प्रकृति र संस्कृतिलाई घरवासमार्फत जोड्दै पसगाउँ

गण्डकी,३० फागुन- ढुङ्गैढुङ्गाले छपक्क छापिएको गाउँ जसको शिरमा क्होंमे्रडाँडा छ भने पुछारमा अचम्मका प्रकृतिले कुँदिएका शिला अनि फुक्दा भ्वाँभ्वाँ बज्ने प्राकृतिक बाजा । प्रकृतिले मात्रै नभइ संस्कृतिले पनि सजिएको ऐतिहासिक गाउँको पहिचान बनाएको छ लमजुङको क्हेलासोँथर गाउँपालिका–६ स्थित पसगाउँ । 

समुद्री सतहबाट एक हजार छ सय ५० मिटरको उचाइमा रहेको यो गाउँको प्राचीन मौलिकतालाई जगेर्ना गर्दै गुरुङ समुदायको कृष्णचरित्र नृत्य, सारङ्गी नृत्य, झ्याउरे नाच, सती घाटु नाचलगायत लोपोन्मुख संस्कृतिलाई जोगाएर राखिएको छ ।

गाउँको प्रकृति र संस्कृतिलाई पर्यटनसँग जोड्ने लक्ष्यका साथ पसगाउँमा विसं २०६० देखि घरवास९होमस्टे० सञ्चालन गर्दै आइएको पसगाउँ सामुदायिक होमस्टेका अध्यक्ष एवं क्होलासोँथर गाउँपालिकाका अध्यक्ष सूर्यप्रसाद गुरुङले बताउनुभयो । “पर्यटनको विकासलाई लक्षित गरी प्रकृति र संस्कृतिलाई होमस्टेमार्फत जोड्ने गरी निरन्तर लागिरहेका छौँ”, उहाँले भन्नुभयो, “प्राचीन मौलिकताको जगेर्ना गर्दै पर्यटनको विकाससँगै स्थानीयको आजआर्जन वृद्धि गरी समृद्धि हासिल गर्नु हाम्रो लक्ष्य छ ।” 

होमस्टेमा प्रत्येक दिन एक सयसम्म पर्यटक राख्न सकिने होमस्टेका अध्यक्ष गुरुङले बताउनुभयो । “स्थानीय मौलिकतालाई जोगाउनका लागि ढुङ्गाले छाएका घरलाई संरक्षण गरिएका छन् । गाउँका चोक तथा बाटो पनि ढुङ्गाले छापिएका छन्”, उहाँले भन्नुभयो ।

यहाँका एक सय ५३ घरधुरीमध्ये अधिकांशका छाना ढुङ्गाबाटै छाइएका स्थानीय चन्द्रबहादुर गुरुङले बताउनुभयो । विगतमा यहाँ भेडापालन राम्रो हुने गरे पनि पछिल्लो समय कृषिप्रतिको अनिच्छासँगै भेडापालनमा कमी आएको उहाँको भनाइ छ ।

पछिल्ला समय युवा जनशक्ति विदेशिने क्रमको असर रमणीय गाउँहरूले भोगिरहेको बताउँदै चन्द्रबहादुरले यसबाट पसगाउँ पनि अछुतो नबनेको उल्लेख गर्नुभयो । 

यहाँको मौलिकता जोगाउनका २०६० सालदेखि होमस्टे एकजुट भएर लागिरहेको बताउँदै ७८ वर्षीय पदमबहादुर गुरुङले गाउँको शिरको क्होंमे्रडाँडा, पुछारमा रहेका कलात्मक प्राकृतिक शिला, भ्वाँभ्वाँ बाजालगायत वस्तुले यहाँको पहिचान बनाएको उल्लेख गर्नुभयो ।

कैलाश पर्वत जस्तै देखिने शिलाका साथै विभिन्न देवीदेवताका आकृतिका शिलाले यहाँको धार्मिक महत्वलाई पनि उजागर गरेको पदमबहादुरले बताउनुुभयो । गाउँ भन्दा तल रहेका प्राकृतिक शिलाको अध्ययन अनुसन्धान आवश्यक रहेको भन्दै यी शिलालाई गाउँको पर्यटनसँग जोड्नु अपरिहार्य रहेको उहाँले बताउनुभयो ।

शिला रहेको क्षेत्रस्थित सेतो भिरमा प्राचीनकालदेखि लामा बस्ने विश्वास रहेको भन्दै पदमबहादुरले प्रत्येक साउने सङ्क्रान्तिमा लुतो फाल्ने समयमा यस भिरमा बन्दुक पड्काउने प्राचीन विश्वास रहेको उल्लेख गर्नुभयो । “मैले बाल्यावस्थामा साउने सङ्क्रान्तिको दिन साँझ लुतो फल्ने समयमा बन्दुक पड्किएको प्रत्यक्ष अनुभूति गरेको छु”, उहाँले भन्नुभयो । 

यहाँस्थित ठूलो शिलाको फेदमा रहेको देवीको प्राकृतिक मूर्तिलाई स्थानीयले अत्यन्त श्रद्धाविश्वासका साथ पूजाआजा गर्ने गरेको उल्लेख गर्दै पदमबहादुरले पूजा गरेमा मनले चिताएको पुग्ने विश्वास रहेकाले यहाँको धार्मिक महत्व झनै बढेको बताउनुभयो ।

यहाँस्थित ढुङ्गाको प्वालमा फुकेर भ्वाँभ्वाँ गरी बजाउने प्राकृतिक बाजा पनि अर्को महत्वपूर्ण आकर्षण रहेको स्थानीय पदमबहादुरको भनाइ छ । ढुङ्गाको प्वालबाट फुक्दा वरपरका गाउँसम्म सुनिने गरी भ्वाँभ्वाँ बज्ने भएकाले यसलाई भ्वाभ्वाँ बाजा भनिएको उहाँले जानकारी दिनुभयो ।

गाउँमा होमस्टे सञ्चालनमा आएसँगै पोखरालगायत विभिन्न स्थानबाट पर्यटक आउने गरेका पसगाउँ सामुदायिक होमस्टेका पूर्वअध्यक्ष बलराम गुरुङले बताउनुभयो । गाउँमा कूल एक सय ५३ घरमध्ये अधिकांश गुरुङ समुदायका रहेका बताउँदै उहाँले हाल २१ घरमा होमस्टे सञ्चालन भइरहेको जानकारी दिनुभयो । 

सुरुमा तीना घरबाट होमस्टे सुरु गरिएको भन्दै बलरामले यहाँ आएका पर्यटक खुसी भएर फर्कने गरेको अनुभव सुनाउनुभयो । पसगाउँ आइपुग्न अझै पनि बाटो राम्रोसँग व्यवस्थित भइनसकेको बताउँदै उहाँले बाटोलगायतका पूर्वाधार निर्माण गर्न सके पर्यटकको आगमन बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

पसगाउँ आउन विभिन्न बाटा रहेका छन् । लमजुङको बेँसीसहरबाट घलेगाउँ, भुजुङ हुँदै यहाँ आउन सकिन्छ भने बेँसीहरबाटै मालिङ, साल्मे भञ्ज्याङ हुँदै पनि आउन सकिन्छ । पोखराबाट कालिका हुँदै, रामबजार कर्पुटार हुँदै यहाँ आउने सवारीसाधन सञ्चालन हुन्छन् । 

पोखराहुँदै यहाँ आउनका लागि कास्कीको मादीतर्फको बाटो व्यवस्थित नहुँदा यात्रुले समस्या भोग्दै आएका यातायात व्यवसायी अनिल गुरुङले बताउनुभयो । मादीतर्फका केही खण्डमा सडक व्यवस्थित गर्न सकेमा नियमित आवतजावत सहज बन्ने उहाँको भनाइ छ । 

प्रकृति र संस्कृतिले सम्पन्न पसगाउँसम्म पुग्ने सडकलाई स्तरोन्नति गर्न राज्यको ध्यान पुग्नु जरुरी रहेको नेपाल उद्योग तथा व्यवसायी महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष बोबरजङ्ग गुरुङले बताउनुभयो । “प्रकृति र संस्कृतिले सम्पन्न गाउँमा पर्यटक पुग्नका लागि सडक सञ्जाल व्यवस्थित हुनु अपरिहार्य छ”, उहाँले भन्नुभयो, “राज्यले सडक व्यवस्थित गरिदिएमा यहाँका स्थानीय पर्यटकीय गतिविधि बढाउन थप अग्रसर हुनेछन् ।”

प्रचारप्रसार र प्रवर्द्धनका माध्यमबाट रमणीय गाउँलाई पर्यटनसँग जोड्न सकिने नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख नवीन पोख्रेलले बताउनुभयो । स्थानीयको जागरुकतासँगै पर्यटन प्रवर्द्धनमा बोर्डका तर्फबाट सक्दो सहयोग गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । रासस

ताजा

३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न

२०८३ बैशाख १३ गते, आईतवार

३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न

२०८३ बैशाख १३ गते, आईतवार

गृहमन्त्री सुधन गुरुङद्वारा राजीनामा

२०८३ बैशाख ९ गते, बुधबार

आज मातातीर्थ औँसी

२०८३ बैशाख ४ गते, शुक्रबार

वालिङ एक्स्पाेले यश क्षेत्रकाे पहिचानमा सहयाेग पुर्याउने छ : नगरप्रमुख खाँण

२०८२ चैत्र २६ गते, बिहीबार

पूर्वगृहमन्त्री रमेश लेखक रिहा

२०८२ चैत्र २६ गते, बिहीबार

पूर्वप्रधानमन्त्री ओलीलाई हाजिरी जमानीमा परिवारको जिम्मा लगाइयो

२०८२ चैत्र २६ गते, बिहीबार

लेबनान आक्रमणले युद्धविराम सङ्कटमा

२०८२ चैत्र २६ गते, बिहीबार

सरकारद्वारा अमेरिका–इरान युद्धविराम सम्झौताको स्वागत

२०८२ चैत्र २६ गते, बिहीबार

पोखरा सभागृहचोकमा महिलाको हत्या

२०८२ चैत्र २६ गते, बिहीबार

आज देखि वालिङमा प्रथम ओमकार इभेन्ट एक्स्पाे सुरु

२०८२ चैत्र २६ गते, बिहीबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal