भक्ति र निस्काम कर्म ज्ञानकाे फल हो !

खुमकान्त अर्याल

ईश्वरवर प्राप्ती,मोक्ष वा दुु:ख मुक्तिको उदेश्यले अद्यात्म मार्गमा चासो राख्ने साधक र जिग्याँसुहरुका बीचमा योग,कर्म तथा भक्ति मध्य कुन मार्ग उपयुक्त हुन्छ भन्ने विषयमा चर्चा र भिन्न मतहरु सुन्ने गरिन्छ तर यी सबै मार्गहरु एकापसमा अन्तरसम्बन्धित छन् । सर्व प्रथम त  म  को हुँ, मानिसहरु किन दुखि हुन्छन्, म हुनुको कारण र मेरो कर्तब्य, मेरो अघिल्तिर बिस्तारित यो भूमि,प्रकृति,जीब,वनस्पति लगायत आकास, सुर्य र ताराहरु कसरि बने होला, कस्ले बनाए होला भन्ने जिज्ञासा नजागे सम्म हाम्रो अद्यात्म मार्ग नै अगाडि बढ्दैन । 

हुनत यो सनंसार भगवानले बनाएको हो र हामीले भगवानको पुजा, आराधना, किर्तन गरेपछि सबै कुरा पाउँछौ भन्ने हामी धेरै जना छौं । जसलाई भक्तिको मार्ग पनि भनिन्छ ।  यो कुरा हामीले हाम्रो परिवार,गुरु तथा समाजले भनेर र ग्रन्थहरु पढेर यस्तो आस्था बनाएको हुन्छौं जहाँ भगवान देख्नु,भेट्नु र अनुभब गर्नुको स्वादबाट बन्चित हुन्छौं । यस्तो परम्परा सदियौं देखि चलिरहेको छ तब न हामी कहिलेकाँही ससाना छुद्र विषयी आनन्द त पाउँछौ तर विभिन्न तनाब,दु:ख र अवसादको भुमरिमा निस्सासिदै मृत्युको मुखमा पुग्छौं । हामीले हाम्रो परिवारमा र समाजमा गरि  सयौं  मानिसको मृत्युभएको देखेका छौं कोही एकाध मात्रले मृत्युहुने बेलामा सहज हसिलो मुखमा प्राण छाडेको देख्छौ तर धेरैले मरेर सनंसार छाडिने पीडाले छटपटाउँदै मरेको देख्छौ । मृत्यृलाई अमृत बनाउन सकिने भाषण हामीले प्रवचनमा सुन्छौ,सुनेर मात्र हुनेभए त त्यस्तो पीडा हुन्नथ्यो होला त्यसैगरि हामीले राम कृष्ण र शंकरको भजन गर्दा पनि त मर्नेबेलामा त्यस्तो पीडा हुन्नथ्यो होला ! तर आँफु को हो भन्ने  अनुभब गर्नेहरुले  ईश्वरलाई पनि जान्दछन् । 

यस्ता साधकहरुले जीबनलाई बोझ र दु:ख होइन निर्भार, आनन्द र उत्सब महसुस गर्दछन र मृत्युलाई अमरतामा बदल्न सक्छन् र हासेर मर्दछन् । दु:खको मुल कारण हाम्रो यो शरीरलाई आँफु ठान्नु हो । यहीँबाट सबै कुराको भ्रान्ती सुरु हुन्छ,जसरी कमिजको पहिलो टाँक गलत लगाएपछि तल्तिरका सबै टाँक गलत लगाउँदै झरिन्छ । विचरण गरौं ! यो शरीर कस्को होला ! तपाई हामी निदाउँदा पनि हाम्रो शरीरमा सास फेराएर कस्ले बचाएको होला, रक्त र पाचन प्रणाली कसले चलाइरहेको होला ? म अहिले लेख्दैछु तर सास सोयम् चलिरहेको छ ,घोरिएर हेरिराख्दा थाहा हुन्छ कि सास हाम्रो प्रयासले हैन सोयम् अस्तित्वले फेराएको रहेछ । हाम्रो जन्म,उमेर बृद्दि र मृत्युमा पनि हाम्रो हात रहेनछ यसको अर्थ हो हाम्रो भनिएको यो शरीर हाम्रो होइन रहेछ । त्यसोभए हामी भित्र केही अर्को तत्व छ जसको उपस्थिति मात्रले हामी जीबित छौं र त्यो चीज सायद नाभीदेश वरिपरि अबस्थित छ । मलाई त यस्तो अनुभब हुन्छ कहिलेकाही कि नाभी नजिक रहेको त्यस सार्बभौम शक्ति नै ब्रम्ह हो । त्यसलाइ राम भनौं जो यस ब्रम्हान्डको मालिक हो । राम त्यहाँ बस्ने भएकोले प्रकृतिस्थ शरीरको नाक मुख हुदै सीता रुपी प्राणवायु नाभी देशमा रामको दर्शन गर्न पुग्छिन र फेरि फर्किन्छिन । जब यो बोध हुन्छ नि यो प्रकृया हेरि राख्न मन लाग्छ र आनन्द हुन्छ । प्रकृतिरुप यस ब्रम्हान्डलाई सीताको रुप मान्दछौ र यसको नियन्त्रण र संचालन गर्ने र धान्ने चेतनारुपी तत्वलाई सीताका पति प्रभु राम मान्दछन् परमात्माको साक्षातकार गर्नेहरु । जब हामी नाभी देशमा घट्ने स्वचालित सासको यो कृयालाई हेरि राख्छौ नि तब यो निर्क्यौल मा पुग्छौ कि यो शरीर हामी होइनौ,तसर्थ यसमा हुने दुख सुखका घटना पनि हाम्रो होइन मात्र साक्षी हौं तब जीबनका तमाम बोझ पनि हाम्रो होइन भन्ने महशुस हुन्छ । यो सन्सारमा भएका सबै प्राणी र सबै पदार्थ सम्पत्ति पनि त्यही नाभीमा रहने वालाको हो भन्ने भावना प्रगाढ हुन्छ जो परमात्मा हो ।  यो घटनाले सबै प्राणी र बनस्पति समेतको एकताको बोध हुन्छ ।  हाम्रो शरीर नै प्रभुको भएको आभास भएपछि यसप्रतिको श्रद्दा बढ्छ त्यो नै इमान्दारि भक्ति हो । शरीर प्रभुको भएपछि शरीरले गर्ने कामहरुलाई पनि प्रभुमा समर्पण गरिन्छ,जसलाई निस्काम कर्म भनिन्छ । त्यसैगरि प्रभुको भेउपाएपछि हर समय उसैलाई स्मरण गर्न मन लाग्छ तब निरन्तर योग घटित हुन्छ ।  ग्यान भएर प्रभुलाई चिन्न थालेपछि अनन्य भक्ति जाग्दछ तसर्थ भक्ति फल हो भने निस्काम कर्म यसको लक्षण हो ।

ताजा

मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने

२०८३ भाद्र १० गते, बुधबार

मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने

२०८३ भाद्र १० गते, बुधबार

गोपनीयताको हक कायम गर

२०८३ भाद्र ९ गते, मंगलवार

जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते

२०८३ भाद्र ८ गते, सोमबार

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

२०८३ भाद्र ४ गते, बिहीबार

अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन

२०८३ भाद्र ४ गते, बिहीबार

वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद

२०८३ भाद्र ३ गते, बुधबार

स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि

२०८३ श्रावण ३० गते, शनिबार

खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे

२०८३ श्रावण २९ गते, शुक्रबार

पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत

२०८३ श्रावण २८ गते, बिहीबार

विश्व प्रेस काउन्सिलको आग्रह किशाेर श्रेष्ठलाई तत्काल रिहा गरियाेस

२०८३ श्रावण २८ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal