रेडियो सुन्ने वातावरण सृजना गर्न रेडियो वितरण

वालिङ,२६ फागुन- आँधीखोला संचार सहकरी संस्था लिमिटेड तथा रेडियो आँधीखोला १०५.४ मेगाहर्ज वालिङ ८ ले रेडियो वितरण गरेको छ । संस्थाको १८औँ वार्षिक साधारण सभा तथा छैटौँ अविधेशनको अवसरमा आफ्ना सदस्यहरुलाई रेडियो वितरण गरेको हो । 

संचार जगतमा रेडियोको भूमिका अतुलनिय रहेको भन्दै पछिल्लो समय सामाजिक संजालहरुको विकास भईरहेका बेला रेडियोलाई समय सापेक्ष अगाडि बढाउँदै रेडियो सुन्नु बानीको विकास गर्न रेडियो वितरण गरिएको संस्थाले जनाएको छ ।

शनिबार रेडियो भवनमा आयोजित साधारण सभा अधिवेशनको उद्दघाटन गर्दै गण्डकी प्रदेशका अर्थ तथा विकास समितिका सभापति भोजराज अर्यालले रेडियोको माध्यमबाट नागरिक सचेत हुँदै देश विदेशमा भईरहेका घटनाक्रमलाई नजिकबाट नियाल्ने अवसर प्राप्त गरेको बताउनुभयो ।

कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य कल्पना तिवारी, नेपाली कांग्रेस जिल्ला कार्यबहाक सभापति केदार काफ्ले, नेकपा एमालेका नगर अध्यक्ष शोभाकान्त पौडेल, नेकपा माओवादीका भक्तबहादुर गोतामे, राप्रपाका युक्तप्रसाद तिवारी लगायतले बाेल्नुभएकाे थियाे। २०६३ मा संस्था दर्ता गरी २०६४ मंसिर ६ गते जिल्लाकै पहिलो आवाजको रुपमा रेडियो आँधीखोलाले परीक्षण प्रसारण शुरु गरेको हो । रेडियो अहिले स्याङ्जा सहित, पर्वत, गुल्मी, पाल्पा, अर्घाखाँची, कास्की सहित गण्डकी र लुम्बिनीका विभिन्न  जिल्लामा १०५.४ मेगाहर्जमा सुन्न सकिन्छ भने वेभसाईड धधध।चबमष्यबबमजष्पजयबि।यचन र हाम्रो पात्रो एपमा विश्वभर सुन्न सकिन्छ । रेडियो दैनिक १८ घण्टा प्रशारण हुँदै आएको छ ।

ताजा

सङ्घीय मामिला मन्त्रालयको जिम्मा न्यौपानेलाई

२०८२ असार ३१ गते, मंगलवार

सङ्घीय मामिला मन्त्रालयको जिम्मा न्यौपानेलाई

२०८२ असार ३१ गते, मंगलवार

स्याङ्जामा ७९ प्रतिशत बजेट खर्च

२०८२ असार २७ गते, शुक्रबार

बुद्धको प्रतिमा र राताम्मे पहाड

२०८२ असार २५ गते, बुधबार

स्याङ्जाका चार उत्कृष्ट कृषक सम्मानित

२०८२ असार २५ गते, बुधबार

मुस्ताङमा दुई पक्कि पुल सहि छ पुलमा क्षती

२०८२ असार २४ गते, मंगलवार

बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगायो, ठुलो जनधनको क्षति भएको आशङ्का

२०८२ असार २४ गते, मंगलवार

कालीगण्डकीमा व्यावसायिक अकबरे खुर्सानीखेती

२०८२ असार २० गते, शुक्रबार

मेची महाकाली मिडिया साेसाइटी द्वारा आयाेजित जलवायु संवाद

२०८२ असार २० गते, शुक्रबार

भीरकोटमा उत्कृष्ट कृषक सम्मानित

२०८२ असार १९ गते, बिहीबार

विश्वकै ठुलो शालिग्राम शिला एक महिनादेखि डुबानमा

२०८२ असार १९ गते, बिहीबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal