इलाममा बस दुर्घटना : एकको मृत्यु, ३७ घाइते
प्रेम अधिकारी
पशुपतिनगर३,मङ्सिर- इलामको रोङ गाउँपालिकाको अर्याल चोकमा बस दुर्घटना हुँदा एक जना बालकको मृत्यु भएको छ । अन्य ३७ जना घाइते भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा करिब १० वर्षीय बालकको मृत्यु भएको प्रहरीले जनाएको छ । इलामका प्रहरी प्रमुख एसपी वासुदेव खतिवडाका अनुसार धनुषाको धारापानीबाट शैक्षिक भ्रमणगरी कन्यामबाट फर्किनेक्रममा ना ६ ख ८४२४ नम्बरको बस सडकबाट ३०० मिटर तल खस्दा बसमा सवार ३७ जना घाइते भएका हुन् ।
कन्याम घुमेर फर्कँदै गर्दा बस दुर्घटनामा परेको हो । प्रहरीले घाइते ३० बढीको उद्धार गरेको जनाएको छ । दुर्घटनामा परी १७ जना गम्भीर घाइते भएका छन् । दुर्घटनामा मृत्यु हुने र घाइतेको पहिचान खुल्न बाँकी छ । घटनास्थलमा प्रहरीले उद्धार गरिरहेको जनाएको छ । गाेप
ताजा
ऐतिहासिक बनेको ‘घरपझोङ जलवायु सम्मेलन’
२०८३ भाद्र ३१ गते, बुधबार
ऐतिहासिक बनेको ‘घरपझोङ जलवायु सम्मेलन’
२०८३ भाद्र ३१ गते, बुधबार
आज ऋषि पञ्चमी मनाइँदै
२०८३ भाद्र ३० गते, मंगलवार
सूर्योदय वोमी लघुवित्तद्वारा भाेटेकाेशी बाढीपीडितका लागि २५ लाख ६५ हजार सहयोग
२०८३ भाद्र २७ गते, शनिबार
चुनौतीका बीच बाल गृह सञ्चालन हुनु प्रशंसनीय : पूर्वमन्त्री गुरुङ
२०८३ भाद्र २७ गते, शनिबार
भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार
२०८३ भाद्र २६ गते, शुक्रबार
इभी कार आगलागीमा भरतपुरका अमर पराजुलीको मृत्यु
२०८३ भाद्र २६ गते, शुक्रबार
लोमन्थाङ भूकम्पः ३५ घरमा तत्काल बस्न नमिल्ने
२०८३ भाद्र २६ गते, शुक्रबार
आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन
२०८३ भाद्र २६ गते, शुक्रबार
पार्टी एकताकाे लागि जति झुक्नुपर्नेहाे झुक्छु: सभापति थापा
२०८३ भाद्र २५ गते, बिहीबार





















