वालिङ नगरपालिकामा पशु स्वास्थ्य शिविर सम्पन्न
मणी प्रसाद अर्याल
वालिङ,५ चैत-वालिङ नगरपालिकाले पशु सेवा शाखाको वार्षिक स्विकृत कार्यक्रम अन्तरगत वालिङ नगरपालिका भित्रका वडामा निशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न गरेको छ । केहि समय अगाडि किसानहरुको उत्पादनको आधारमा अनुदान दिने मनसायले प्रति लिटर दुधमा दश रुपैयाँ अनुदान दिने निणर्य गरेको नगरपालिकाले कृषकको मनोवल उच्च बनाउनको निम्ति घरमै गएर पशुको स्वास्थ्य उपचार र निशुल्क औषधी वितरण गरिएको छ ।
वालिङ नगरपालिका वडा न १०,१२,१३ र १४ मा गाई, भैसी, बाख्रा, बंगुर,कुकुर गरि करिव चार हजार पशुको स्वास्थ्य जाँच गरिएको नगरपालिकाले जानाएको छ ।
पशु स्वास्थ्य शिविरमा आन्तरिक र बाहिरी परिजिवि, बाझोपन, गोवर परिक्षण, थुनेलो परिक्षण, बन्धायकरण रेविज भ्याक्सिन र औषधी निशुल्क वितरण गरिएको शाखा प्रमुख माधव डुम्रेले जानकारी दिनुभयो ।
पशुहरुमा रेविज भ्याक्सिन र सरुवा रोगबाट मानिसलाई हुने जोखिमको न्युनिकरण र स्वस्थ मासु, दुध उत्पादनलाई प्रोत्साहन र किसाानहरुको सहजताको लागि यो कार्यक्रम सञ्चालन गरिएको नगरप्रमुख कृष्ण खाँणले जानकारी दिनुभयो ।
उत्पादनको आधारमा कृषकलाई अनुदान दिने र वालिङ नगरपालिका भित्रका नागरिकले उत्पादन गरेको मसु, दुधको बजार व्यवस्थापनमा नगरपालिका प्रतिबद्ध रहेको र वजार ग्यारेण्टी गर्ने नगर उपप्रमुख कविता तिवारीले बताउनुभयो ।
किसानहरुले घरमै पशु चौपायको स्वास्थ्य परिक्षण गर्न पाउदा खुसी भएका छन । समय समयमा कृषकहरुको आवश्यकतालाई मध्यनजर गरि नगरपालिकाले प्रभावकारी रुपमा यस्ता कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने कृषकहरुको भनाइ छ ।
ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार





















