धूमधामका साथ रामको प्राणप्रतिष्ठा
आशा साह
काठमाडौं,८ माघ– अन्ततः आज (सोमबार) भारतको अयोध्यामा नवनिर्मित भगवान् राम मन्दिरको प्राणप्रतिष्ठा गरिएको छ । पाँच सय वर्षको प्रतीक्षापछि आज भगवान् श्रीराम आफ्नो भव्य र दिव्य मन्दिरमा बास गरेका छन् । यसका लागि अयोध्या सहरलाई हजारौँ क्विन्टल फूलले दुलही झैँ सिँगारिएको छ ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको उपस्थितिमा अभिषेकको अनुष्ठान गरिएको हो । यो कार्यक्रम सोमबार मध्याह्न १२ः०५ बाट सुरु भई १२ः५५ बजेसम्म चलेको थियो ।
अयोध्यामा भएको रामलालाको जीवनको अभिषेक देशभर गुन्जिरहेको छ भने र यसलाई मानिसले दीपावलीजस्तै मनाइरहेका छन् ।
मूर्तिको अभिषेकपछि जनवरी २३ अर्थात् माघ ९ गते मङ्गलबारबाट मन्दिर सर्वसाधारणका लागि खुला गरिनेछ । अरुण योगीराजले भगवान् रामको ऐतिहासिक मूर्ति बनाउनुभएको हो भने बिहीबार मन्दिरको गर्भगृहमा ५१ इन्चको नयाँ मूर्ति राखिएको छ । भारतसँगै विदेशमा पनि रामललाको अयोध्यामा भएको प्राणप्रतिष्ठा कार्यक्रमको निकै चर्चा भइरहेको छ । यसैगरी, भारतको अयोध्यामा नवनिर्मित भगवान् राम मन्दिरको प्राणप्रतिष्ठाको अवसरमा आज जनकपुरधामस्थित जानकी मन्दिरमा सवा लाख दीप बालिने भएको छ ।
राम मन्दिरको प्राणप्रतिष्ठाका अवसरमा एक लाख २५ हजार दीप बाल्नुका साथै विशेष आरती हुँदैछ । आजको दिनलाई उत्सवको रूपमा मनाउन जनकपुरवासीलाई आग्रह गरिएको छ ।
राम मन्दिरको प्राणप्रतिष्ठाका लागि जानकी मन्दिरको तर्फबाट चाँदीका धनुषवाणलगायत सुनचाँदीका विभिन्न गहना, लत्ताकपडा, फलफूललगायत तीन हजार बढी कोसेली अध्योया पठाइएको थियो ।
राम मन्दिरको प्राणप्रतिष्ठामा सहभागी हुन जानकी मन्दिरका महन्थ रामतपेश्वर दास र मन्दिरका उत्तराधिकारी रामरोशन दास बिहीबार नै अयोध्या पुग्नुभएको छ । अयोध्याको राम मन्दिरबाट निम्तो आएपछि उहाँहरू त्यसतर्फ जानुभयो ।
राम मन्दिरले नेपाल–भारत सम्बन्ध अझै प्रगाढ
प्राचीन मिथिलाको राजधानी अर्थात् वर्तमान मधेश प्रदेशको राजधानी जनकपुरधाम र भारतको अयोध्याको सम्बन्ध त्रेता युगदेखि चलिएको सम्बन्ध हो । जनकपुरधाम र अयोध्याले दुबै देशको सम्बन्धलाई परापूर्वकालदेखि जोडेको छ भने अझै पनि नेपाल र भारतबिच वैवाहिक सम्बन्ध कायम छ ।त्रेतायुगमा मिथिलाका राजा जनककी पुत्री माता जानकीसँग अयोध्याका राजा दशरथका पुत्र मर्यादा पुरुषोत्तम भगवान रामको विवाह भएदेखि दुई देशको सम्बन्ध धार्मिक, सांस्कृतिक, व्यापारिक र पारिवारिक रुपमा जोडिएदेखि नै दुई देशको सम्बन्ध गाँसिएको हो । त्यही परम्परालाई कायम राख्दै अझैं पनि नेपाल र भारतबिच वैवाहिक सम्बन्ध चल्ने गरेको छ ।
अहिले पनि मधेसको भूभागमा बसोबास गर्ने अधिकांश नेपाली नागरिकको विवाह भारतमा हुने गरेको पाइन्छ । भारतमा चेली विवाह गर्ने र भारतबाट बुहारी ल्याउने चलन पनि कायम छ मधेसको समाजमा । नेपाली चेली भारतमा विवाह गरेर बसेका छन् भने भारतीय चेली विवाह गरेर नेपालमा आएका छन् । दुई देशबिच वैवाहिक सिलसिला सदियौंदेखि चल्दै आएको छ ।
जनकपुरधामबाट रामलाई पठाइयो उपहार
जनकपुरधामबाट भारतको अयोध्याका लागि भार (उपहार) पठाइएको छ । ‘श्रीराम मन्दिर प्राणप्रतिष्ठा’का लागि जनकपुरधाम–अयोध्या धाम यात्रासहित पुस ११ गते भार पठाइएको हो । मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादव, प्रतिनिधिसभा सांसद एवम् नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि, जानकी मन्दिरका महन्थ रामतपेश्वर दासलगायतले भार लिएर अयोध्या जाने टोलीलाई बिदाइ गर्नुभएको थियो ।
मैथिल परम्पराअनुसार छोरीको घरमा हुने शुभकार्यमा माइती पक्षबाट विशेषरूपमा कोसेली पठाउने गरिन्छ । सोही परम्पराअनुसार राममन्दिर उद्घाटनका अवसरमा माता सीताको माइतीपक्ष जनकपुरधामबाट एक हजार एक सय भारसहित त्यसतर्फ पठाइएको हो ।
कालीगण्डकी नदी किनारको शिला अयाेध्यामा
हिन्दुहरुको प्रसिद्ध धार्मिकस्थल भारतको अयोध्यामा भगवान् राम र सीताको मूर्ति बनाउन नेपालको कालिगण्डकीको शिला लगिएको छ । बेनी नगरपालिका ६ गलेश्वर क्षेत्रस्थित कालिगण्डकी नदी किनारमा पहिचान गरिएका दुईवटा शिलाको धार्मिक विधिअनुसार पूजापाठ गरिएको थियो ।

मुस्ताङको दामोदर कुण्डबाट उत्पत्ति भएर म्याग्दीको प्रसिद्ध धार्मिकस्थल गलेश्वर हुँदै बग्ने कालीगण्डकी नदीको शिलालाई भारतको अयोध्यामा लगेर भगवान् राम र सीताको मुख्य मूर्ति बनाउन प्रयोग गरिने भएको हो ।
उक्त शिला उपहारस्वरुप दिइएको हो । अयोध्यामा शिला उपहारका समन्वयकर्ता एवम् नेपाली कांग्रेसका नेता निधिले गलेश्वर क्षेत्रस्थित कालिगण्डकीको शिला भारतको अयोध्यामा लग्दा नेपाल र भारतबिच धार्मिक र सांस्कृतिक सम्बन्धलाई अझ बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो ।
नेपालबाट लगिएको शीलामा कुनै रुप दिन सकिएन
लामो समय विवादमा परेको धार्मिक स्थल राम जन्मभूमि अयोध्या राम मन्दिर निर्माण स्थलको विवाद समाधानपछि भारत मात्र नभएर नेपाल पनि उक्त जितमा हर्षित भएको थियो ।

राम मन्दिर निर्माण हुने फैसलापछि नेपाल र भारतको त्रेतागुगको सम्बन्धलाई थप प्रगाढ बनाउन गतवर्ष मात्र नेपालस्थित काली गण्डकी नदीबाट निकालिएको विशालरुपी दुई शीला भारतस्थित अयोध्यामा रामको प्रतिमा निर्माणका लागि पुर्याइएको थियो ।
तर उक्त शीलालाई अहिलेसम्म कुनै रुप दिन सकिएको छैन, त्यसकारण शीलालाई मन्दिर परिसर भित्र राखिने छ । प्राण प्रतिष्ठाका पुजारी दुर्गा गौतमका अनुसार प्रतिमा कुँद्ने बेला शीलामा चिरा परिरहेको हुँदा शीलालाई कुनै रुप दिन सकिएको छैन । तर शिलालाई विशेष स्थान दिई मन्दिसम्बन्धलाईर परिसरमै राखिने उहाँको भनाइ छ ।स्राेत गोप

ताजा
नवनियुक्त प्रधानन्यायाधीश डा शर्माद्वारा शपथ ग्रहण
२०८३ जेष्ठ ५ गते, मंगलवार
नवनियुक्त प्रधानन्यायाधीश डा शर्माद्वारा शपथ ग्रहण
२०८३ जेष्ठ ५ गते, मंगलवार
दुर्गा प्रसाईं थप तीन दिन प्रहरी नियन्त्रणमा
२०८३ जेष्ठ ५ गते, मंगलवार
नयाँ आइटी पाठ्यक्रम तयार हुँदै
२०८३ जेष्ठ ५ गते, मंगलवार
फेदीखोला गाउँपालिकाका विद्यार्थीले बनाए च्याट जीपीटी जस्तै च्याटबोट ‘ज्योया’
२०८३ जेष्ठ ३ गते, आईतवार
याक र चौरीलाई लेक लगिँदै
२०८३ बैशाख २८ गते, सोमबार
एसईईको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण
२०८३ बैशाख २८ गते, सोमबार
राष्ट्रपति पौडेलद्वारा नीति तथा कार्यक्रम प्रस्तुत
२०८३ बैशाख २८ गते, सोमबार
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा माइतिघरमा ऐक्यवद्धता र्याली
२०८३ बैशाख २० गते, आईतवार
डिजिटल पहुँच विस्तार तीव्र,उपयोग र नियन्त्रणमा चुनौती
२०८३ बैशाख २० गते, आईतवार





















