अठार वर्षपछि स्वदेश फर्केर बाख्रापालन गर्दै गुरुङ
फाइल तस्विरः
गल्याङ,३० फागुन-गल्याङ नगरपालकिा-६ पडिीँखोलास्थति सस्निेरीका लालप्रसाद गुरुङले गाउँमा बाख्रापालक कसिानको पहचिान बनाउनुभएको छ । भारत, सङ्गिापुर, मलेसयिा, कङ्गो, कुवेतलगायत देशमा १८ वर्ष रोजगार गरेर फर्कएिपछ िउहाँले गाउँमै बाख्रापालन व्यवसाय सुरु गर्नुभएको हो ।
परम्परागत रूपमा बाउबाजेले गरेको बाख्रापालनलाई वस्थिापति गरेर आधुनकि बाख्रापालन गर्ने सोचसहति गुरुङले अढाई वर्षपहलिे रु पाँच लाख लगानी गरेर कृष्टनिा गुरुङ बोयर बाख्रा तथा कृष िपशुपक्षी फार्ममार्फत १२ बाख्राबाट व्यवसाय सुरु गर्नुभएको थयिो ।
गुरुङले २०७८ सालमा म्याग्दीबाट रु एक लाख ५० हजार बोयर बाख्राको पाठो र चापकोटबाट रु एक लाख २० हजार बोयर माउ ल्याएर बाख्रापालन थालेको बताउनुभयो । “बाख्रापान गर्दै जाँदा रु सात लाख लगानी गरेर आधुनकि खोर बनाएँ,” उहाँले भन्नुभयो, “फार्ममा अहलिे ५६ बाख्रा छन् ।” गुरुङको फार्म चरन क्षेत्र, घाँसे बारी, खोरसहति १५ रोपनी क्षेत्रफलमा फैलएिको छ ।
“लामो समय वदिेश बस्दा पन िखासै उपलब्ध िहुन सकेन, अलअिल िकमाएको पैसाले बाख्रापालन गरेर परविारसँग बस्छु भन्ने सोच थयिो, युट्युब हेर्दै जाँदा नेपालमा बोयर बाख्राको राम्रो सम्भावना रहेको देखेँ”, उहाँले भन्नुभयो, “हाम्रोजस्तो ठाउँमा सधिै बाहरिबाट ल्याएको शुद्ध बोयर राम्रो नहुने भएकाले खरी जातका बाख्रामा बोयर क्रस गरेर बाख्रा पाल्दै आएको छु ।” गुरुङले खोर नर्मिाण, घाँस रोपण, चरन क्षेत्र व्यवस्थापनलगायत संरचनामा अहलिेसम्म रु १८ लाख लगानी पुगेको सुनाउनुभयो ।
उहाँले खरी जातका बाख्रामा बोयर क्रस गर्दै शुद्ध बोयर बनाउने लक्ष्यका साथ बाख्रापालन सुरु गरेको बताउनुभयो । “हाल मेरो फार्ममा ७५ प्रतशित, ६२ प्रतशित र ५० प्रतशितका बोयर बाख्रा रहेका छन्”, उहाँले भन्नुभयो, “आगामी तीन वर्षमा शत्प्रतशित बोयर बाख्रा बनाउने उद्देश्य छ ।”
गुरुङले कोरोनाकालमा लकडाउनले गर्दा बाख्रापालन व्यवसायलाई सोचेअनुसार गत िदनि नसकेको गुनासो गर्नुभयो । “स्वदेश फर्केर बाख्रापालन गर्छु भन्ने सोचले रकम जम्मा पारेको थएिँ”, उहाँले भन्नुभयो, “स्वदेश फर्कएिपछ िलकडाउन भयो, सोचेजस्तो लगानी गर्न सकएिन, लगानीको अभावमा व्यवसाय वस्तिारमा अल्ल िढलिा भयो ।”
अहलिे व्यवसाय राम्रो हुँदै गएको उहाँले बताउनुभयो । “उत्पादन गर्न सके बजार पन िराम्रो छ”, गुरुङले भन्नुभयो, “प्रतकिलिो रु नौ सय ५० मा वालङि बजारमै काटेको मासु बक्रिी गर्दै आएको छु, उत्पादन कम भएकाले बाहरिको माग धान्न सकरिहेको छैन ।”
खोर अग्लो भएका कारण जाडो मौसममा समस्या देखनिे गरेको सुनाउँदै उहाँले हालसम्म वभिन्नि रोगका कारण ४४ बाख्रा मरेको बताउनुभयो । गुरुङले पशुपक्षीमा स्वास्थ्य समस्या आएमा गल्याङ नगरपालकिाको पशु स्वास्थ्य समूहले तत्काल सेवा दँिदा आफूलाई सहज भएको बताउनुभयो ।
जल्लिा पशु वज्ञिबाट खोर सुधार कार्यक्रमअन्तर्गत रु एक लाख ५० हजार र नगरपालकिाले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत रु ३३ हजार अनुदान दएिको उहाँले सुनाउनुभयो । गाउँमा गरेको व्यवसाय फस्टाउँदै गएपछ िगाउँलेहरू र वभिन्नि सामाजकि व्यक्तत्विले व्यवसायलाई थप वस्तिार तथा व्यवस्थति गराउन सुझाव दनिे गरेको उहाँले बताउनुभयो ।
उहाँले चरन क्षेत्रको पन िराम्रो सुवधिा भएको बताउनुभयो । “बाख्रापालन गर्दा घाँसको व्यवस्थापन गरेर पाल्न सकयिो भने उत्पादन लागत मूल्य घट्न जान्छ”, गुरुङले भन्नुभयो, “मैले स्थानीय जातका घाँसबाहेक उन्नत जातका १२ प्रकारका घाँस लगाएको छु ।”
उहाँले करबि चार सय बोट सुन्तला पन िलगाउनुभएको छ । उहाँका सुन्तला बगैँचामा केहीले उत्पादन दएिका छभने केहीले नकिट भवष्यिमै उत्पादन दनिे बताउनुभयो । गुरुङ बहिान ४ः३० देख िसाँझ छ बजेसम्म नै बाख्राको स्याहारसुसार र रेखदेखमा खटनिे गर्नुहुन्छ । उहाँको कामलाई श्रीमती भीमकुमारी गुरुङले पन िराम्रो साथ दँिदै आउनुभएको छ । उहाँका एक छोरी पन िहुनुहुन्छ ।
गुरुङलाई १८ वर्ष वदिेश बसेकामा पछुतो छ । उहाँले वदिेशको श्रम स्वदेशमा गर्ने हो भने वदिेशभन्दा राम्रो कमाई गर्न सकनिे अनुभव सुनाउनुभयो । गुरुङले आफूले गर्ने कामको प्रावधिकि ज्ञान लएिर नरिन्तर काम गर्न सकेमा सफलता प्राप्त हुने वश्विास व्यक्त गर्नुभयो । उहाँले कृषकलाई आधुनकि प्रवधिसिहतिका तालमिको व्यवस्था नरिन्तर गरदिनि सरोकारवालासँग आग्रह गर्नुभयो ।
ताजा
भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो
२०८३ आश्विन ४ गते, आईतवार
भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो
२०८३ आश्विन ४ गते, आईतवार
रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार
२०८३ आश्विन ४ गते, आईतवार
चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु
२०८३ आश्विन १ गते, बिहीबार
वालिङमा हाइस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
२०८३ आश्विन १ गते, बिहीबार
ऐतिहासिक बनेको ‘घरपझोङ जलवायु सम्मेलन’
२०८३ भाद्र ३१ गते, बुधबार
आज ऋषि पञ्चमी मनाइँदै
२०८३ भाद्र ३० गते, मंगलवार
सूर्योदय वोमी लघुवित्तद्वारा भाेटेकाेशी बाढीपीडितका लागि २५ लाख ६५ हजार सहयोग
२०८३ भाद्र २७ गते, शनिबार
चुनौतीका बीच बाल गृह सञ्चालन हुनु प्रशंसनीय : पूर्वमन्त्री गुरुङ
२०८३ भाद्र २७ गते, शनिबार
भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार
२०८३ भाद्र २६ गते, शुक्रबार





















