दुई ठुला चाडलाई विदाई गरेका स्याङ्जाका किसानलाई कोदो स्याहार्ने चटारो

कला राना

वालिङ३ मङ्सिर- नेपालीहरुको महान चाड दशै र तिहार सकिएको छ । परिवार आफन्तको जमघटमा महान चाडको विदाईसंगै मुठी खाएर मुरी उब्जाउने ध्येयका साथ लगाएको बाली भित्र्याउन अहिले स्याङ्जाका कृषकलाई भ्याईनभ्याई छ । 

दुखको खेतीको रुपमा लिईने कोदो खेती जिल्लामा पछिल्लो समय कम हुन थालेको छ । जंगली बन्यजन्तुका कारण र ग्रामिण भेगबाट मानिसहरु शहरबजारतिर स्थानान्तरण हुँदा कोदो खेती गर्ने क्षेत्रफल कम हुँदै गएको पाईन्छ । अन्य बालीको व्यवसायिक खेती गरिएपनि कोदोको  व्यवसायिक खेती गरिएकाे छैन। रैथाने बाली अन्तरगतको कोदो परम्परागत रुपमै लगाउने गरिएको छ।

गाउँघरमा युवा जनशक्ति कम हुँदा पनि कोदो खेती पछिल्लो समय निकै कम भएको स्थानीयले बताएका छन् । भीरकोट ५ की विष्णुकुमारी रानाले १२ देखि १५ मुरीसम्म कोदो भित्र्याएको सुनाउँदै अहिले मुस्कीलले ५ मुरी सम्म कोदो भित्र्याउने गरिएको बताउनुभयो । पछिल्लो समय मौसम प्रतिकुल हुनु मृग, खरायो जस्ता जंगली जनावरले कोदो खेतीमा क्षति गर्नु जस्ता कारणले पहिला भन्दा अहिले कोदो खेती गरिने बारीहरु बाँझिदै गएको उहाँले बताउनुभयो ।

ग्रामिण  वस्तीबाट शहर तथा तराईमा बसाईसराई हुन थालेपछि पनि गाउँका कोदो हुने बारीहरु बनले ढाकिएका छन् । उता पुतलीबजार नगरपालिका ११ का राजन लामिछानेले पनि अहिले मुस्कीलले ३ मुरीसम्म कोदो फल्ने बताउनुभयो । पहिला पहिला बुवाको पालामा अहिलेको भन्दा दुई गुनाले कोदा  भित्र्याउने गरिएको स्मरण गर्दै अहिले मुस्किले ३ मुरी कोदो फलाउने गरिएको बताउनुभयो । कोदो हुने पहाडी क्षेत्रमा उत्पादन कम हुँदै जाँदा माग भने बढि देखिन्छ । अहिले पाँचतारे होटेलदेखि शहरका ठुला होटलहरुमा समेत कोदोको उच्च रहेको छ ।

कोदोका लागि निकै धेरै मेहेनत र परिश्रम चाहिने भएपछि पछिल्लो समय कृषकहरू नगदे बालीमा आकर्षित भएका छन् । कोदोको राम्रो बजार नपाउँदा पनि कृषकको यसप्रति आकर्षण नदेखिएको हो ।

कोदोबाट ढिँडो, रोटी, सातु, लिटो, खोले, पुवालगायत परिकार बनाएर खान सकिन्छ । खाद्य सुरक्षाको दृष्टिकोणले कोदो ज्यादै महत्त्वपूर्ण बाली हो । भाते बानीको संस्कृतिमा हुर्केको हाम्रो गाउँ समाजमा कोदोलाई नेपालीको भान्छामा पनि कम महत्त्व दिने गरेको पाइन्छ तर पछिल्ला दिनमा जनचेतना वृद्धि र स्वास्थ्यको दृष्टिकोणले कोदो लाभदायक भएकाले यसको महत्त्व तथा उपयोगिता दिनदिनै बढ्दै गइरहेको छ । यो मधुमेहका बिरामीका लागि उपयुक्त अन्नबाली हो । पोषण तत्त्वको कुरा गर्ने हो भने यसमा क्याल्सियम, कार्बोहाइड्रेट, प्रोटिन, चिल्लो पदार्थ, थाईमिन तथा रेसादार वस्तु पाइन्छ । कोदोमा चामल र मकैभन्दा ३५ गुणा र गहुँभन्दा ८ गुणा बढी क्याल्सियम पाइन्छ ।

जिल्लामा प्राय स्थानहरूमा लगाइने कोदो खेती प्रवर्द्धनका लागि ज्ञान केन्द्रले विभिन्न कार्यक्रम गर्दै आएको दाबी गरेको छ । रैथाने बाली संरक्षण तथा प्रवर्द्धन कार्यक्रम मार्फत जिल्लाका धेरै कोदो हुने स्थानहरूमा यस्ता खालका कार्यक्रम हुने गरेको ज्ञान केन्द्रले जनाएको छ ।

साना तथा मझौला बजेटबाट जिल्लामा रैथाने बाली प्रवर्द्धन कार्यक्रम हुने गरेको केन्द्रको भनाई छ ।  कृषि ज्ञान केन्द्र स्याङ्जाका अनुसार अघिल्लो वर्ष १४ हजार ७ सय ६६ हेक्टर जमिनमा १६ हजार २ सय ४२ मेट्रिक्टन गोदो उत्पादन भएको थियो ।

ताजा

ऐतिहासिक बनेको ‘घरपझोङ जलवायु सम्मेलन’

२०८३ भाद्र ३१ गते, बुधबार

ऐतिहासिक बनेको ‘घरपझोङ जलवायु सम्मेलन’

२०८३ भाद्र ३१ गते, बुधबार

आज ऋषि पञ्चमी मनाइँदै 

२०८३ भाद्र ३० गते, मंगलवार

सूर्योदय वोमी लघुवित्तद्वारा भाेटेकाेशी बाढीपीडितका लागि २५ लाख ६५ हजार सहयोग

२०८३ भाद्र २७ गते, शनिबार

चुनौतीका बीच बाल गृह सञ्चालन हुनु प्रशंसनीय : पूर्वमन्त्री गुरुङ

२०८३ भाद्र २७ गते, शनिबार

भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

२०८३ भाद्र २६ गते, शुक्रबार

इभी कार आगलागीमा भरतपुरका अमर पराजुलीको मृत्यु

२०८३ भाद्र २६ गते, शुक्रबार

लोमन्थाङ भूकम्पः ३५ घरमा तत्काल बस्न नमिल्ने

२०८३ भाद्र २६ गते, शुक्रबार

आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन

२०८३ भाद्र २६ गते, शुक्रबार

पार्टी एकताकाे लागि जति झुक्नुपर्नेहाे झुक्छु: सभापति थापा

२०८३ भाद्र २५ गते, बिहीबार

रेडियो स्याङ्जाको १८औँ वार्षिकोत्सव सम्पन्न

२०८३ भाद्र २३ गते, मंगलवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal