६७ औं राष्ट्रिय सहकारी दिवसकाे अवसरमा अन्तरक्रिया कार्यक्रम

गोपाल जिटी

वालिङ,१८- वालिङमा ६७ औं राष्ट्रिय सहकारी दिवस सुरु भएको छ । चैत २० गते पर्ने राष्ट्रिय सहकारी दिवसलाई विविध कार्यक्रमसहित मनाइने भएको हो । स्याङ्जा जिल्ला सहकारी संघ लिमिटेड, राष्ट्रिय सहकारी ब्याङ्क लिमिटेड र जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडले ६७ औं राष्ट्रिय सहकारी दिवसको आयोजना गरेका हुन् ।

“सहकारीमा सुशासन, प्रविधि र एकीकरण” भन्ने मूल नारासहित आइतबार सुरु भएको ६७ औं सहकारी दिवस विविध कार्यक्रमगरी तीनदिनसम्म मनाइने आयोजकले जनाएको छ । दिवसका अवसरमा १८ गते आइतबार जिल्लामा रहेका सहकारी संस्थाका सञ्चालक समिति एवम् व्यवस्थापकहरुको सहभागितामा अन्तरक्रिया तथा प्रशिक्षणात्मक कार्यक्रम गरिएको छ ।

दिवसको शुभारम्भ गर्दै राष्ट्रिय सहकारी महासंघ लिमिटेडका बरिष्ठ उपाध्यक्ष रमेश पोखरेलले राष्ट्रिय सहकारी महासंघको पहलमा एकीकृत कर्जा सूचना केन्द्र र कर्जा असुली न्यायाधिकरण स्थापना हुने बताउनुभयो । बरिष्ठ उपाध्यक्ष पोखरेलले एकिकृत कर्जा सूचना केन्द्र र कर्जा असुली न्यायाधिकरण स्थापनाका लागि एक हप्ताभित्र घोषणा गरिने बताउनुभएको होे । एकिकृत कर्जा सूचना केन्द्रबाट कर्जा लिन आउने सेवाग्राहीको अन्य बैंक वित्तीय संस्थामा ऋण लिए नलिएको सूचना पाउन सकिने उहाँले स्पष्ट पार्नुभयो । 

सहकारी अभियान संकटमोचन अभियान हो । संकटमोचनका लागि नै सहकारीको सुरुवात भएको बरिष्ठ उपाध्यक्ष पोखरेलले उल्लेख गर्नुभयो । प्रजातान्त्रिक वातावरण भएका मुलुकमा सहकारीहरु फस्टाएको उल्लेख गर्दै बरिष्ठ उपाध्यक्ष पोखरेलले नेपालमा सुरुका अवस्थामा राज्य नियन्त्रित सहकारी भएको र अहिले शासन व्यवस्था फेरिएसँगै बहुआयामिक गरिवी निवारणको भूमिकामा रहेको व्यक्त गर्नुभयो ।

यसैगरी बचत तथा ऋण केन्द्रीय संघ लिमिटेडका बरिष्ठ उपाध्यक्ष दामोदर अधिकारीले जस्तोसुकै विसम परिस्थितिमा पनि जनताको बीचमा पुग्ने सहकारी भएको बताउनुभयो । चाहे त्यो देशमा भएको सशस्त्र द्वन्दको बेला होस, चाहे कोरोना कहरका समयमा नै किन नहोस जनताको घरमा पैसा पु¥याउने काम सहकारीले गरेको उहाँले उल्लेख गर्नुभयो । वित्तीय संस्थाको काम ऋणि बनाउने मात्र होइन, जनतालाई आर्थिक समृद्धिमा लैजानु पनि हो । यो काम सहकारीले गर्ने र गर्दै आएको बचत तथा ऋण केन्द्रीय संघ लिमिटेडका बरिष्ठ उपाध्यक्ष अधिकारीले बताउनुभयो । यो सँगै महिला सशक्तिकरणमा पनि सहकारीको भूमिका महत्वपूर्ण रहेको उहाँको भनाई छ । उहाँले भन्नुभयो–“ शेयर सदस्य बनाएर आर्थिक सुरक्षणसँगै नेतृत्वदायी भूमिकामा सहकारीले अगाडि बढाएको छ । अगाडि बढ्न नसकेकालाई अवसर प्रदान गर्ने र बोल्न नजान्नेलाई बोल्न र हिड्न सिकाउने काम सहकारीले गर्दै आएको छ ।”

बैंक वित्तिय संस्थाले ऋणि बनाउछ भने सहकारीले बचतको माध्यमबाट आर्थिक समृद्धि ल्याउने उहाँले व्यक्त गर्नुभयो ।

कार्यक्रममा स्याङ्जा जिल्ला सहकारी संघका अध्यक्ष लक्ष्मीपति पौडेलले कार्यक्रमका बारे जानकारी गराउनु भएको थियो ।

सहकारी दिवसको तीनदिने कार्यक्रम अनुसार १९ गते जिल्लाका प्रत्येक पालिकामा स्थानीय सरकार समक्ष ज्ञापनपत्र बुझाउने आयोजकले जानकारी दिएको छ । २० गते मङ्गलबार सहकारीका आ–आफ्ना संस्थामा सबै सदस्यहरुलाई सहभागी गराई संस्थाको अवस्था र सदस्यहरुको जिम्मेवारी सम्बन्धी सहकारी शिक्षा कार्यक्रमसहित दिवस सम्पन्न गरिने छ ।

ताजा

जिप दुर्घटना हुदा एककाे मृत्यु १८जना घाईते

२०८३ असार १२ गते, शुक्रबार

जिप दुर्घटना हुदा एककाे मृत्यु १८जना घाईते

२०८३ असार १२ गते, शुक्रबार

कृषि, पर्यटन र पूर्वाधारलाई प्राथमिकता दिँदै वालिङको झण्डै ९० करोड बजेट

२०८३ असार ११ गते, बिहीबार

बिरुवा गाउँपालिकाले ल्यायो ५१ करोड ६२ लाखको बजेट, पूर्वाधार क्षेत्रमा सबैभन्दा बढी लगानी

२०८३ असार ११ गते, बिहीबार

स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म

२०८३ असार ९ गते, मंगलवार

अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा

२०८३ असार ८ गते, सोमबार

मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क

२०८३ असार ६ गते, शनिबार

सनातन सभ्यताको जीवित केन्द्र

२०८३ असार ६ गते, शनिबार

फेदीखाेला गाउँपालिकाले मनायाे माैरी दिवस

२०८३ असार ५ गते, शुक्रबार

ट्याक्टर दुर्घटना हुदा चालक सहित दुई घाईते

२०८३ असार २ गते, मंगलवार

पर्यटकको रोजाइमा स्याङ्जाकाे म्हाजु भन्ज्याङ

२०८३ असार २ गते, मंगलवार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal