पराजुली मोबाइल सेन्टरको आयोजनामा रिटेलर्स मीट कार्यक्रम सम्पन्न

वालिङ,९ असोज- पराजुली मोबाइल सेन्टरको आयोजनामा रिटेलर्स मीट कार्यक्रम सम्पन्न भएको छ । वालिङ नगरपालिका ६ मिर्दी स्थित नेचुरल भ्यू प्वाइन्टको सभाहलमा भएको कार्यक्रममा स्याङ्जा जिल्लाका मोबाइल ब्यावसायीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा जगदम्बा मोबाइल प्रालिका नेस्नल सेल्स म्यानेजर कोनाल सिंले कम्पनी द्वारा उत्पादन गर्दै आएको रियल मी मोबाइलका बारेमा जानकारी गराउनुभएको थियो । उहँले कम्पनीले नयाँ नयाँ फिचर सहितका मोबाइहरु बजारमा ल्याएको बताउदै यस कम्पनीका मोबाइलहरु ढुक्क भएर बिकृका साथै प्रयोग गर्न आग्रह गर्नुभएको थियो । सोही कार्यक्रममा वर्ष भरिमा रियल मी मोबाइलको बिकृवितरण गर्ने उत्कृष्ट ब्यापारिहरुलाई सम्मान समेत गरिएको थियो ।

मोबाइल ब्यावसायीहरुलाई यस क्षेत्रमा ब्यापार ब्यावसायको प्रवर्धनका साथै रियलमी मोबाइलका नयाँ नयाँ प्रोडक्टका बारेमा जानकारी दिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको कार्यक्रमका आयोजक पराजुली मोबाइल सेन्टरका सञ्चालक केशव पराजुलीले बताउनुभयो ।
मोबाइल एसोसिएसन वालिङका अध्यक्ष विनोद पराजुलीको स्वागत मन्तव्य संगै सुरुभएको कार्यक्रम पराजुली मोबाइल सेन्टरका सञ्चालक केशव पराजुलीको अध्यक्षता र नेत्र गैह्रेको सञ्चालनमा सम्पन्न भएको थियो ।

ताजा

स्याङ्जामा ७९ प्रतिशत बजेट खर्च
२०८२ असार २७ गते, शुक्रबार
स्याङ्जामा ७९ प्रतिशत बजेट खर्च
२०८२ असार २७ गते, शुक्रबार
बुद्धको प्रतिमा र राताम्मे पहाड
२०८२ असार २५ गते, बुधबार
स्याङ्जाका चार उत्कृष्ट कृषक सम्मानित
२०८२ असार २५ गते, बुधबार
मुस्ताङमा दुई पक्कि पुल सहि छ पुलमा क्षती
२०८२ असार २४ गते, मंगलवार
बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगायो, ठुलो जनधनको क्षति भएको आशङ्का
२०८२ असार २४ गते, मंगलवार
कालीगण्डकीमा व्यावसायिक अकबरे खुर्सानीखेती
२०८२ असार २० गते, शुक्रबार
मेची महाकाली मिडिया साेसाइटी द्वारा आयाेजित जलवायु संवाद
२०८२ असार २० गते, शुक्रबार
भीरकोटमा उत्कृष्ट कृषक सम्मानित
२०८२ असार १९ गते, बिहीबार
विश्वकै ठुलो शालिग्राम शिला एक महिनादेखि डुबानमा
२०८२ असार १९ गते, बिहीबार