सरकारको ध्यान देश बनाउनेमा हुनुपर्छ : अध्यक्ष ओली

फाइल तस्विरः

काठमाडौं,९असोज-प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको ध्यान सत्ता टिकाउनमा मात्रै केन्द्रित भएपछि जनताको पक्षमा काम हुन नसकेको बताउनुभएको छ । मुलुकको नाजुक अवस्थामा रहेको अर्थतन्त्रलाई उकास्न सरकारले ठोस कदम चाल्नुपर्ने उहाँको सुझाव छ ।

मंगलवार काठमाडौंमा आयोजित ‘निजी क्षेत्रसँग एमाले’ विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । सत्ता टिकाउने कामभन्दा देश र जनताको पक्षमा सरकारले ध्यान दिनुपर्ने उहाँले बताउनुभयो । नाजुक अवस्थामा पुगेको अर्थतन्त्रलाई माथि उठाउन सरकारसँग कुनै कदम चाल्ने, अध्ययन गर्ने, विश्लेषण गर्ने चाहना नै नभएको ओलीको भनाइ छ । अध्यक्ष ओलीले आफ्नो पार्टीलाई सरकारमा जाने हतारो नभएको पनि बताउनुभयो । २०८४ सालको निर्वाचनसम्म पर्खंदा मुलुकमा एउटा पनि उद्योगधन्दा नरहने अवस्था आउने होकि चिन्ता लागेको बताउनुभयो । मुलुकको अर्थतन्त्र जरैदेखि हल्लिए पनि वर्तमान सरकारसँग त्यसको सुधार गर्ने क्षमता नरहेको उहाँले टिप्पणी गर्नुभयो । 

अध्यक्ष ओलीले भन्नुभयो, ‘अहिलेको अवस्थामा सामान्य हिसावले हुने स्थिति छैन । सिटामल खाएर काम लाग्ने स्थिति छैन । यो रोग हट्दैन । एकछिनको ज्वरो पनि हटने स्थिति छैन ।’ हामी जसरी आधुनिकीकरणतर्फ जानुपर्ने, जस्तो नयाँ नेपालतर्फ जानुपर्ने त्यसरी काम हुन नसकेको उहाँको भनाइ छ । 

“उत्पादन बढाउने बाहेक त अर्को कुनै उपाय नै छैन । हरेक ठाउँमा उत्पादन वृद्धि गर्नुपर्छ” अध्यक्ष ओलीले भन्नुभयो, “प्रतिपक्षीमा हुँदा मात्रै यस्ता कार्यक्रम गर्ने होइन, सत्तामा हुँदा पनि गर्नुपर्छ भनेर म स्मरण गराउन चाहन्छु । म प्रधानमन्त्री हुँदा यस्ता कार्यक्रम उद्यमी, व्यवसायीका संघ, संस्थादेखि लिएर उद्योगी, व्यवसायीहरुसँग पटक पटक अन्तरक्रिया कार्यक्रम गरेको छु ।” 

अध्यक्ष ओलीले व्यवसायीहरुका समस्या समाधानका लागि सरकारसँग छलफल गर्ने बताउनुभयो । त्यसैगरी उहाँले चर्को ब्याजदर व्यवसायीलाई नलिन नेपाल राष्ट्र बैंकलाई सचेत समेत गराउनुभयो ।

ताजा

वालिङमा तीन पत्रकार सामानित

२०८२ बैशाख ६ गते, शनिबार

वालिङमा तीन पत्रकार सामानित

२०८२ बैशाख ६ गते, शनिबार

शिक्षकलाई विद्यालय फर्काउ

२०८२ बैशाख २ गते, मंगलवार

स्थानीय तहको सेवा प्रवाहमा प्रश्न

२०८१ चैत्र ३१ गते, आईतवार

महिलालाई उत्पादनमा जोड्न बाख्रा वितरण

२०८१ चैत्र ३१ गते, आईतवार

सिद्धार्थ राजमार्गकाे स्तरउन्नती हुन्छः अर्थमन्त्री पाैडेल

२०८१ चैत्र ३० गते, शनिबार

वरिष्ठ पत्रकार भैरव रिसालको निधन

२०८१ चैत्र २५ गते, सोमबार

बाह्रविशे मेला सम्पन्न, दर्शककाे उत्साहाजनक सहभागिता

२०८१ चैत्र २४ गते, आईतवार

आज बाह्रविशे मेला, तयारी पुरा

२०८१ चैत्र २४ गते, आईतवार

गह्राैसुर मन्दिरमा दर्शनकाे लागि लाम्वद्ध भक्तजन

२०८१ चैत्र २३ गते, शनिबार

ग्रामीण स्वावलम्बन साना किसान कृषि सहकारी, गण्डकी प्रदेश मै उत्कृष्ठ घोषणा

२०८१ चैत्र २३ गते, शनिबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal