एमाले गण्डकी प्रदेश अधिवेशनको लागि स्याङ्जाबाट १ सय १३ प्रतिनिधि छनोट


वालिङ,१० असोज- नेकपा (एमाले)गण्डकी प्रदेशको प्रथम अधिवेशनको लागि स्याङ्जाबाट १ सय १३ जना प्रतिनिधि छनौट भएका छन् ।
यही असोज १५ र १६ गते गण्डकी प्रदेशको राजधानी पोखरामा हुने अधिवेशनको लागि एमाले जिल्लाको सबै पालिकाहरुबाट प्रतिनिधि छनौट गरेको हो ।
जिल्लाको ११ ओटा पालिका र मजदुर कलस्टर गरी १२ ओट क्षेत्रबाट प्रदेश अधिवेशनको लागि प्रतिनिधिहरु निर्विरोध चयन भएको नेकपा एमाले  स्याङ्जाका अध्यक्ष सूर्यप्रसाद गैह्रे (पार)ले जनाकारी दिनुयभो ।
केही पालिकाहरुमा प्रतिनिधि जानको लागि आकाङ्क्षी धेरै भएपनि अन्त्यत सबै पालिकाहरुबाट निर्विरोध रुपमा प्रतिनिधि छनौट गरेर एकताको सन्देश दिन पार्टीका कार्यक्रता एवं नेताहरु सफल भएको एमाले नेताहरुको भनाइ रहेको छ ।
अधिवेशनको उद्घाटन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको एमाले गण्डकी प्रदेश कमिटीले जनाएको छ ।

यसै गरी कालीगण्डकी गाउँपालिका वडा नम्बर ३ मा नेपाली कांग्रसे परित्याग गरि ६७ जन कांग्रेस नेता एवं कार्यक्रता एमालेमा प्रवेश गरेकोे एमालेले जनाएको छ । पार्टी प्रवेश गर्नेहरुलाई नेकपा एमाले सचिव पद्मा अर्याल, जिल्ला अध्यक्ष सूर्यप्रसाद गैह्रे (पार) लगायतले पार्टीमा स्वागत गर्नुभएको थियो ।

ताजा

कञ्चन पत्रकारिता पुरस्कारबाट पत्रकारद्वय सारु र जिटी सम्मानित

२०८३ श्रावण २१ गते, बिहीबार

कञ्चन पत्रकारिता पुरस्कारबाट पत्रकारद्वय सारु र जिटी सम्मानित

२०८३ श्रावण २१ गते, बिहीबार

बिरुवा गाउँपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न

२०८३ श्रावण २१ गते, बिहीबार

स्याङ्जामा सामाजिक सद्भाव र्‍याली

२०८३ श्रावण १७ गते, आईतवार

काेदाे संरक्षण अभियानमा स्याङ्जाकाे फेदिखोला गाउँपालिका

२०८३ श्रावण १६ गते, शनिबार

अवैध नदीजन्य पदार्थ ओसारपसार गर्ने ट्याक्टरलाई ३० हजार जरिवाना

२०८३ श्रावण १४ गते, बिहीबार

‘टिचर्स डे’ मा रूपान्तरित हुँदै ‘गुरू पूर्णिमा’

२०८३ श्रावण १३ गते, बुधबार

पूर्व उपप्रधान मन्त्री श्रेष्ठको अन्त्येष्टि

२०८३ श्रावण १३ गते, बुधबार

नेपालमा पूर्वाधार विकासको ढाँचा बदलिँदै छ….

२०८३ श्रावण ११ गते, सोमबार

आज हरिशयनी एकादशी: तुलसीको बिरुवा राेपीदै

२०८३ श्रावण ९ गते, शनिबार

अकला देवी मन्दिरमा चाेरी गरेर भाग्दै गर्दा स्थानियले समातेर लगाए प्रहरीकाे जिम्म

२०८३ श्रावण ८ गते, शुक्रबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal