गङ्गापूर्ण हिमतालकाे संरक्षण गरिदै

यदुप्रसाद भट्ट

मनाङ,८ माघमनाङ ङिस्याङ गाउँपालिकाले गङ्गापूर्ण ताल पछिल्लो समय सुक्दै गएको छ । मानवीय र वातावरणीय कारणले सुक्दै गएको यो ताललाई पुरानै स्वरूपमा ल्याउने योजना अघि बढाइएको छ । तर योजनाले गति लिन भने नसकेको स्थानीयको आरोप छ । 

विश्वकै उच्च स्थानमा रहेको तिलिचो ताल पनि मनाङमै छ । पर्यटकीय दृष्टिकोणले पनि यो तीन हजार आठ सय २० मिटर उचाइमा रहेको गङ्गापूर्ण ताल मुख्य मानिन्छ । तर हाल यो ताल खेल मैदान बनेको छ पानी सुकिसकेको छ । अरू पनि यहाँका सानातिना तालहरू सुक्दै हराउँदै गएका छन् । 

सेतो चाँदीका रूपमा रहेको गङ्गापूर्णको अस्तित्व लोप हुन नदिन र यसलाई बचाइराख्न गाउँपालिकाले बजेट पनि छुट्टायो । ठेकेदारको लापरबाहीले गर्दा काम हुन सकेन । झन्झन् तालको अस्तित्व लोप हुँदै गएको छ ।

‘पालिकाले ताल संरक्षणका लागि तीन करोड पाँच लाख रुपियाँ विनियोजन गरेको छ । ठेक्का लागेर काम पनि सुरु भयो । सामान्य काम गरेजस्तो गरेर पेस्की रकम लिएर ठेकेदार बेपत्ता भएका छन् । 

पटक पटक ताकेता गर्दासमेत ठेकेदार पङ्कज अधिकारी सम्पर्कमा नै नआएको मनाङ ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घलेले बताउनुभयो । उहाँले हिउँदमा भन्दा पनि वर्षा याममा काम गर्न सजिलो हुने भए पनि ठेकेदार सम्पर्कमा आउन नचाहँदा ठेक्का नै तोड्ने मनस्थितिमा पुगेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘यो आर्थिक वर्षमा त आएन अब कसरी काम होला र खै ? असार मसान्तसम्ममा पनि काम भएन भने रद्द गर्ने सोच बनाएको छु । यही ताल हो भने यसलाई कसरी फेरि पुरानै स्वरूपमा ल्याउन सकिएला र !’

उता मनाङ ङिस्याङ–६ का वडाध्यक्ष सोनाम गुरुङले ठेकेदारले काममा ढिलासुस्ती गरेकाले निजी खर्चमा डोजर चलाउँदै ४ घण्टा लगाएर ताल थुनेर आएको बताउनुभयो । ‘ठेकेदारले काम गर्छु मात्र भन्छ तर सम्पर्कमै आउँदैन’, उहाँले भन्नुभयो– ‘सुरुमा अलिअलि काम भएकै हो । बाटो बनाउने भित्र सामान लैजाने काम गरेकै हो ।’ गङ्गापूर्ण ताल आफ्नै वडामा परेकाले पनि पुरानै स्वरूपमा ल्याउन लागिपरेको वडाध्यक्षले बताउनुभयो । उहाँले भन्नुभयो– ‘टेन्डर भइसकेकाले पुरिएको तालबाट माटो, बालुवा झिक्ने तयारीमा छौँ ।’

तालको बिचमा ग्याबिन लगाएको आफूले देखेको वडा सदस्य राजु गुरुङले बताउनुभयो । बाटो बनाएर भित्रबाट बालुवा निकाल्ने गुरुङले बताउनुभयो । भिजिट–मनाङ अभियानका फुर्वा लामा गङ्गापूर्णजस्ता हिमतालको संरक्षण प्राथमिकतामा रहनुपर्ने बताउनुभयो । 

जलवायु परिवर्तन र अनपेक्षित हिम पहिरो, वर्षा आदिले गङ्गापूर्णजस्ता तालको अस्तित्व लोप हुन सक्ने सम्भावना बढेको विज्ञहरू बताउँछन् । गङ्गापूर्ण संरक्षणमा ३ दशमलव ५ मिटर उचाइ र १ सय ९३ मिटर लामो बाँध बनाएर २१ दशमलव ८ हेक्टर क्षेत्रफलमा सुरक्षित राखिने योजना छ । 

सन् १९५७ मा स्विस भूगर्भविद् टोनी हागनले गङ्गापूर्ण तालको तस्बिर प्रचारमा ल्याएपछि यसलाई अहिलेसम्म भूगर्भ बनोट र जलवायु परिवर्तनको अध्ययन गर्ने एक आधार बनाइएको छ । झन्डै ९ किलोमिटर लामो गङ्गापूर्ण ग्लेसियरको बहाव हरेक वर्ष खुम्चँदै गएकोबारे इन्स्टिच्युट अफ टिबेटियन प्लेटो रिसर्चले अध्ययन गरिसकेको छ ।स्राेत गोप

ताजा

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय

२०८३ भाद्र ११ गते, बिहीबार

बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने

२०८३ भाद्र ११ गते, बिहीबार

मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने

२०८३ भाद्र १० गते, बुधबार

गोपनीयताको हक कायम गर

२०८३ भाद्र ९ गते, मंगलवार

जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते

२०८३ भाद्र ८ गते, सोमबार

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

२०८३ भाद्र ४ गते, बिहीबार

अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन

२०८३ भाद्र ४ गते, बिहीबार

वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद

२०८३ भाद्र ३ गते, बुधबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal