आँधीखोला सञ्चार सहकारीका नवनिर्वाचित समितिको पदस्थापन
वालिङ,१ चैत- आँधीखोला सञ्चार सहकारी संस्था लिमिटेड तथा रेडियो आँधीखोला एफएम १०५.४ मेगाहर्जकाे नवनिर्वाचित सञ्चालक समिति एवं लेखा समितिलाई प्रमाणपत्र वितरण तथा पदस्थापन कार्यक्रम सम्पन्न भएको छ ।

१८औँ साधारण सभा तथा छैठौँ अधिवेसनद्धारा निर्वाचित समितिलाई बिहीबार रेडियो भवनमा एक कार्यक्रमका बीच प्रमाणपत्र वितरण तथा पदस्थापन गरिएकोे हो ।
कार्यक्रममा गण्डकी प्रदेशका सांसद कल्पना तिवारीले रेडियोलाई प्रविधिमय बनाउन आवश्यक रहेको बताउनुभयो । २१औँ शताब्दीसम्म आईपुग्दा संचारले खेलेको भुमिका महत्वपुर्ण रहेको भन्दै बढ्दो प्रविधिको विकास भईरहेका बेला रेडियोलाई समेत समय सापेक्ष रुपमा अगाडि बढाउन आवश्यक रहेको बताउदै आँफुले रेडियाेकाे विकासकाे लागि सक्दो पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेकपा एमाले वालिङ नगर कमिटी अध्यक्ष शोभाकान्त पौडेलले वालिङका संस्थाहरु मध्ये आँधीखोला संचार सहकारी नमुना बन्न सक्नुपर्ने भन्दै संचार संस्थाले सकरात्मक संदेश प्रवाह गर्ने काम गर्न नवनिर्वाचित समितिलाई आग्रह गर्दै बधाई व्यक्त गर्नुभयो ।

कार्यक्रममा रेडियोका नवनिर्वाचित अध्यक्ष शान्ता थापाले आवाज विहिनहरुको आवाज बन्दै आएको रेडियोलाई थप चुस्तदुरुस्त बनाउनका लागी आफ्नो टिम लागिपर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका नगर अध्यक्ष युक्तप्रसद तिवारीले समेत आफ्ना भनाई राख्नुभएको थियो । कार्यक्रममा निर्वाचन अधिकृत धु्रवप्रसाद शर्मापंगेनीले नवनिर्वाचित टिमलाई सपथ खुवाउनुभएको थियो ।
निर्वतमान अध्यक्ष नेत्रप्रसाद पाण्डेले निर्वाचित अध्यक्ष थापालाई माईन्युट हस्तान्तरण गर्दै रेडियोलाई अग्र स्थानमा पुर्याउन नयाँ समितिसंग हातेमालो गर्दै जाने बताउनुभयो ।

ताजा
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार
बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकी बाढीले घर सहित बेलिब्रज बगायाे
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकी नदीमा बाढी तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
२०८३ आश्विन २५ गते, आईतवार
स्याङ्जाका मीनप्रसाद गुरुङ सहित दस जना एमाले केन्द्रीय कमिटी सदस्यमा मनाेनीत
२०८३ आश्विन २४ गते, शनिबार





















