वालिङलाई क्षयराेग मुक्त गराउछाैँ: नगरप्रमुख खांण

वालिङ,१० चैत- वालिङ नगरपालिकाका प्रमुख कृष्ण खांणले तीन वर्ष भित्रमा वालिङ नगरपालिकालाई क्षयरोग मुक्त बनाउने बताउनुभएकाे छ। “हो हामी क्षयरोग अन्त्य गछाैँ” भन्ने नाराका साथ वालिङ नगरपालिका वडा नम्बर १२ को सिर्सेकोट स्वास्थ्य चौकीमा आयोजित एक दिने क्षयरोग जाँच शिविरको उद्घाटन गर्दै नगरप्रमुख खांणले यस्तो बताउनुभएको हो । 

विभिन्न वडामा पुगेर घुम्ती शिविरमार्फत नागरिकलाई स्थानीय सरकारको प्रत्याभूति दिलाउनका लागि यस्ता कार्यक्रमको आयोजना गरिएको नगरप्रमुख खांणले बताउनुभयो । नागरिक स्वस्थ भए नगर स्वस्थ हुने बताउदै नागरिकलाई वडास्तरमा सहज रुपमा स्वास्थ्य सेवा प्रदान गरिएको प्रमुख खांणले भनाइ थियाे। 

कार्यक्रममा नगर उपप्रमुख कविता तिवारीले नगरपालिकाले परिणाम देखिनेगरी काम गरेको बताउनुभयाे। वालिङ नगरपालिकाभित्र ३९ जना क्षयरोग लागेका बिरामी रहेको तथ्याङ्कले देखाएको छ । जिल्लामा १ सय ३१ क्षयरोगका बिरामी रहेको तथ्याङ्क सार्वजनिक हुदाँ सबैभन्दा बढी बिरामी वालिङमै रहेको देखिएको छ ।

हरेक वडामा क्षयरोग शिविर आयोजना गर्दै क्षयरोग बिरामीको पहिचानलाई तिब्रता दिएको स्वास्थ्य शाखा प्रमुख कमल पाण्डेले बताउनुभयो । ६० जनाको स्वास्थ्य परिक्षण गर्दा ४० जना शंकास्पद र १२ जनाको खकार नमूना परीक्षणका लागि लिइएको पाण्डेले जानकारी दिनुभयाे। 

कार्यक्रममा वालिङलाई क्षयरोग मुक्त बनाउनका लागि जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा आम सर्वसाधारणले हस्ताक्षर समेत गरेका छन् । कार्यक्रममा अब टिबिलाई हटाउनु छ देशलाई जिताउनु छ लगायत लेखिएका प्लेकार्ड समेत प्रर्दशन गरिएको थियो नियमित खोकी लाग्नु, रुघाखोकी हुनु, खकारमा रगत देखा पर्नु, साँझपख ज्वरो आउनु, राति सुतेको बेलामा पसिना आउनु, तौल घट्दै जानु, खाना नरुच्नु क्षयरोगीमा देखिने टिबिका लक्षण हुन् । क्षयरोग एक व्यक्तिबाट अर्को व्यक्तिमा श्वासप्रश्वासको माध्यमबाट सर्छ ।

ताजा

ऐतिहासिक बनेको ‘घरपझोङ जलवायु सम्मेलन’

२०८३ भाद्र ३१ गते, बुधबार

ऐतिहासिक बनेको ‘घरपझोङ जलवायु सम्मेलन’

२०८३ भाद्र ३१ गते, बुधबार

आज ऋषि पञ्चमी मनाइँदै 

२०८३ भाद्र ३० गते, मंगलवार

सूर्योदय वोमी लघुवित्तद्वारा भाेटेकाेशी बाढीपीडितका लागि २५ लाख ६५ हजार सहयोग

२०८३ भाद्र २७ गते, शनिबार

चुनौतीका बीच बाल गृह सञ्चालन हुनु प्रशंसनीय : पूर्वमन्त्री गुरुङ

२०८३ भाद्र २७ गते, शनिबार

भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

२०८३ भाद्र २६ गते, शुक्रबार

इभी कार आगलागीमा भरतपुरका अमर पराजुलीको मृत्यु

२०८३ भाद्र २६ गते, शुक्रबार

लोमन्थाङ भूकम्पः ३५ घरमा तत्काल बस्न नमिल्ने

२०८३ भाद्र २६ गते, शुक्रबार

आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन

२०८३ भाद्र २६ गते, शुक्रबार

पार्टी एकताकाे लागि जति झुक्नुपर्नेहाे झुक्छु: सभापति थापा

२०८३ भाद्र २५ गते, बिहीबार

रेडियो स्याङ्जाको १८औँ वार्षिकोत्सव सम्पन्न

२०८३ भाद्र २३ गते, मंगलवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal