अमोर सेवा बालगृहलाई आर्थिक सहयोग

वालिङ,१ माघ- भीरकोट नगरपालिका १ बयरघारीका गुरुङ परिवारद्वारा अमोर सेवा बालगृहलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ ।

भीरकोट नगरपालिका ८ वकादी स्थायी घर भइ हाल बयरघारी बजारमा बस्दै आउनुभएका चन्द्रबहादुर गुरुङ र गौधरी गुरुङले फेदीखोला १.कटुजेस्वाँरामा रहेको अमोर सेवा बालगृहमा एक कार्यक्रमकाबीच नगद रु ७५ हजार सहयोग गर्नुभएको हो । बाबा ८४ वर्ष र आमा ८० वर्ष पुगेको उपलक्ष्यमा उक्त रकम दान गरिएको उहाँका छोरा इन्द्रजीत गुरुङले बताउनुभयो । बाबाले ८४ पूजा गर्नेबेला भयो, यस अवसरमा सामाजिक संस्था तथा गरिव दुःखीलाई दान गर्ने इच्छा गर्नुभएकाले बालगृहमा दान गर्न आएको इन्द्रजीतले बताउनुभयो ।

असहाय बालबालिकाहरुको आश्रय बनेको बालगृहमा आएर दान गर्न पाउँदा बाबा आमा लगायत सम्पूणर् परिवारलाई खुसी लागेको इन्द्रजीतले बताउनुभयो । आफ्नो परम्परा र संस्कार अनुसार पूजा आजा पनि गर्नुपर्छ, तर पूजाआजाको नाममा अनावस्यक तडक भडक गर्न आवस्यक छैन । गुरुङले भन्नुभयो—“बाबा आमाको इच्छा अनुसार गरिव दुःखी एवं सामाजिक संघ संस्थामा सहयोग गर्न आवस्यक ठानेर असहाय बालबालिकालाई सहयोग पुगोस भनेर बालगृहमा आएर दान गरेका हौं ।” अभिभावक विहिन ३१ जना बालबालिकाहरुको पढाई लेखाईसहित यति राम्रोसँग बालगृह सञ्चालनमा आएकोमा खुसी व्यक्त गर्दै गुरुङले यो सुरुवात भएको र आगामी दिनमा थप सहयोग गर्दैजाने बताउनुभयो ।
नगद दान गर्दै चन्द्रबहादुर गुरुङ र गौधरी गुरुङले ६ भाई छोरा र दुई छोरीका गरेर १६ जना नातिनतिना थिए, अब यहाँ भएका ३१ जना बालबालिका पनि आफ्नै नातिनतिना सम्झेको बताउनुभयो ।
अमोर सेवा नेपाल बालगृहमा स्याङ्जासहित पर्वत, रुकुम र मुगुका गरी ३१ जना बालबालिकाछन् । यो बालगृह २०६८ सालमा स्थापना भएको र २०७२ सालदेखि सञ्चालनमा ल्याइएको हो । यहाँ शिशुदेखि स्नातकसम्म अध्ययनरत गर्ने बालबालिरहेकाछन् ।

ताजा

प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश पाण्डे

२०८१ चैत्र १२ गते, मंगलवार

प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश पाण्डे

२०८१ चैत्र १२ गते, मंगलवार

प्रेस चाैतारी: अबकाे गन्तव्य

२०८१ चैत्र १० गते, आईतवार

वालिङ बहुमुखी क्याम्पस स्ववियु निर्वाचनमा नेविसंघका निरज अध्यक्ष र अनेरास्ववियुकी विना सचिवमा निर्वाचित

२०८१ चैत्र ६ गते, बुधबार

वालिङ १२ गाेहाेदी बाख्रा फममा आगाेलागी

२०८१ चैत्र ५ गते, मंगलवार

प्रथम पिंक सिटी महोत्सव सम्पन्न

२०८१ चैत्र ३ गते, आईतवार

व्यावहारिक शिक्षासँगै बाजा बजाएर आत्मनिर्भर बन्दै विद्यार्थी

२०८१ चैत्र १ गते, शुक्रबार

पिंक सिटी महोत्सवमा सञ्चालित भलिबल प्रतियोगिताको सेमिफाइनल शनिबार हुने

२०८१ चैत्र १ गते, शुक्रबार

वालिङमा दुई उद्याेग वाणिज्य संघले मनाए हाेली

२०८१ चैत्र १ गते, शुक्रबार

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान  नेपाल स्याङ्जाद्वारा साहित्यकार वनवासीलाई सम्मान

२०८१ फाल्गुन २९ गते, बिहीबार

प्रथम पिंक सिटी महाेत्सवकाे आठाैं दिन दर्शककाे घुईचाे, भिडियाे सहित

२०८१ फाल्गुन २८ गते, बुधबार

2022 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal