्यानलगत, गुटगत स्थिति नआउने सिग्देलको विश्वास छ ।
५ दलीय गठबन्धनको बेथितिलाई रोक्न एमाले सरकारमा गएको बताउदै सबै पार्टी उस्तै हुन भन्ने भ्रम चिर्नुपर्ने सिग्देलको भनाइ थियो ।

कार्यक्रममा एमाले जिल्ला कमिटी अध्यक्ष सूर्यप्रसाद गैह्रे (पारस) ले अधिवेशनको प्रतिनिधिहरुमा तीन जना प्रतिनिधि बराबर एक जना महिला र ११ प्रतिशत उत्पीडीत तर्फबाट प्रतिनिधि छनौट भएको बताउनुभयो । अध्यक्ष गैह्रेले पाँच पदाधिकारी सहित क्लष्टर अनुसार जिल्ला कमिटीमा १ सय ५ जनाको जिल्ला कमिटी निर्वाचन हुने जानकारी दिनुभयो ।
अधिवेशन सम्पन्न गर्न करिव २० लाख खर्च हुने र यो रकम पार्टी सदस्यहरुबाट लेबिका साथै शुभचिन्तकहरुबाट सहयोग जुटाउने ब्यवस्था मिलाइएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । अधिवेशनमा प्रतिनिधि र अतिथि गरी ८ सय बढि सहभागि हुने र सहभागिहरुलार्ई जिल्ला सदरमुकाम पुतलीबजार, भीरकोट र वालिङका होटलहरुमा बस्ने ब्यवस्था मिलाइएको छ ।

प्रचारप्रसार संयोजक विश्व पौडेलले अधिवेशनमा प्रतिनिधि छनौट, बसोबास, मञ्च निर्माण लगायतका सबै काम पुरा भएको बताउनुभयो ।
प्रचारप्रसार संयोजक विश्व पौडेलको अध्यक्षता भएको पत्रकार सम्मेलनको सञ्चालन प्रचारप्रसार समितिका सदस्य अनन्त कुमार श्रेष्ठले गर्नुभएको थियो ।
ताजा
स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि
२०८३ श्रावण ३० गते, शनिबार
स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि
२०८३ श्रावण ३० गते, शनिबार
खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे
२०८३ श्रावण २९ गते, शुक्रबार
पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत
२०८३ श्रावण २८ गते, बिहीबार
विश्व प्रेस काउन्सिलको आग्रह किशाेर श्रेष्ठलाई तत्काल रिहा गरियाेस
२०८३ श्रावण २८ गते, बिहीबार
पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण
२०८३ श्रावण २८ गते, बिहीबार
पाैडी खेल्ने क्रममा आँधिखाेलामा बेपत्ता भएका बस्नेतकाे शव भेटियाे
२०८३ श्रावण २५ गते, सोमबार
जन्मदिनकाे अवशरमा अमोर सेवा बालगृहलाई फ्रिज सहयोग
२०८३ श्रावण २४ गते, आईतवार
कञ्चन पत्रकारिता पुरस्कारबाट पत्रकारद्वय सारु र जिटी सम्मानित
२०८३ श्रावण २१ गते, बिहीबार
बिरुवा गाउँपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न
२०८३ श्रावण २१ गते, बिहीबार





















