सरकारको ध्यान देश बनाउनेमा हुनुपर्छ : अध्यक्ष ओली
फाइल तस्विरः
काठमाडौं,९असोज-प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको ध्यान सत्ता टिकाउनमा मात्रै केन्द्रित भएपछि जनताको पक्षमा काम हुन नसकेको बताउनुभएको छ । मुलुकको नाजुक अवस्थामा रहेको अर्थतन्त्रलाई उकास्न सरकारले ठोस कदम चाल्नुपर्ने उहाँको सुझाव छ ।
मंगलवार काठमाडौंमा आयोजित ‘निजी क्षेत्रसँग एमाले’ विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । सत्ता टिकाउने कामभन्दा देश र जनताको पक्षमा सरकारले ध्यान दिनुपर्ने उहाँले बताउनुभयो । नाजुक अवस्थामा पुगेको अर्थतन्त्रलाई माथि उठाउन सरकारसँग कुनै कदम चाल्ने, अध्ययन गर्ने, विश्लेषण गर्ने चाहना नै नभएको ओलीको भनाइ छ । अध्यक्ष ओलीले आफ्नो पार्टीलाई सरकारमा जाने हतारो नभएको पनि बताउनुभयो । २०८४ सालको निर्वाचनसम्म पर्खंदा मुलुकमा एउटा पनि उद्योगधन्दा नरहने अवस्था आउने होकि चिन्ता लागेको बताउनुभयो । मुलुकको अर्थतन्त्र जरैदेखि हल्लिए पनि वर्तमान सरकारसँग त्यसको सुधार गर्ने क्षमता नरहेको उहाँले टिप्पणी गर्नुभयो ।
अध्यक्ष ओलीले भन्नुभयो, ‘अहिलेको अवस्थामा सामान्य हिसावले हुने स्थिति छैन । सिटामल खाएर काम लाग्ने स्थिति छैन । यो रोग हट्दैन । एकछिनको ज्वरो पनि हटने स्थिति छैन ।’ हामी जसरी आधुनिकीकरणतर्फ जानुपर्ने, जस्तो नयाँ नेपालतर्फ जानुपर्ने त्यसरी काम हुन नसकेको उहाँको भनाइ छ ।
“उत्पादन बढाउने बाहेक त अर्को कुनै उपाय नै छैन । हरेक ठाउँमा उत्पादन वृद्धि गर्नुपर्छ” अध्यक्ष ओलीले भन्नुभयो, “प्रतिपक्षीमा हुँदा मात्रै यस्ता कार्यक्रम गर्ने होइन, सत्तामा हुँदा पनि गर्नुपर्छ भनेर म स्मरण गराउन चाहन्छु । म प्रधानमन्त्री हुँदा यस्ता कार्यक्रम उद्यमी, व्यवसायीका संघ, संस्थादेखि लिएर उद्योगी, व्यवसायीहरुसँग पटक पटक अन्तरक्रिया कार्यक्रम गरेको छु ।”
अध्यक्ष ओलीले व्यवसायीहरुका समस्या समाधानका लागि सरकारसँग छलफल गर्ने बताउनुभयो । त्यसैगरी उहाँले चर्को ब्याजदर व्यवसायीलाई नलिन नेपाल राष्ट्र बैंकलाई सचेत समेत गराउनुभयो ।
ताजा
मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क
२०८३ असार ६ गते, शनिबार
मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क
२०८३ असार ६ गते, शनिबार
सनातन सभ्यताको जीवित केन्द्र
२०८३ असार ६ गते, शनिबार
फेदीखाेला गाउँपालिकाले मनायाे माैरी दिवस
२०८३ असार ५ गते, शुक्रबार
ट्याक्टर दुर्घटना हुदा चालक सहित दुई घाईते
२०८३ असार २ गते, मंगलवार
पर्यटकको रोजाइमा स्याङ्जाकाे म्हाजु भन्ज्याङ
२०८३ असार २ गते, मंगलवार
गण्डकीकाे बजेट ३३ अर्ब: ‘रिटर्न टु भिलेज’देखि ‘इन्भेष्ट गण्डकी’सम्म
२०८३ असार २ गते, मंगलवार
कापी–कलमसँगै केरा खेती : विद्यालयमै उद्यमी बन्दै विद्यार्थी
२०८३ असार २ गते, मंगलवार
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा १० बुँदे आँधीखोला घोषणा पत्र जारी
२०८३ जेष्ठ २५ गते, सोमबार
नवौं वालिङ महोत्सवको आय–व्यय सार्वजनिक
२०८३ जेष्ठ २४ गते, आईतवार





















