वालिङ नगरपालिकामा पशु स्वास्थ्य शिविर सम्पन्न


मणी प्रसाद अर्याल
वालिङ,५ चैत-वालिङ नगरपालिकाले पशु सेवा शाखाको वार्षिक स्विकृत कार्यक्रम अन्तरगत वालिङ नगरपालिका भित्रका वडामा निशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न गरेको छ । केहि समय अगाडि किसानहरुको उत्पादनको आधारमा अनुदान दिने मनसायले प्रति लिटर दुधमा दश रुपैयाँ अनुदान दिने निणर्य गरेको नगरपालिकाले कृषकको मनोवल उच्च बनाउनको निम्ति घरमै गएर पशुको स्वास्थ्य उपचार र निशुल्क औषधी वितरण गरिएको छ ।
वालिङ नगरपालिका वडा न १०,१२,१३ र १४ मा गाई, भैसी, बाख्रा, बंगुर,कुकुर गरि करिव चार हजार पशुको स्वास्थ्य जाँच गरिएको नगरपालिकाले जानाएको छ ।
पशु स्वास्थ्य शिविरमा आन्तरिक र बाहिरी परिजिवि, बाझोपन, गोवर परिक्षण, थुनेलो परिक्षण, बन्धायकरण रेविज भ्याक्सिन र औषधी निशुल्क वितरण गरिएको शाखा प्रमुख माधव डुम्रेले जानकारी दिनुभयो ।
पशुहरुमा रेविज भ्याक्सिन र सरुवा रोगबाट मानिसलाई हुने जोखिमको न्युनिकरण र स्वस्थ मासु, दुध उत्पादनलाई प्रोत्साहन र किसाानहरुको सहजताको लागि यो कार्यक्रम सञ्चालन गरिएको नगरप्रमुख कृष्ण खाँणले जानकारी दिनुभयो ।
उत्पादनको आधारमा कृषकलाई अनुदान दिने र वालिङ नगरपालिका भित्रका नागरिकले उत्पादन गरेको मसु, दुधको बजार व्यवस्थापनमा नगरपालिका प्रतिबद्ध रहेको र वजार ग्यारेण्टी गर्ने नगर उपप्रमुख कविता तिवारीले बताउनुभयो ।
किसानहरुले घरमै पशु चौपायको स्वास्थ्य परिक्षण गर्न पाउदा खुसी भएका छन । समय समयमा कृषकहरुको आवश्यकतालाई मध्यनजर गरि नगरपालिकाले प्रभावकारी रुपमा यस्ता कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने कृषकहरुको भनाइ छ ।

ताजा

सिद्धार्थ राजमार्गबाट नियन्त्रित लागूऔषधसहित दुई जना पक्राउ

२०८३ असार ३२ गते, बिहीबार

सिद्धार्थ राजमार्गबाट नियन्त्रित लागूऔषधसहित दुई जना पक्राउ

२०८३ असार ३२ गते, बिहीबार

पहिरोमा पुरिँदा ६५ वर्षीय धनबहादुरको मृत्यु

२०८३ असार ३२ गते, बिहीबार

निजी मिडियालाई सरकारी विपज्ञापन प्रतिबन्ध लगाउने सरकारकाे निर्णय  सर्वोच्चद्वारा बदर

२०८३ असार ३० गते, मंगलवार

विश्वकै ठूलो शालिग्राम शिला डुबानमा, पूजाअर्चना बन्द

२०८३ असार ३० गते, मंगलवार

मानवअधिकार एलायन्स स्याङ्जाले मनायाे २७औँ स्थापना दिवस

२०८३ असार २९ गते, सोमबार

वालिङ नगरपालिकाको २०औँ नगरसभाबाट ८९ करोड बढीकाे बजेट पारित

२०८३ असार २८ गते, आईतवार

श्रमजीवी पत्रकारको करार नतोड्न  नेपाल पत्रकार महासंघको आग्रह

२०८३ असार २६ गते, शुक्रबार

मापदण्ड विपरीत पशुचौपाया ढुवानी गर्ने व्यक्ति पक्राउ

२०८३ असार २६ गते, शुक्रबार

विद्युत् सर्ट भई आगलागी हुँदा दुई बाख्रा र पाँच कुखुरा जले

२०८३ असार २६ गते, शुक्रबार

आत्मदाहकाे प्रयास गरेका गणेशकाे निधन

२०८३ असार २६ गते, शुक्रबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal