इजरायल प्यालेस्टाइन विवाद र हमासको आक्रमण

 

खुमकान्त अर्याल

गएको शनिवार प्यालेस्टाइनको चरमपन्थी  इस्लामिक समूह हमासले इजरायल माथि एक्कासी हजारौं रकेटले आक्रमण गर्दा १२सय इजरायलीको मृत्यु र हताहती  भएको छ,केही महिला तथा बालवालिका अपहरणमा परेका छन् र इजरायलको जवाफी अपरेशनमा परि प्यालेस्टाइनको गाजा क्षेत्रमा अहिले सम्म १२ सय जति प्यालेस्टाइनीहरुको मृत्यु र सयौं घाइते भएको खवर छ । इजरायलले  हमासमाथि प्रत्याक्रमण गर्ने क्रममा अहिले प्यालेस्टाइनको गाजापट्टी क्षेत्र रकेट र बमले ध्वस्त भैरहेको मात्र छैन गाजापट्टी वोर्डर गेट वन्द गरिदिदा त्यहाँका २३ लाख जनता खाना पानी विजुली मेडिकल सुविधाबाट वन्चित भैरहेका छन। ३ लाख भन्दा वढी विस्थापित भैरहेका छन् र अहिले त्यहाँ ठूलो मानवीय संकट खडा भैरहेको छ । इजरायल हमास वीचको यस द्वन्दले अहिले अरबभूमि मात्र होइन विश्वशान्ती तथा राजनीति नै ध्रुबीकृत भैरहेको छ र हामी नेपालीले समेत यस घटनाकै कारण १० होनहार विद्यार्थी गुमाएका छौ र त्यहाँ रोजगारीमा रहेका करिब ४५ सय नेपालीको अबस्था के रहला भन्ने कुराले समेत चिन्तित छौं । बिहीबार मात्र विद्यार्थी समेत २५३ जना नेपाली दाजुभाइहरुलाई नेपाल सरकारले चार्टर गरि फिर्ता ल्याएको खबर छ । रसिया युक्रेन वारका कारण सन्सारभरको जनजीबन कठिन भैरहेको यस समयमा फेरी यो युद्दले ठूलो रुप लिने त होइन भनि आशंका विश्वभर फैलिएको छ । 

अत्याधुनिक हातहतियार र बलियो खुफियातन्त्र भएको इजरायललाई आस्चर्यमा पार्नेगरि सानो हमास  समूहले गरेको आकस्मिक यो घातक हमलाले इजरायल प्यालेस्टाइन बिवाद फेरि सतहमा आएको मात्र छैन यी दुइ देशका बीचको शान्ती बार्ता प्रभाबित हुन पुगेको छ । बखतबखत झगडा र फसाद गरिराख्ने यिनीहरुको द्वन्दको सुरुवात भने आजभन्दा करिब १०० वर्ष अगाडिबाट भएको हो र खोतल्दै जाँदा यसको लहरो इशापूर्बको १० औं सताब्दी सम्म पनि जोडिन्छ ।

हालको इजरायल भूमिमा इशापूर्वको १० औं सताब्दीमा राजा सोलोमनले शासन गर्दथे र त्यहाँ उनले एक मन्दिर वनाएका थिए । भनिन्छ पैगम्बर इव्राहिमका कुनै सन्तानको नाम इजरायल थियो र तिनले त्यसठाउँको उन्नति गरेकाले इजरायल नाम रहेको थियो । पछि इजरायलमा  बेबिलोनियनहरुले कब्जा गरि शासन गर्दा सोलोमनले बनाएको उक्त मन्दिर भत्काइदिए तर त्यस मन्दिरको एकातर्फको गारो बचेको थियो र त्यही बचेको गारोलाइ यहुदीहरु आँफ्रनो पबित्र तीर्थस्थल मान्ने  गर्दछन् । इजरायलमा बेविलोनियन, यसपछि रोमन अनि तुर्कहरुको अटोमन साम्रज्यको कव्जा पछि धेरै यहुदीहरु आँफ्रनो थलो छाडेर युरोप भरि छरिए । पहिलो विश्वयुद्दमा अटोमन साम्राज्यको पतन भै यो ठाउँ बेलायतको उपनिवेशमा रह्रयो । १९ औं सताब्दीमा युरोपमा फैलिएको राष्ट्रबादको भाबनाले प्रभाबित भएर यहुदीहरुले पनि आँफ्रनो पुख्यौली थातथलो र राष्ट्र खोज्न प्रेरित भै  प्यालेस्टाइनमा फर्कन थाले । जर्मनीमा यहुदीमाथि हिटलरले गरेको खुनी हिंसा र अत्याचारले  अत्तालिएका यहुदीहरु सबै इजरायल फर्केर इजरायल देश स्थापनाका लागि त्यहाँ आन्दोलन गरे । बेलायतले यहुदीहरुलाइ देश स्थापना गर्न सहयोग गर्ने  आस्वासन दिएर पहिलो विश्वयुद्यमा आँफ्ना तर्फबाट युद्दमा सामेल गर्न सफल भएको थियो  ।  हिटलरको क्रुर यातना र अपमानको पीडा सहेका यहुदीहरुलाइ देश स्थापना गर्न धेरैको सहानुभूति समेत भएकोले संयुक्तराष्ट्रसंघले प्यालेस्टाइनको भूमिलाई बिभाजन  गरि इजरायल र प्यालेस्टाइन वनाउने र जेरुसेलमलाई अन्तर्राष्ट्रिय सहर वनाउने प्रस्ताब पारित गर्यो । यहुदीले मानेता पनि अरबहरुले यस निर्णयको बिरोध गरि आन्दोलन सुरु गरे । धेरै झमेला हुनथालेपछि वेलायतले यहाँबाट आँफ्नो उपनिबेश छाडिदियो तब लगत्तै यहुदीहरुले १९४८ मा इजरायल देशको घाेषणा गरे । यतिबेलासम्म इजरायली त्यस सीमाना भित्र यहुदीहरुको संख्या प्यालेस्टिनीको भन्दा धेरै वढी भैसकेको थियो । यहुदी र प्यालेस्टिनी इस्लामिकहरुका बीचमा गृह युद्द भयो र धेरै प्यालेस्टीनीहरुले इजरायल छाडी लेवनान, जोर्डन, सिरियामा शरणार्थी भए र केही गाजा र वेस्टव्याँकमा रहेका छन् जसको फिर्ती सम्वन्धमा अहिले सम्म  कुनै टुंगो लाग्न सकेको छैन । गृह युद्दका वखत गाजापट्टी, वेस्ट व्याँक तथा अन्यत्र गएका इस्लामिक शरणर्थीहरुको इजरायल फिर्ता हुनुपर्ने माग प्यालेस्टीनीले गरिहेका छन तर इजरायलीहरु यसो गर्न मानिरहेका छैनन । प्यालेस्टिनीको थप माग पनि छ, जसमा जेरुसेलम गाजापटिट र वेस्टव्याँकमा बिस्तार गरिएका इजारायली बस्ती प्यालेस्टाइनमा फिर्ता हुनुपर्ने । अतिक्रमित भूमि प्यालेस्टाइनलाई फिर्ता गरि प्यालेस्टाइन राज्यको मान्यता दिनुपर्ने जस्ता प्यालेस्टिनी मागहरु न्यायोचित देखिएता पनि इजरायलले ती मागलाइ स्वीकार नगरेको कारण त्यहाँको समस्या समाधान हुनको साटो जटील भैरहेको भनेर प्यालेस्टिनीहरु आरोप लगाउने गरेका छन् । अक्सर झगडा र बिवादको केन्द्र अलअक्सा मन्दिर हुने गर्दछ । जेरुसेलममा भएको अलअक्सा मस्जिद इस्लाम धर्म मान्नेहरुको तेस्राे ठूलो धार्मिक तीर्थस्थल हो र जहाँ ठूलो मात्रामा नबाजका लागि इस्लामहरु उपस्थित हुने गर्दछन् । यहीको ढुंगोमा टेकेर पैगम्बर साहबले जन्नत (स्वर्गकाे) यात्रा गरेको विश्वास गरिन्छ जसलाइ डोम अफ द रक भनिन्छ । यसै परिसर भित्र इसापूर्व सोलोमनले बनाएको मन्दिरको भित्ता छ (वेस्टर्न वाल) जसलाई यहुदीहरुले सवैभन्दा पबित्र तीथस्थल मान्दछन र  प्रभूले यहीँको माटोबाट पहिलाे मानिस आदम  उत्पन्न गर्नुभएको विश्वास पनि गर्दछन् । यहीँ इस्लाम धर्मको चर्च पनि छ जहाँ इसामसिहलाइ क्रुशमा चढाइएको र उनले त्यहाँ उपदेश दिएको पबित्र स्थान मान्छन् यहीँ इशाको पुनर्जन्म भएको भन्छन्  । इसाइहरु तर्फबाट त्यहाँ त्यति बिबाद नआएता पनि यहुदी र इस्लाम धर्मका अनुयायीहरु त्यहाँ जुटीरहने अबस्था हुदा र भावनात्मक महत्व दिइने कारणले झडपका घटनाहरू भैरहन्छन् र मनमुटाबको कारण बनिरहेको छ अहिले सम्म । संझौता अनुसार यस परिसरको वाहिरी भागको सुरक्षाको जिम्मा इजरायलको छ र भित्रको जिम्मा जोर्डनको भएता पनि ठूलो संख्यामा आस्थावानहरुको भीड जुटेपछि केही हो हल्ला भैहाल्छ तब सुरक्षाको कारण देखाउदै इजरायली पुलिस यहाँ भित्र घुस्ने गर्दछन तब बिवादले गम्भीर रुप लिने गरेको छ । पैगम्बर इव्राहिमलाई यी तीनवटै धर्मले परमेश्वरको प्रतिनीधि मान्छन र पितामहको सम्मान गर्दछन किनभने यहोदा,मोसा, जिसस तथा मोहमद पैगम्बर पनि यिनैका पछिल्ला सन्तानहरु थिए । दार्शनिक हिसाबले पनि यी तीनवटै धर्मका बीच भिन्नता छैन किन भने सवै एकेस्वरवादी र निराकार वादी हुन् तर यही धर्मका अनुयायीहरुको बीचमा इतिहासमा भयन्कर त्रासदीपुर्ण युद्दहरू भएको छ, चाहे त्यो क्रुसेडस होस, होलोकास्ट होस वा राेमनक्याथाेलिक र यहुदी । अझ दुखदायक लडाइ त इस्लाम कै सिया र सुन्नी अनि इसाइकै युरोपमा भएको क्याथोलिक र प्रोस्टेन्ट वा अर्थोडक्सको भएको थियो । 

यो धर्म उ धर्म सबै हामी बाहिरका लेपन हुन् र हामीलाई लडाएर कस्ले के बाजी मार्ने दाउमा हुन्छ हामी बुझदैनाै र इतिहास देखि हामी सर्बसाधारण ठगिदै आएका छौं । हामी सबैका जैबिक बनोट र आबस्यकतामा के भिन्नता छ र ? अहिले इजरायल हमासकै लडाइ हेरौ, हमासले कुन गुफामा लुकेर इजराइलमाथि हमला गरेको छ,तर त्यसको सजाय उसले पाउदैन कहाँ लुकेर ज्यान जोगाएको छ तर गाजापट्टीका तमाम सर्बसाधारणले त्यसको सजाय चुकाइरहेको छ, कोही इजरायलको जवाफी हमलामा परि ज्यान गुमाए,कोही धाइते भए कसैले घर, स्कुल, उध्योग गुमाए । उता हमासको आक्रमणमा परि इजरायलका धेरै सर्बसाधारणले जिउधन गुमाएका छन् तर त्यहाँका शासक र योजनाकार सुरक्षित बंकरमा वसेका छन् त्यतिमात्र हो र इजरायलमा जनताका माझ अलोकपृय र तानाशाहीका प्रतीक वनेका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु यो लडाइको आडमा राष्ट्रबादी बनेर कमजोरी लुकाउने निहु बनेको छ  ।

सन्सारका जतिपनि समस्याहरु अहिले सम्म घटेका छन ती सबैको समाधान बार्ता र सम्बादबाट भएको छ र निर्णयक परिबर्तन पनि यसैबाट भएको छ । इजरायल प्यालेस्टाइनको यो युद्दको अन्तिम समाधान पनि बार्ता र सम्बाद नै हो, त्यही हो कति खति भएपछि समाधान गर्ने भन्ने निर्णयक पनि दुबै पक्षको संबेदनशीलतामा निर्भर हुन्छ । यहुदीले पनि आँफ्नो पुख्रयौली थलोमा निर्बाध बस्न पाउनु पर्छ र प्यालेस्टाइनीहरुले पनि इजरायलले अतिक्रमण गरेको गाजा र वेस्टव्याँकका क्षेत्रहरु फिर्ता पाइ राज्यको दर्जा पाउनु पर्दछ । यतिबेलाको पहिलो गल्ती हमासले गरेको छ यो आपत्तिजनक छ र तत्काल उसले आँफ्रनो कब्जामा रहेका इजरायलीहरुलाई सुरक्षित र सम्मानपुर्ब फिर्ता गर्नुपर्दछ र त्यसकाे प्रायश्चित्त पनि । त्यसै गरि इजरायली प्रधानमन्त्री नेतन्याहुको सरकारले हमासको नाउँमा गाजा निबासी तमाम २० लाख नागरिकलाई सास्ती दिनेगरि नाकाबन्दी र बम आक्रमण गरि जनजीबन ध्वस्त गर्ने अपरेशन बन्द गरिनु पर्दछ । यसैगरि यो युद्द अन्त्यका लागि संयुक्त राष्ट्र संध तथा न्यायका पक्षपाति अन्तराष्ट्रिय संद्संघस्थाहरुले प्रभाबकारी कृयाशीलता देखाउन पनि ढीला भैसकेको छ  ।

ताजा

कविता: रैती

२०८१ माघ ३ गते, बिहीबार

कविता: रैती

२०८१ माघ ३ गते, बिहीबार

माघे सङ्क्रान्तिमा सेतीवेणीमा भक्तजन

२०८१ माघ १ गते, मंगलवार

विरुवा गाउँपालिकामा जनतासँग जनप्रतिनिधी, जेष्ठ नागरिकलाई सम्मानमा

२०८१ माघ १ गते, मंगलवार

विरुवामा छातीरोग सम्बन्धी शिविर

२०८१ पुष २९ गते, सोमबार

भूमि समस्या समाधान आयाेग स्याङ्जाकाे अध्यक्षमा तारा शर्मा

२०८१ पुष २९ गते, सोमबार

प्रेस सेन्टर स्याङ्जाको अधिवेशन सम्पन्न, अध्यक्षमा केपी खनाल

२०८१ पुष २९ गते, सोमबार

हरिनास गाउँपालिकाद्वारा स्थानीय मदिराको ब्राण्डीङ संगै एकल पुरुषलाई भत्ता

२०८१ पुष २९ गते, सोमबार

एमाले वालिङद्वारा अभिमुखिकरण कार्यक्रम सम्पन्न

२०८१ पुष २८ गते, आईतवार

‘उच्च शिक्षा मापदण्ड ऐन ल्याएर मात्र थप विश्वविद्यालय’

२०८१ पुष २५ गते, बिहीबार

रास्वपाका सभापति लामिछानेसहित छ प्रतिवादीले बुझाए धरौटी

२०८१ पुष २५ गते, बिहीबार

2022 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal