वालिङ महोत्सवमा कृषि जन्य वस्तुको प्रदर्शनीको लागि निशुल्क स्टल

वालिङ,८ माघ- यही माघ १८ गते देखि वालिङदमा हुन गहिरहेको ८ औँ वालिङ महोत्सवमा कृषि जन्य वस्तुहरुको प्रदर्शनीका लागि महोत्सवको आयोजक वालिङ उद्योग वाणिज्य संघले निशुल्क स्टल उपलब्ध गराउनेभएको छ ।

वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष एवं महोत्सव मुलआयोजक समितका संयोजक चेतनारायण श्रेष्ठले महोत्सवमा जिल्लाका पालिकाहरुबाट आफ्नो पालिकामा उत्पादन भएका कृषि जन्य वस्तुहरुको प्रदर्शन गर्नका लागि महोत्सव .स्थलमा निशुल्क स्टल उपलब्ध गराउने बताउनुभयो ।
कृषि प्रति आकर्षण बढाएर स्थानीय स्तरमा रोजगारी सिर्जना गर्ने उद्देश्यले आफुहरुले यो निणर्य गरेको समेत अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य एवं ८ औँ वालिङ महोत्सवका निर्देशक शोभाकान्त पौडेलले वालिङ उद्योग वाणिज्य संघले विगत देखि गर्दै आएको महोत्वस वालिङ बासीको मात्रै नभएर समग्र स्याङ्जा जिल्लाकै पहिचान भएकोले महोत्सवलाई भब्य रुपमा सम्पन्न गर्नुपर्ने बताउदै त्यसको तयारीमा आफुहरु लागि परेको समेत बताउनुभयो ।
महोत्सवले यस क्षेत्रमा आर्थिक चलायमान बनाउने बताउदै स्थानीय ब्यापारीहरुलाई महोत्सव स्थलमा स्टल राखेर आफ्नो ब्यापार ब्यावसायको प्रवद्धन गर्न समेत आग्रह गर्नुभयो ।
वालिङ उद्योग वाणिज्य संघकी बरिष्ठ उपाध्यक्ष अनुपमा ढुगांनाले महोत्सवको अवधिमा १० करोड बढिको कारोबार हुने लक्ष्य वालिङ उद्योग वाणिज्य संघको रहेको बताउनुभयो ।
महोत्सवको तयारी तिब्र पारिएको बताउदै आ-आफ्नो ठाउँबाट सहयोग गर्न समेत बरिष्ठ उपाध्यक्ष ढुगांनाले आग्रह गर्नुभयो । यही माघ १८ गते देखि २८ गते सम्म वालिङ खेल मैदानमा हुने महोत्सवको प्रचारप्रसार कार्यलाई तिब्र पारिएको छ ।

ताजा

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग

२०८३ आश्विन ५ गते, सोमबार

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग

२०८३ आश्विन ५ गते, सोमबार

भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो

२०८३ आश्विन ४ गते, आईतवार

रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार

२०८३ आश्विन ४ गते, आईतवार

चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु

२०८३ आश्विन १ गते, बिहीबार

वालिङमा हाइस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते

२०८३ आश्विन १ गते, बिहीबार

ऐतिहासिक बनेको ‘घरपझोङ जलवायु सम्मेलन’

२०८३ भाद्र ३१ गते, बुधबार

आज ऋषि पञ्चमी मनाइँदै 

२०८३ भाद्र ३० गते, मंगलवार

सूर्योदय वोमी लघुवित्तद्वारा भाेटेकाेशी बाढीपीडितका लागि २५ लाख ६५ हजार सहयोग

२०८३ भाद्र २७ गते, शनिबार

चुनौतीका बीच बाल गृह सञ्चालन हुनु प्रशंसनीय : पूर्वमन्त्री गुरुङ

२०८३ भाद्र २७ गते, शनिबार

भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

२०८३ भाद्र २६ गते, शुक्रबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal