एमाले गण्डकी प्रदेश अधिवेशनको लागि स्याङ्जाबाट १ सय १३ प्रतिनिधि छनोट

वालिङ,१० असोज- नेकपा (एमाले)गण्डकी प्रदेशको प्रथम अधिवेशनको लागि स्याङ्जाबाट १ सय १३ जना प्रतिनिधि छनौट भएका छन् ।
यही असोज १५ र १६ गते गण्डकी प्रदेशको राजधानी पोखरामा हुने अधिवेशनको लागि एमाले जिल्लाको सबै पालिकाहरुबाट प्रतिनिधि छनौट गरेको हो ।
जिल्लाको ११ ओटा पालिका र मजदुर कलस्टर गरी १२ ओट क्षेत्रबाट प्रदेश अधिवेशनको लागि प्रतिनिधिहरु निर्विरोध चयन भएको नेकपा एमाले स्याङ्जाका अध्यक्ष सूर्यप्रसाद गैह्रे (पार)ले जनाकारी दिनुयभो ।
केही पालिकाहरुमा प्रतिनिधि जानको लागि आकाङ्क्षी धेरै भएपनि अन्त्यत सबै पालिकाहरुबाट निर्विरोध रुपमा प्रतिनिधि छनौट गरेर एकताको सन्देश दिन पार्टीका कार्यक्रता एवं नेताहरु सफल भएको एमाले नेताहरुको भनाइ रहेको छ ।
अधिवेशनको उद्घाटन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको एमाले गण्डकी प्रदेश कमिटीले जनाएको छ ।
यसै गरी कालीगण्डकी गाउँपालिका वडा नम्बर ३ मा नेपाली कांग्रसे परित्याग गरि ६७ जन कांग्रेस नेता एवं कार्यक्रता एमालेमा प्रवेश गरेकोे एमालेले जनाएको छ । पार्टी प्रवेश गर्नेहरुलाई नेकपा एमाले सचिव पद्मा अर्याल, जिल्ला अध्यक्ष सूर्यप्रसाद गैह्रे (पार) लगायतले पार्टीमा स्वागत गर्नुभएको थियो ।

ताजा

महिलाहरुलाई आधारशिला तालिम
२०८२ बैशाख ११ गते, बिहीबार
महिलाहरुलाई आधारशिला तालिम
२०८२ बैशाख ११ गते, बिहीबार
पुतलीबजार पूर्ण खोप पालिका घोषणा
२०८२ बैशाख ११ गते, बिहीबार
उत्पादन बढाउन आधुनिक खोर निर्माण
२०८२ बैशाख ११ गते, बिहीबार
वालिङमा तीन पत्रकार सामानित
२०८२ बैशाख ६ गते, शनिबार
शिक्षकलाई विद्यालय फर्काउ
२०८२ बैशाख २ गते, मंगलवार
स्थानीय तहको सेवा प्रवाहमा प्रश्न
२०८१ चैत्र ३१ गते, आईतवार
महिलालाई उत्पादनमा जोड्न बाख्रा वितरण
२०८१ चैत्र ३१ गते, आईतवार
सिद्धार्थ राजमार्गकाे स्तरउन्नती हुन्छः अर्थमन्त्री पाैडेल
२०८१ चैत्र ३० गते, शनिबार
वरिष्ठ पत्रकार भैरव रिसालको निधन
२०८१ चैत्र २५ गते, सोमबार